यामाहाले थाल्यो नेपालमै एसेम्बल, परीक्षणका लागि एफजेड भीथ्रीको उत्पादन शुरु

जापनिज टु ह्विलर ब्रान्ड यामाहाले नेपालमै मोटरसाइकल र स्कुटरको एसेम्बल शुरु गरेको छ । यामाहा ब्रान्डलाई एसेम्बल गर्न आधिकारिक वितरक एमएडब्लु ग्रुपले दुई वर्षअघि एमएडब्लु अटो प्रालि कम्पनी दर्ता गरेको थियो । सोही कम्पनीले भैरहवामा स्थापना भएको प्लान्टबाट पहिलो चरणमा परीक्षणका लागि भनेर एफजेड भीथ्री मोटरसाइकल एसेम्बल शुरु गरेको कम्पनी स्रोतले वताएको छ ।

कम्पनी स्रोतका अनुसार प्लान्टबाट पूर्ण क्षमतामा मोटरसाइकल र स्कुटर उत्पादन हुन भने केही समय लाग्नेछ । ‘तत्कालका लागि हामीले एउटामात्र मोडल परीक्षणका लागि भनेर उत्पादन गरेका हौ । विस्तारै अन्य मोडलको उत्पादन पनि शुरु हुनेछ’ स्रोतले जनाएको छ ।

एमएडब्लु ग्रुपले यामाहा ब्रान्डका मोटरसाइकल तथा स्कुटर एसेम्बलका लागि एक अर्ब ५१ करोड ५० लाख बढीको लगानी गरेको छ । उक्त उद्योगबाट वार्षिक ३१ हजार मोटरसाइकल र १९ हजार स्कुटर उत्पादन हुने जनाइएको छ ।

सरकारले आर्थिक वर्ष २०७८÷७९ मा ल्याएको प्रतिस्थापन विधेयकमार्फत स्वदेशमा एसेम्बल उद्योग स्थापना गरी सवारी साधन उत्पादन गर्ने कम्पनीलाई विभिन्न छुट र सहुलियत दिएपछि टीभीएस र रोयल इन्फिल्डले उद्योग स्थापना गरी एसेम्बल शुरु गरेका थिए । बजाजले भने सो विधेयक आउनु अगावै एसेम्बल गर्दै आएको थियो ।

नेपालमा बिक्री हुने अन्य ठूला टु ह्विलर ब्रान्ड होन्डा, हिरो र सुजुकीले पनि एसेम्बल उद्योग लगाएर उत्पादन गर्ने योजना बनाएका छन् । जसमध्ये हिरोको प्लान्ट तयार भइसके पनि उत्पादक कम्पनी हिरो मोटोकर्पसँगको विवादका कारण आधिकारिक वितरक नेपाल जनरल मार्केटिङ प्रालिले बाइक एसेम्बल गर्न सकिरहेको छैन ।

सरकारले एसेम्बलमा प्रयोग हुने कम्पोनेन्टको आयातमा लाग्ने अन्तःशुल्कमा ५० प्रतिशत छुट र अन्य विभिन्न सहुलियत दिएपछि पछिल्लो समय विभिन्न टु ह्विलर व्रान्डमाझ स्वदेशमै एसेम्बल गर्ने लहर चलेको छ ।

सम्बन्धित समाचारहरू

यामाहा नेपालले बनाउँदै छ हरेक राइडलाई लभ स्टोरी, यसरी बन्नुस् सहभागी

यामाहा नेपालले बनाउँदै छ हरेक राइडलाई लभ स्टोरी, यसरी बन्नुस् सहभागी

काठमाडौं – यामाहा नेपालले आफ्नो प्रत्येक राइडलाई लभ स्टोरी बनाउन...

बीएस६ भर्सनको यामाहा एमटी–१५ को बिक्री भोलिदेखि प्रारम्भ हुने, यस्तो छ मूल्य र फिचर

बीएस६ भर्सनको यामाहा एमटी–१५ को बिक्री भोलिदेखि प्रारम्भ हुने, यस्तो छ मूल्य र फिचर

काठमाडौं – यामाहाको नेपालका लागि आधिकारिक वितरक एमएडब्ल्यु...

यामाहा एक्सएसआर १५५ भारतमा डेलिभरी सुरु, नियो–रेट्रो मोटरसाइकलप्रति बढ्यो उत्साह

यामाहा एक्सएसआर १५५ भारतमा डेलिभरी सुरु, नियो–रेट्रो मोटरसाइकलप्रति बढ्यो उत्साह

यामाहाको नियो रेट्रो मोटरसाइकल एक्सएसआर १५५ अन्ततः भारतीय बजारमा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...