यामाहाको ‘बिगेस्ट १०शैं’ अन्तर्गत नगद उपहार जित्ने सिलसिला देशभर जारी

काठमाडौं – यामाहाको नेपालका लागि आधिकारिक वितरक एमएडब्लु इन्टरप्राइजेजले यसपालिको दशैं, तिहार र छठ चाडपर्वलाई मध्यनजर गरी ल्याएको नयाँ ग्राहक योजना “बिगेस्ट १०शैं” अन्तर्गत यामाहाका बाइक तथा स्कुटर खरिद गरेर विभिन्न ग्राहकहरुले स्योरशट नगद उपहारहरू जित्ने सिलसिला देशैभरि निरन्तर जारी रहेको बताएको छ।

स्योरशट नगद उपहारको रुपमा २० हजार, ५० हजार र १ लाख रुपैयाँ श्रेणी अन्तर्गत ठूलो संख्याका ग्राहकहरूले नगद उपहारहरू जितिरहेका छन् भने अन्य रोमाञ्चक गिफ्ट ह्याम्परहरू जित्ने क्रम पनि निरन्तर जारी रहेको यामाहाले जनाएको छ।

“बिगेस्ट १०दशैं” अफर अवधिभर यामाहाका मोटरसाइकल र स्कुटर खरिद गर्ने भाग्यशाली ग्राहकहरूले दश लाख रुपैयाँसम्मको हात खाली नजाने स्योरशट क्यास छुट उपहार प्राप्त गर्न सक्ने छन्। त्यसैले १० लाख रुपैयाँको नगद छुट जितेर भाग्यशाली बन्ने मौका अझै पनि ग्राहकहरूसँग बाँकी रहेको यामाहाका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत दीपक अग्रवालले बताए ।

५० वर्षभन्दा बढी समयदेखि नेपालका अटोमोवाइल पारखीहरूलाई विश्व प्रसिद्ध ब्रान्डहरूको सेवा दिँदै आएको एमएडब्लु ग्रुप नेपालका लागि यामाहा मोटरसाइकल र स्कुटरहरूको विशेष वितरक हो। ग्रुपले भर्खरै नेपालमा निर्मित यामाहा मोटरसाइकलका दुई मोडल एफजेड भीथ्री डिलक्स र एफजेड भीथ्री स्ट्यान्डर्डको लागि एफआईमा १० वर्षको वारेन्टी समेत ल्याएको छ।

यामाहाले अन–द–स्पट एक्सचेन्जको सुविधा पनि दिनेछ भने आफ्ना ग्राहकहरूका लागि शुन्य ब्याजदरमा ईएमआई र इजी फाइनान्सको सुविधा पनि प्रदान गर्नेछ। एफआई प्रविधि, रिसेल भ्यालु र पर्फर्मेन्समा उत्कृष्ट अनि दिगोपनामा सर्वोत्कृष्ट यामाहा बाइक र स्कुटरहरूको खरिदसँगै १० लाख जित्ने अवसर र दुईओटा मोडलमा एफआई १० वर्षे वारेन्टीले यसपालिको दशैं साँच्चै नै बिगेस्ट दशैं हुने अपेक्षा गरिएको कम्पनीले बताएको छ।

सम्बन्धित समाचारहरू

जिप, स्कोडा, जेसीबी, आइसर, फोटोन र चांगनका गाडी किन्न सहज हुने, एभरेष्ट बैंकले ऋण दिने

जिप, स्कोडा, जेसीबी, आइसर, फोटोन र चांगनका गाडी किन्न सहज हुने, एभरेष्ट बैंकले ऋण दिने

काठमाडौं – नेपालको सबैभन्दा ठूलो अटोमोबाइल तथा इन्जिनियरिङ कम्पनीमध्ये...

यामाहा नेपालको नयाँ ईएमआई अफर – ४० प्रतिशत अग्रिम बुझाउदा यसरी तिरौ मासिक किस्ता

यामाहा नेपालको नयाँ ईएमआई अफर – ४० प्रतिशत अग्रिम बुझाउदा यसरी तिरौ मासिक किस्ता

काठमाडौँ— नेपालका लागि यामाहा मोटरसाइकलको आधिकारिक विक्रेता, यामाहा...

यामाहाले ल्यायो नयाँ बर्ष अफर, बम्परमा २० लाख ७९ हजार रुपैयाँ पुरस्कार पाइने

यामाहाले ल्यायो नयाँ बर्ष अफर, बम्परमा २० लाख ७९ हजार रुपैयाँ पुरस्कार पाइने

यामाहा मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक बितरक एमएडब्लु...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...