यामाहाका बाइकमा ८ हजार रुपैयाँ सम्म मूल्य वृद्धि

काठमाडौं – नेपाली बजारमा यामाहाका विभिन्न मोडलका बाइकको मूल्य वृद्धि गरिएको छ । यामाहाको नेपालका लागि आधिकारिक वितरक एमएडब्ल्यु इन्टरप्राइजेज प्रालिले अधिकांश बाइकको मूल्य वृद्धि गरेको छ ।

नयाँ मूल्य सूची अनुसार यामाहाका तीन मोडल फेजर २५, एक्सटीजेड १२५ र एनम्याक्स १५५ बाइक अन्य सबै बाइक तथा स्कुटरको मूल्य वृद्धि गरिएको छ । यामाहाका तीन मोडल आर १५ भी३, एफजेड २५ र एमटी १५ को मूल्यमा एकैचोटी ८ हजार रुपैयाँ मूल्य वृद्धि गरिएको छ । यी बाइकको मूल्य अब क्रमशः ४ लाख ७७ हजार ९ सय, ४ लाख ४२ हजार ९ सय र ४ लाख ४२ हजार ९ सय पुगेको छ ।

यामाहाका तीन स्कुटर रे जेडआर १२५ एफआई, रे जेडआर १२५ एफआई स्ट्रिट ¥याली र फेसिनो १२५ एफआईको मूल्यमा ७ हजार रुपैयाँले वृद्धि गरिएको छ । यी स्कुटरको मूल्य अब क्रमशः २ लाख ५१ हजार ९ सय, २ लाख ६१ हजार ९ सय र २ लाख ५६ हजार ९ सय रुपैयाँ पुगेको छ ।

यामाहाका बाइक एफजेडएस भी३ र सलुटोको मूल्यमा ६ हजार रुपैयाँले वृद्धि गरेको छ । अब यी बाइकको मूल्य क्रमशः ३ लाख २९ हजार ९ सय र २ लाख १९ हजार ९ सय रुपैयाँ पुगेको छ ।

एफजेडएस भी२, एफजेड भी२ र एसजेड आरआरको मूल्यमा ५ हजार रुपैयाँले वृद्धि गरिएको छ । यी बाइकको मूल्य अब क्रमशः ३ लाख ४ हजार ९ सय, २ लाख ८४ हजार ९ सय र २ लाख ४२ हजार ९ सय रुपैयाँ पुगेको छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...