ईभीको विस्तार र ग्राहक सन्तुष्टिका लागि एमएडब्लू वृद्धिले पायो फेरि नयाँ उपलब्धि
“इनर्जी, भिजन, फ्युचर” थिममा सम्पन्न भएको २०२६ डोङफेङ डिलर कन्फरेन्समा...
याडिया स्कुटरको नेपालका लागि आधिकारिक वितरक कुजु नेपाल प्रालिले सस्तो मूल्यमा नयाँ स्कुटर ल्याउने भएको छ । यसअघि लिथियम आयोन व्याट्री जडित स्कुटर बिक्री गर्दै आएको कम्पनीले ग्राफिनी व्याट्री जडान भएको एम ६ ल्याउन लागेको हो । सो व्याट्रीको मूल्य कम पर्ने कारण स्कुटरको मूल्य पनि सस्तो पर्न गएको कम्पनीले जनाएको छ । नयाँ स्कुटरलाई ग्राहकले १० हजार रुपैयाँ भुक्तानी गरेर वुकिङ गर्न सक्नेछन् ।
१ लाख ७५ हजार रुपैयाँ मूल्य निर्धारण गरिएको सो स्कुटरमा १.२ किलोवाट क्षमताको मोटर जडान गरिएको छ । साथै यसमा ८०० लाइफ साइकल भएको ७२ भोल्ट ३६ एम्पियर आवरको व्याट्री दिइएको छ । ८ घन्टामा फुल चार्ज गर्न सकिने सो व्याट्रीले सिंगल चार्जमा ९० किलोमिटर रेन्ज दिने दावी गरिएको छ ।
सो स्कुटरमा जडित ब्याट्रीमा कम्पनीले २ वर्ष अर्थात २० हजार किलोमिटरसम्मको वारेन्टि दिने जनाएको छ । स्कुटरको अगाडी चक्कामा डिस्क र पछाडी ड्रम ब्रेक दिइएको छ भने सुरक्षाका लागी यसमा कम्वाइन व्रेकिङ सिस्टम पाउन सकिन्छ ।
कुजु नेपालले हाल याडियाका सी१ एस, एस–लाइक, जी५ र ई८एस प्रो स्कुटर उपलब्ध गराउँदै आएको छ । यी स्कुटरको मूल्य क्रमश ३ लाख ७० हजार, २ लाख ५५ हजार, ३ लाख ५० हजार र २ लाख ३० हजार रुपैयाँ निर्धारण गरिएको छ ।
“इनर्जी, भिजन, फ्युचर” थिममा सम्पन्न भएको २०२६ डोङफेङ डिलर कन्फरेन्समा...
काठमाडौं – नेपाली बजारमा उपलब्ध भारतीय स्कुटर ब्रान्ड प्योर ईभीले नयाँ...
काठमाडौं–सरकारले आर्थिक विधेयक सच्याएर २० लाख रुपैयाँसम्मका साना...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...