यामाहाले एमटी १५ लाई अपडेट गरेर नयाँ मोडल २०२२ ल्याउने
यामाहाले आफ्नो लोकप्रिय न्याकेड स्ट्रिटफाइटर बाइक एमटी १५ लाई अपडेट गरेर...
यामाहाले एरोक्स १५५ को नयाँ भेरियन्ट ‘एस’ सार्वजनिक गरेको छ । यसको मूल्य १ लाख ५० हजार ६०० भारु निर्धारण गरिएको छ । म्याक्सी स्कुटर एरोक्स नेपाली बजारमा समेत उपलब्ध रहँदै आएको मोडल हो ।
सो नयाँ भेरिएन्टमा यामाहाले कीलेस इग्निशन फिचर दिएको छ । यसमा दिइएको स्मार्ट चाबीका कारण भीडभाडको अबस्थामा स्कूटर पत्ता लगाउन मद्दत गर्दछ । राइडरले स्मार्ट की प्रयोग गरेर ब्लिंकरहरू र बजर सक्रिय गर्न सक्छन् ।
स्मार्ट की प्रविधिले राइडरलाई चाबीको प्रयोग नगरी स्कूटर सुरु गर्न अनुमति दिन्छ । यसमा प्रोक्सिमिटी सेन्सर छ, जसले चाबीलाई पत्ता लगाउँदछ, र राइडरले इग्निशन पोजिसनमा नब घुमाउन र स्टार्ट बटन थिच्न सक्छ ।
रेगुलर भेरिएन्टमा जस्तै यसमा पनि १५५ सिसी सिंगल सिलिन्डर इन्जिन जडान गरिएको छ । जसले १५ बिएचपी पावर र १३.९ एनएम टर्क जेनेरेट गर्छ । इन्जिनलाई कन्ट्युनिली वेरिएबल ट्रान्समिशन (सिभीटी) मा मिलाइएको छ । स्कुटरमा ट्रयाक्सन कन्ट्रोल सिस्टम पनि छ।
यामाहाले आफ्नो लोकप्रिय न्याकेड स्ट्रिटफाइटर बाइक एमटी १५ लाई अपडेट गरेर...
काठमाडौं – यामाहा नेपालले आफ्नो बहुप्रतीक्षित ‘ब्लु स्ट्रिक्स’ पहल सुरु...
काठमाडौं – नेपाली सडकमा यामाहा एमटी–१५ बीएस६ मोटरसाइकलको संख्या १ हजार...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...