अपडेट भएर आयो यामाहा एरोक्स १५५, मूल्य कति ?

यामाहाले एरोक्स १५५ को २०२५ संस्करण लन्च गरेको छ । सामान्य अपडेट गरेर ल्याइएको सो म्याक्सी–स्कुटरको मूल्य १ लाख ५० हजार भारु निर्धारण गरिएको छ ।

अपडेट गरिएको एरोक्स १५५ लाई नयाँ आइस फ्लुओ भर्मिलियन रंगमा उपलब्ध गराइएको छ । यसले यसअघिको ग्रे भर्मिलियनलाई प्रतिस्थापन गर्नुको साथै नयाँ ग्राफिक्सले एरोक्सको लुक्सलाई झनै आकर्षक बनाएको छ ।

एरोक्स १५५ मा पुरानै १५५ सीसी, लिक्विड–कूल्ड, सिंगल–सिलिन्डर इन्जिन जडान गरिएको भएपनि यसलाई ओबिडी–टुबी इमिसन स्ट्यान्डर्ड अनरुप अपग्रेड गरिएको छ । यस स्कुटरले १४.५ बिएचपी पावर र १३.९ एनएम टर्क जेनेरेट गर्दछ ।

फिचरको कुरा गर्नुपर्दा यसमा, डुअल एलईडी हेडल्याम्प, ब्लुटुथ कनेक्टिभिटी भएको इन्स्ट्रुमेन्ट क्लस्टर र सिंगल–च्यानल एबिएस राखिएको छ । साथै, यसको एस भेरिएन्टमा भने किलेस इग्निसन समेत उपलब्ध गराइएको छ ।

यामाहा एरोक्स नेपाली बजारमा समेत उपलब्ध प्रिमियम स्कुटर हो । नेपाली बजारमा यसको मूल्य ५ लाख रुपैयाँ निर्धारण गरिएको छ ।

सम्बन्धित समाचारहरू

यामाहा महा एक्सचेन्ज मेला हुने, पुराना बाइक वा स्कुटरसँग नयाँ बाइक स्कुटर साट्दा फाइदै फाइदा

यामाहा महा एक्सचेन्ज मेला हुने, पुराना बाइक वा स्कुटरसँग नयाँ बाइक स्कुटर साट्दा फाइदै फाइदा

काठमाडौं – काठमाडौंको भृकुटीमण्डपमा यामाहा महा एक्सचेन्ज मेला हुने भएको छ...

यामाहाले ल्यायाे कार्बन  फाइबर ग्राफिक्स र नयाँ फिचर भएको नयाँ आर१५एम मोटरसाइकल

यामाहाले ल्यायाे कार्बन फाइबर ग्राफिक्स र नयाँ फिचर भएको नयाँ आर१५एम मोटरसाइकल

यामाहा मोटर इन्डियाले नयाँ आर१५एम मोटरसाइकल भारतीय बजारमा ल्याएको छ ।...

यामाहा एसजेड–आरआरः १५० सीसी क्षमताको सबैभन्दा सस्तो बाइक

यामाहा एसजेड–आरआरः १५० सीसी क्षमताको सबैभन्दा सस्तो बाइक

नेपाली टु ह्विलर बजारमा १५० सीसी क्षमताका बाइक सर्बाधिक बिक्री हुने...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...