एक्सपेङ जी६ को शोरुम थापाथलीमा शुभारम्भ, २५ गाडी हस्तान्तरण

काठमाडौं – नेपालका लागि एक्सपेङ ईभीको आधिकारिक वितरक सीजी मोटर्सले काठमाडौंको थापाथलीमा एक्सपेङ ईभीको फ्ल्यागशिप शोरुम सञ्चालनमा ल्याएको छ । शनिबार शोरुमको उदघाटनसँगै सीजीले एक्सपेङको नयाँ जी६ इलेक्ट्रिक एसयूभीको बिक्री समेत सुरुवात गरेको छ ।

यससँगै, एक्सपेङले नेपालको विद्युतीय सवारी क्षेत्रको भविष्यमा योगदान गर्ने आफ्नो योजना सार्वजनिक गरेको छ ।

चीनमा टेस्लाको प्रतिस्पर्धी मानिने एक्सपेङले नेपालमा पनि स्मार्ट ड्राइभिङ प्रविधि जस्तै स्वचालित ड्राइभिङ र एसईपिएस २.० प्रविधिहरू ल्याएको कम्पनीले जनाएको छ । यसमा संसारकै उत्कृष्ट एडभान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम (एडास) र ९–डायमेन्सन ब्याट्री सेफ्टी सामेल छन्, जसले जी६ लाई विशिष्ट बनाएको छ ।

एक्सपेङ जी६ मा ४५० एनएम टर्क, १९० किलोवाट पावर र ४३५ किलोमिटर रेन्ज जस्ता विशेषताहरू छन् । साथै यसको ब्याट्री क्षमता ६६ किलोवाट आवर छ र यसमा आल्मुनियम डाइ–कास्ट च्यासिस, अगाडि र पछाडि दुवैमा ५०–५० लोड अनुपात रहेको छ ।

गाडीले ४८० किलोवाटसम्मको डिसी फास्टचार्जर सपोर्ट गर्छ । यसमा रहेको एक्सएनजीपी इन्टेलिजेन्ट असिस्ट ड्राइभिङ सिस्टममा ३१ फरक सेन्सर, लाइडार, मिलिमिटर वेभ राडार, अल्ट्रासोनिक सेन्सर, क्यामेरा र ड्युअल ओरिन एक्स माइक्रोचिपको प्रयोग गरिएको छ ।

गाडीको लम्बाइ ४७५३ एमएम, चौडाई १९२० एमएम र उचाई १६५० एमएम छ । ह्विलमा पनि १८ र २० इन्चको अप्सन दिइएको छ ।

अब, काठमाडौंको थापाथलीमा रहेको नयाँ शोरुममा ग्राहकले एक्सपेङका गाडीहरूलाई नजिकबाट अनुभव गर्न र टेस्ट ड्राइभ लिन सक्ने कम्पनीले जनाएको छ ।

एक्सपेङले विश्वभरि ३० भन्दा बढी देशहरूमा आफ्नो अत्याधुनिक एआई–संयुक्त गाडीहरूको उपस्थिति सुनिश्चित गरेको छ । साथै, विश्व अटोमोटिभ क्षेत्रमा चर्चित फक्सवागन ग्रुपले एक्सपेङको ईभी प्रविधि र एआई प्लेटफर्ममा ठूलो लगानी गरेको छ ।

सीजी मोटर्सले नेपालभर २० भन्दा बढी सेल्स र सर्भिस सेन्टर सञ्चालन गर्दै एक्सपेङलाई आफ्नो ब्रान्ड पोर्टफोलियोमा समाहित गरेको छ । कम्पनीले यस वर्षको अन्त्यसम्म ४० नयाँ सर्भिस सेन्टर खोल्ने योजना ल्याएको छ । त्यस्तै २४४ भन्दा बढी स्थानमा डीसी फास्ट चार्जिङ नेटवर्कमा २०० अतिरिक्त चार्ज पोइन्ट थप्ने लक्ष्य रहेको बताएको छ ।

एक्सपेङको जी६ को मूल्य ८४ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।

सम्बन्धित समाचारहरू

आइतबार एमजी जेडएस इभीको फेसलिफ्ट मोडल सार्बजनिक हुने

आइतबार एमजी जेडएस इभीको फेसलिफ्ट मोडल सार्बजनिक हुने

नेपाली बजारमा सर्बाधिक बिक्री हुँदै आइरहेको इलेक्ट्रिक एसयुभी एमजी जेडएस...

चीनमा फक्सवागन र एसएआईसीले २०४० सम्म सहकार्य गर्ने

चीनमा फक्सवागन र एसएआईसीले २०४० सम्म सहकार्य गर्ने

फक्सवागन र एसएआईसीले चीनमा गरिरहेको सहकार्य सन् २०४० सम्म विस्तार गर्ने...

एक्सपेङ जी६ अव चितवनमा पनि, यूरो मोटर्स वन्यो डिलर

एक्सपेङ जी६ अव चितवनमा पनि, यूरो मोटर्स वन्यो डिलर

काठमाडौं– एक्सपेङको शोरुम चितवनमा विस्तार भएको छ । नेपालका लागि आधिकारिक...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...