चीनमा ईभीको औषत आयु १.८ वर्षमात्र, मोबाइल फोन भन्दा पनि छिटो किन फेरिन्छन् ईभी ?
काठमाडौं– हालै सार्वजनिक भएको एक नयाँ प्रतिवेदनले चिनियाँ उपभोक्ताहरूले...
यामाहा र टीभीएसले आफ्ना प्रिमियम इलेक्ट्रिक स्कुटर एरोक्स–ई र टीभीएस एक्समार्फत नयाँ मापदण्ड स्थापित गर्ने प्रयास गरेका छन्। यी दुवै स्कुटरको मूल्य रोयल इन्फिल्ड बुलेट ३५० र क्लासिक ३५० मोटरसाइकलभन्दा पनि बढी रहेको छ।
यामाहाले हालै लन्च गरेको एरोक्स–ई कम्पनीको प्रिमियम म्याक्सी शैलीको इलेक्ट्रिक स्कुटर हो। यसको मूल्य २ लाख ८१ हजार ६०० भारु रहेको छ । कम्पनीले सो स्कुटरमा ३ वर्ष वा ३० हजार किलोमिटरसम्मको वारेन्टी पनि उपलब्ध गराएको छ।
यामाहा एरोक्स–ईमा ३ किलोवाट आवर क्षमताको ब्याट्री जडान गरिएको छ, जसले फुल चार्जमा ११७ किलोमिटरसम्मको यात्रा गर्न सकिन्छ । यसमा ९.४ किलोवाट क्षमताको इलेक्ट्रिक मोटर प्रयोग गरिएको छ, जसको अधिकतम स्पिड ९६ किलोमिटर प्रतिघण्टा रहेको छ । यसको ब्याट्री फुल चार्ज हुन करिब ६ घण्टाभन्दा केही बढी समय लाग्छ ।
एरोक्स–ईमा बुस्ट मोड, रिमुवेबल ब्याट्री, रिभर्स मोड, इको माेड, स्ट्यान्डर्ड र पावर गरी थ्री राइडिङ मोड, ५ इन्चको टीएफटी कलर डिस्प्ले, ब्लुटुथ कनेक्टिभिटी, कीलेस स्मार्ट सिस्टम, सिंगल च्यानल एबीएस र ट्र्याक्सन कन्ट्रोल सिस्टमजस्ता फिचर समावेश गरिएको छ। यसको तौल १३९ किलोग्राम रहेको छ ।
टीभीएसको प्रिमियम इलेक्ट्रिक स्कुटर टीभीएस एक्सको मूल्य २ लाख ६६ हजार १४१ भारु रहेको छ। यसमा ४.४४ किलोवाट आवर क्षमताको ब्याट्री प्याक जडान गरिएको छ, जसले फुल चार्जमा १५९ किलोमिटरसम्म रेन्ज दिने दाबी गरिएको छ। यसमा ११ किलोवाट क्षमताको इलेक्ट्रिक मोटर प्रयोग गरिएको छ, जसको टप स्पिड १०५ किलोमिटर प्रतिघण्टा रहेको छ । साथै सो स्कुटरले ४.५ सेकेन्डमै ० देखि ६० किलोमिटर प्रतिघण्टाको गति लिन सक्छ। यसको ब्याट्रीलाई ० देखि ८० प्रतिशतसम्म चार्ज गर्न करिब ४ घण्टा लाग्छ ।
टीभीएस एक्समा एक्सस्टेल्थ, एक्सट्राइड र एक्सोनिक गरी ३ वटा राइडिङ मोड उपलब्ध छ । साथै १०.२५ इन्चको टिल्ट टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, नेभिगेसन, म्युजिक कन्ट्रोल, कर्नरिङ लाइट, सिंगल च्यानल एबीएस, दुवै पाङ्ग्रामा डिस्क ब्रेक, स्प्लिट सिट डिजाइन र मोटरसाइकल शैलीको डेल्टा फ्रेम जस्ता फिचर समावेश गरिएको छ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...