यामाहा नेपालद्वारा गोरखामा नयाँ शोरुमका साथ एफजेड र एमटी श्रृंखलाका नयाँ भेरिएन्ट सार्वजनिक

काठमाडौं – यामाहा नेपालले गोरखा–०६ मा अवस्थित आफ्नो नयाँ थ्रीएस फ्यासिलिटी अर्थात सेल्स, सर्भिस र स्पेयर पार्ट्सको शुभारम्भ गरेको छ । चन्दा सप्लायर्स नामक सो नयाँ शोरुमको औपचारिक उदघाटन प्रमुख अतिथिका रूपमा उपस्थित गोरखा नगरपालिकाका प्रमुख कृष्ण बहादुर राना मगरका साथै गोरखा नगरपालिकाका उपप्रमुख मसलीमाया थोकर र गोरखाका प्रमुख जिल्ला अधिकारी रामु राज कडरियाले गरे ।

कार्यक्रममा विशेष अतिथिका रुपमा नेपालका लागि यामाहाको आधिकारिक वितरक एमएडब्ल्यू राइड्स प्रालिका कार्यकारी निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपक कुमार अग्रवालको पनि उपस्थिति रहेको थियो।

अत्याधुनिक पूर्वाधार र समर्पित टोली सहित चन्दा सप्लायर्सले यामाहाको विश्वासिलो थ्रीएस अनुभव एउटै छाना मुनि उपलब्ध गराएको छ।यस मार्फत ग्राहकहरूले सम्पूर्ण बिक्री परामर्श, भरपर्दो बिक्री पछिको सेवा तथा जेन्युइन स्पेयर पाट्र्स एकै स्थानमा पाउने छन्।

उत्साहमा थप वृद्धि गर्दै, यामाहा नेपालले उद्घाटन समारोहकै अवसरमा आफ्ना लोकप्रिय एफजेड र एमटी श्रृंखलाका नयाँ भेरिएन्ट सार्वजनिक ग¥यो। यी नयाँ मोडलहरूले ताजा स्टाइल र नेपाली राइडरहरूलाई लक्षित एडभान्स्ड फिचरहरुसहित यामाहाको पोर्टफोलियोलाई अझ सशक्त बनाएका छन्।

कार्यक्रममा बोल्दै दीपक कुमार अग्रवालले भने, ‘गोरखामा यो नयाँ थ्रीएस शोरुम यामाहाका उच्च प्रदर्शनयुक्त उत्पादन र उत्कृष्ट सेवालाई हाम्रा आदरणीय ग्राहकहरूको अझ नजिक ल्याउने यात्रामा अर्को महत्वपूर्ण कदम हो। नयाँ एफजेड र एमटी भेरिएन्टको लन्चसँगै, हामी गोरखा तथा आसपासका राइडरहरूलाई स्टाइल, प्रदर्शन र भरोसाको संयोजन भएका अझ धेरै विकल्पहरू प्रदान गर्दैछौं। हामी ग्राहक सेवा, पूर्वाधार र प्राविधिक दक्षतामा उच्चतम मापदण्ड कायम राख्दै हाम्रो सञ्जाललाई निरन्तर विस्तार गर्न प्रतिबद्ध छौं।’

त्यसैगरी, चन्दा सप्लायर्सका कार्यकारी निर्देशक चन्दन बाबु खत्रीले आफ्नो प्रतिबद्धता व्यक्त गर्दै भने, ‘चन्दा सप्लायर्सबाट हामी उच्च गुणस्तरका यामाहा दुईपांग्रे सवारी साधन उपलब्ध गराउने मात्र नभई भरपर्दो बिक्रीपछिको सेवामार्फत उत्कृष्ट ग्राहक अनुभव दिने लक्ष्य समेत राखेका छौं। हाम्रो उद्देश्य हरेक ग्राहकसँग दीर्घकालीन विश्वास कायम गर्नु हो, जसका लागि हामीले बिक्री देखि सेवा र त्यसपछि पनि विभिन्न चरण सम्म सन्तुष्टी सुनिश्चित गर्नेछौं।’

सो नयाँ शोरुमको उदघाटन र नयाँ एफजेड र एमटी भेरिएन्टको लन्चसँगै यामाहा नेपालले आफ्नो फैलिँदै गरेको डिलर सञ्जाललाई अझ सशक्त बनाएको बताएको छ। अब गोरखा तथा आसपासका क्षेत्रका ग्राहकहरूले यामाहाका सम्पूर्ण मोटरसाइकल, स्कुटर, विज्ञ सर्भिस र स्पेयर पार्ट्स सहजै प्राप्त गर्न सक्ने छन्।

सम्बन्धित समाचारहरू

यामाहाले गुपचुप लन्च ग-यो सस्तो स्पोर्ट्स बाइक, यस्तो छ विशेषता

यामाहाले गुपचुप लन्च ग-यो सस्तो स्पोर्ट्स बाइक, यस्तो छ विशेषता

यामाहाले गोप्य तरिकाले आर१५ भी४ डार्क नाइट एडिसन बाइक १ लाख ८२ हजार भारु...

नेपाल सुपर लिगको उपाधि काठमाडाैं रेजर्सलाई

नेपाल सुपर लिगको उपाधि काठमाडाैं रेजर्सलाई

काठमाडौं- काठमाडौं रेजर्सले पहिलो नेपाल सुपर लिग-एनएसएल फुटबल...

यामाहाले एमटी १५ लाई अपडेट गरेर नयाँ मोडल २०२२ ल्याउने

यामाहाले एमटी १५ लाई अपडेट गरेर नयाँ मोडल २०२२ ल्याउने

यामाहाले आफ्नो लोकप्रिय न्याकेड स्ट्रिटफाइटर बाइक एमटी १५ लाई अपडेट गरेर...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...