यामाहा एमटी१५ र एफजेड–एसको नयाँ भेरिएन्ट सार्बजनिक, अटो शोमा ७ हजार छुट
काठमाडौं–यामाहाको नेपालका लागि आधिकारिक बिक्रेता एमएडब्लु राइड्सले नाडा...
काठमाडौं – यामाहा एरोक्स १५५ स्कुटरको नेपालमा बिक्री शुरु भएको छ । यामाहा मोटरसाइकल र स्कुटरको नेपालका लागि आधिकारिक वितरक एमएडव्लू इन्टरप्राइजेजले आइतवार एक कार्यक्रमको आयोजना गरी सो म्याक्सी स्कुटरको बिक्री शुरु गरेको हो ।
भारतमा पहिले नै लन्च भइसकेको यामाहाको सो स्कुटर विविध कारणले नेपाली बजारमा उपलब्ध हुन सकेको थिएन । १२० किलोमिटर प्रतिघन्टाको उच्चतम गतीमा हाँक्न सकिने एरोक्स १५५ नेपाली बजारमा उपलब्ध स्कुटर मध्ये सवैभन्दा द्रुत गतीको स्कुटर रहेको कम्पनीले वताएको छ ।
यसमा १५५ सीसीको सिंगल सिलिन्डर, लिक्विडकुल्ड इन्जिन छ, जसमा यामाहाको भेरिएबल भल्व एक्चुएसन (भीभीए) टेक्नोलोजीको प्रयोग गरिएको छ । यसले १५ विएचपी पावर र १३.९ एनएम टर्क जेनेरेट गर्छ ।
सिंगल च्यानल एबीएस रहेको स्कुटरमा ५.५ लिटरको इन्धन ट्यांकी रहेको छ । यसमा दुई लेवल सिट, पावर सकेट सहितको फ्रन्ट पकेट र मल्टी फङसन कि स्विच रहेको छ । त्यर्सैगरी अघिल्लो भागमा एक्सटर्नल फ्युल लिड र पछिल्लो भागमा इन्टिग्रेटेड ग्रयाब रेल रहेको छ ।
१४५ एमएम ग्राउन्ड क्ल्यिरेन्स रहेको यामाहा एरोक्स १५५ मा २४.५ लिटरको ठूलो अन्डरसिट स्टोरेज छ । यसमा ५.८ इन्चको एलसीडी डिस्प्ले दिइएको छ । यसमा दिइएको यामाहा वाई–कनेक्ट एपमार्फत स्कुटर मर्मत गर्ने समय, खरावीका सुचनाहरु, माइलेज, व्याट्रीको स्तर र पार्किङ स्थानजस्ता कुराहरु ट्रयाक गर्न सकिन्छ ।
रेसिङ व्लू, ग्रे वर्मिलियन र मेटालिक व्लू गरी कुल तीन कलर अप्सनमा उपलव्ध यो स्कुटरको मूल्य नेपाली बजारमा ४ लाख ७४ हजार ९ सय रुपैयाँ निर्धारण गरिएको छ ।
काठमाडौं–यामाहाको नेपालका लागि आधिकारिक बिक्रेता एमएडब्लु राइड्सले नाडा...
यामाहाले भारतीय बजारमा एमटी १५ को अपडेटेड भर्सन लन्च गरेको छ, जसमा नयाँ...
काठमाडौं– नेपालमा यामाहाको फ्युल इन्जेक्सन(एफआई) प्रविधी जडित मोटरसाइकल...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...