यामाहा सेल्स स्किल कन्टेष्टका क्षेत्रीय विजेताहरूको नाम घोषणा, राष्ट्रिय प्रतिस्पर्धाको तयारी सुरु
काठमाडौं– यामाहा मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक एमएडब्लू...
काठमाडौं – मस्कुलर र स्पोर्टी स्टाइलमा रहेको यामाहाको म्याक्सी स्कुटर एरोक्स १५५ आज नेपाली बजारमा औपचारिक रुपमा लन्च हुने भएको छ । यामाहाको नेपालका लागि आधिकारिक वितरक एमएडब्ल्यु इन्टरप्राइजेज प्रालिले यामाहाको ब्लु स्क्वायर शोरुममार्फत सो स्कुटर लन्च गर्ने बताएको छ ।
भारतमा पहिले नै लन्च भइसकेको यामाहाको सो स्कुटर विविध कारणले नेपाली बजारमा उपलब्ध हुने सकेको थिएन । यो हाल सबैभन्दा पावरफुल स्कुटर मानिन्छ । यसमा १५५ सीसीको सिंगल सिलिन्डर, लिक्विडकुल्ड इन्जिन छ, जसमा यामाहाको भेरिएबल भल्व एक्चुएसन (भीभीए) टेक्नोलोजीको प्रयोग गरिएको छ । यसले १५ पीएस पावर र १३.९ एनएम टर्क जेनेरेट गर्छ ।
सिंगल च्यानल एबीएस रहेको स्कुटरमा ५.५ लिटरको इन्धन ट्यांकी रहेको छ । यसमा दुई लेवल सिट, पावर सकेट सहितको फ्रन्ट पकेट र मल्टी फङसन कि स्विच रहेको छ । त्यर्सैगरी अघिल्लो भागमा एक्सटर्नल फ्युल लिड र पछिल्लो भागमा इन्टिग्रेटेड ग्रयाब रेल रहेको छ ।
१४५ एमएम ग्राउन्ड क्ल्यिरेन्स रहेको यामाहा एरोक्स १५५ मा २४.५ लिटरको ठूलो अन्डरसिट स्टोरेज छ ।
विभिन्न शोरुमहरुले केही दिन पहिले देखि नै यो स्कुटरको बुकिङ लिन शुरु गरेका छन् । यो स्कुटर नेपाली बजारमा ४ लाख ७४ हजार ९ सय रुपैयाँमा बिक्री शुरु हुने जनाइएको छ ।
काठमाडौं– यामाहा मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक एमएडब्लू...
काठमाडौं – यामाहाको नेपालका लागि आधिकारिक वितरक एमएडब्ल्यु...
काठमाडौं – यामाहा नेपालले देशभरिका उत्कृष्ट यामाहा प्राविधिकहरूको...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...