विएमडव्लूको यो इलेक्ट्रिक स्कुटर जसले दिन्छ सिंगल चार्जमा १३० किलोमिटर रेन्ज
विएमडब्लूले भारतमा नयाँ इलेक्ट्रिक स्कुटर सिई ०४ सोकेश गरेको छ । एस १००० आर...
काठमाडौं – नेपालमा याडिया इलेक्ट्रिक स्कुटरको आधिकारिक वितरक कुजु नेपाल प्रालिले नयाँ वर्ष २०८२ को उल्लासमय अवसरमा विशेष छुट अफर सार्वजनिक गरेको छ। यो चाडपर्वलाई थप रोमाञ्चक बनाउन कम्पनीले आफ्ना सबै मोडलहरूमा १० हजार रुपैयाँ बराबरको नगद छुट घोषणा गरेको छ ।
नेपाली बजारमा उपलब्ध याडियाका तीन मोडल मध्ये याडिया जी६ को मूल्य २ लाख ६० हजार रुपैयाँ छ । अब नयाँ वर्षको अफर अन्तर्गत सो स्कुटर २ लाख ५० हजार रुपैयाँमा उपलब्ध हुनेछ ।
त्यसैगरी याडिया ई८एस इपोकको मूल्य २ लाख ३५ हजार रहेको छ र अब यसको मूल्य २ लाख २५ हजार रुपैयाँ हुनेछ भने याडिया एम६एलको मूल्य १ लाख ७५ हजार रहेकोमा अब यसको मूल्य १ लाख ६५ हजार रुपैयाँ हुनेछ ।
याडिया स्कुटरहरू आधुनिक डिजाइन, बलियो प्रदर्शन र वातावरणमैत्री प्रविधिको लागि परिचित छन्, जुन आजको शहरी यात्रुका लागि उत्तम रोजाइ बन्न पुगेका छन्।
‘नयाँ वर्षको यस विशेष अवसरमा हामी आफ्ना मूल्यवान ग्राहकहरूलाई धन्यवाद ज्ञापन गर्न चाहन्छौं,’ कुजु नेपालका प्रवक्ताले बताए । उनले भने, ‘यो सीमित अवधिको अफरको फाइदा उठाउन हामी सबैलाई नजिकको याडिया शोरूम वा डिलर नेटवर्कमा सम्पर्क गर्न आमन्त्रण गर्दछौं ।’
यो अफर सीमित अवधिको लागि मात्र मान्य हुने कम्पनीको भनाइ छ ।
विएमडब्लूले भारतमा नयाँ इलेक्ट्रिक स्कुटर सिई ०४ सोकेश गरेको छ । एस १००० आर...
काठमाडौं – राजधानी काठमाडौंमा विद्युतीय बस सञ्चालन गर्न नगर विकास कोषले...
कार निर्माता कम्पनीहरुले कारमा विभिन्न फिचरहरु जडान गर्न थालेका छन् ।...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...