नक्सालमा खुल्यो यामाहा नेपालको सर्वाधिक ठूलो ब्लु स्क्वायर शोरुम

काठमाडौ – नेपालका लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेज प्रालिले नेपालकै अत्याधुनिक र सर्वाधिक सुविधा सम्पन्न शोरुम सञ्चालनमा ल्याएको छ । असोज १३ गते उद्घाटन गरिएको नक्सालमा अवस्थित उक्त शोरुम नेपाली बजारमा उपलब्ध दुई पांग्रे सवारी साधन बजारकै सबैभन्दा ठूलो र अत्याधुनिक शोरुम मानिएको छ ।

यामाहाको विश्वव्यापी नयाँ अवधारणा ‘ब्लु स्क्वायर’ लाई अबलम्बन गरी नक्सालमा उक्त शोरुम सञ्चालनमा ल्याइएको हो । यामाहाको ग्लोबल मोटर स्पोर्ट्स लिगेसीलाई आत्मसात गर्दै सम्पूर्ण राइडर्सले आफ्नो राइडिङप्रतिको चाहना र उत्साहलाई हरेक कुनाबाट अनुभव गर्न सक्ने स्थानको रुपमा ब्लु स्क्वायर शोरुमलाई लिइएको छ ।

ब्लु स्क्वायर शोरुममा प्रयोग गरिएको ब्लु कलरले यामाहा ब्राण्डको ‘रेसिङ डीएनए’ लाई झल्काउने र स्क्वायरले ‘वान स्टप बाइङ जंक्सन’ झल्काउछ, जसमा ग्राहकले मोटरसाइकल, स्कुटर, एसेसरिज र एप्यारेल एकै ठाउँबाट अनुभव तथा खरिद गर्न पाउने सुविधा रहनेछ ।

उक्त शोरुममा Better Customer Experience अनुभव गर्नुको साथै छिटो र Personalized One To One Service प्रदान गरिने जानकारी गराइएको छ । यामाहाका ग्राहकले अझ नजिकबाट यामाहा ब्राण्ड र उपलव्धतालाई महसुस गर्न पाउनुको साथै डिजिटल टेक्नोलोजीमार्फत क्युआर कोड स्क्यान गरेर ब्रोसरहरु प्राप्त गर्न सक्नेछन् ।

स्थापनाकाल देखिनै ग्राहकहरुको सुविधालाई उच्च प्राथमिकतामा राख्दै आएकोमा ‘ब्लु कोर’ को उत्कृष्ट प्रविधि र पूर्वाधारहरुले यामाहा ब्राण्ड प्रतिको ग्राहकको भरोसा बढ्ने र ग्राहकको सन्तुष्टिमा वृद्धि गर्ने कम्पनीको ठहर भएको बताइएको छ ।

सम्बन्धित समाचारहरू

यामाहा मोटरसाइकल र स्कुटर किन्ने विचार छ ? यस्तो छ नयाँ मूल्य सूची

यामाहा मोटरसाइकल र स्कुटर किन्ने विचार छ ? यस्तो छ नयाँ मूल्य सूची

काठमाडौं – नेपाली बजारमा यामाहा मोटरसाइकल र स्कुटर विभिन्न मोडलमा उपलब्ध...

आर१५ को इन्जिन राखेर यामाहाले ल्याउने भयो आरएक्स१५५

आर१५ को इन्जिन राखेर यामाहाले ल्याउने भयो आरएक्स१५५

जापजिन टु ह्विलर यामाहाले आफ्नो लोकप्रिय सिरिज आरएक्सलाई पुन बजारमा...

अटो शोमा यामाहा डब्लुआर १५५ आर एडभेन्चर र एमटी–१५ भर्सन २, यस्तो छ मूल्य

अटो शोमा यामाहा डब्लुआर १५५ आर एडभेन्चर र एमटी–१५ भर्सन २, यस्तो छ मूल्य

काठमाडौं–नाडा अटो शोमा यामाहाले आफ्नो नयाँ एडभेन्चर बाचयक डब्लुआर १५५...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...