टेस्लालाई आच्छु आच्छु पार्दै यी चिनियाँ कार निर्माता कम्पनी
चिनियाँ कार निर्माता कम्पनीहरु विशेष गरी इलेक्ट्रिक भेइकल उत्पादनमा...
काठमाडौँ–विश्वकै नम्बर १ इलेक्ट्रिक दुई पाङ्ग्रे ब्रान्ड याडियाले आफ्नो बहुप्रतिक्षित इलेक्ट्रिक मोटरसाइकल किनेसलाई नेपाली बजारमा आधिकारिक रूपमा सार्वजनिक गरेको छ । याडियाको नेपालका लागि आधिकारिक वितरक कुजु नेपाल प्रालिले एक विशेष किनेस अनुभव कार्यक्रमको आयोजना गर्दै उक्त प्रिमियम बाइक सार्वजनिक गरेको हो ।
दैनिक आवतजावतका लागि मात्रै केन्द्रित परम्परागत इलेक्ट्रिक स्कुटर वा बाइकभन्दा फरक याडिया किनेसलाई गति, शक्तिशाली प्रदर्शन, रोमाञ्चक राइडिङ अनुभव र आकर्षक डिजाइनलाई प्राथमिकतामा राखेर विकास गरिएको कम्पनीले जनाएको छ । आधुनिक प्रविधि र प्रिमियम अनुभव खोज्ने नेपाली राइडरहरूलाई लक्षित गर्दै यो मोटरसाइकल बजारमा ल्याइएको हो ।
पावर र टर्कः मोटरसाइकलमा ११ किलोवाट क्षमताको उच्च प्रदर्शनयुक्त मिड–ड्राइभ मोटर जडान गरिएको छ, जसले ३०० एनएम सम्मको उत्कृष्ट टर्क जेनेरेट गर्दछ ।
गति र एक्सेलेरेसनः यसले ० देखि ५० किलोमिटर प्रतिघण्टाको गति मात्र ३ सेकेन्डमा प्राप्त गर्न सक्छ भने यसको अधिकतम गति १०० किलोमिटर प्रतिघण्टा रहेको छ ।
उकालो चढ्ने क्षमताः नेपालका फरक–फरक र कठिन सडकहरूलाई ध्यानमा राख्दै यसमा २० डिग्रीसम्मको उकालो सहजै पार गर्न सक्ने क्षमता दिइएको छ ।
स्मार्ट ब्याट्री र सुरक्षाः यसमा ४.६ किलोवाट आवरको ब्याट्री प्रयोग गरिएको छ । ब्याट्रीलाई सुरक्षित र लामो समयसम्म टिकाउ बनाउन ४० भन्दा बढी सुरक्षा सुविधायुक्त स्मार्ट ब्याट्री व्यवस्थापन प्रणाली (बीएमएस) जडान गरिएको छ ।
अन्तर्राष्ट्रिय अवार्डः उत्कृष्ट डिजाइन र आधुनिक प्रविधिकै कारण यो बाइकले अन्तर्राष्ट्रिय स्तरमा प्रतिष्ठित ’रेड डट डिजाइन अवार्ड’ समेत प्राप्त गरिसकेको छ ।
यस नयाँ मोटरसाइकलको मूल्य नेपाली बजारमा ६ लाख ६० हजार रुपैयाँ निर्धारण गरिएको छ । उत्कृष्ट प्रदर्शन र नवीन प्रविधिको खोजीमा रहेका ग्राहकका लागि यो एक बलियो र आकर्षक विकल्प बन्ने कम्पनीको विश्वास छ ।
सन् २००९ मा स्थापना भएको याडिया लगातार ९ वर्षदेखि विश्वकै नम्बर १ इलेक्ट्रिक दुई पाङ्ग्रे निर्माता कम्पनी रहँदै आएको छ । हाल विश्वभर १०० करोडभन्दा बढी प्रयोगकर्ता रहेको याडियाको बिक्री नेटवर्क १५० भन्दा बढी देशमा फैलिएको छ । नयाँ प्रिमियम बाइक सार्वजनिक गरेसँगै कम्पनीले नेपालको ईभी बजारमा आफ्नो उपस्थितिलाई अझ बलियो बनाउने लक्ष्य राखेको छ ।
चिनियाँ कार निर्माता कम्पनीहरु विशेष गरी इलेक्ट्रिक भेइकल उत्पादनमा...
काठमाडौं – नेपाली बजारमा उपलब्ध हुने एमजी एस५ को मूल्य सार्वजनिक भएको छ ।...
कोरियन अटो निर्माता हुन्डाईको इलेक्ट्रिक कार आयोनिक५ ले जापानमा...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...