जीडब्लूएमका दुई मोडल ओरा५ र ट्यांक ३०० लाई अन्तर्राष्ट्रिय अवार्ड
काठमाडौँ–चीनको प्रसिद्ध सवारीसाधन निर्माता कम्पनी जीडब्ल्यूएमका दुई...
काठमाडौँ–चिनियाँ अटोमोबाइल बजारमा हालै एउटा अनौठो र रोचक दृश्य देखिएको छ ।
चीनको चर्चित विद्युतीय गाडी निर्माता एक्सपेङको फ्ल्यागसिप मोडल ‘जीएक्स’लाई एक कार धनीले पूर्ण रूपमा बेलायती लक्जरी एसयूभी रेन्ज रोभरको लुक दिएका छन् ।
मूल रूपमा एक्सपेङ जीएक्सको बनावट रेन्ज रोभरसँग केही हदसम्म मिल्दोजुल्दो भए पनि, ती कार धनीले यसलाई दुरुस्तै रेन्ज रोभरजस्तै देखिने गरी परिमार्जन (ट्युनिङ) गराएका हुन् ।
गाडीको बाहिरी भागमा रेन्ज रोभरको जस्तै ब्रोन्ज ट्रिम, अगाडिको ढोकामा यु–आकारको डिजाइन र चक्का तथा छतमा ब्रोन्ज एक्सेन्ट दिइएको छ । सबैभन्दा रोचक कुरा त के छ भने, गाडीको अगाडि र पछाडि एक्सपेङको लोगोको सट्टा रेन्ज रोभरको नाम राखिएको छ । गाडीको भित्री भागमा रहेको टु–स्पोक स्टेयरिङ ह्विलमा समेत रेन्ज रोभरकै ब्राण्डिङ गरिएको छ ।
एक्सपेङ जीएक्स एक फुल–साइझ क्रसओभर एसयूभी हो, जसको लम्बाइ ५,२६५ एमएम रहेको छ । यो लम्बाइ लङ–ह्विलबेस भएको रेन्ज रोभरभन्दा पनि १४ एमएम बढी हो ।
चीनमा एक्सपेङ जीएक्सको मूल्य २ लाख ७९ हजार ८ सय देखि ३ लाख ५९ हजार ८ सय युआन सम्म पर्दछ । जबकि, सक्कली रेन्ज रोभरको सुरुवाती मूल्य नै १४ लाख १२ हजार युआन पर्ने गर्छ ।
कम मूल्यमा रेन्ज रोभरको जस्तै लक्जरी र उपस्थिति पाउनका लागि गाडी धनीले यस्तो परिमार्जन गरेको अनुमान गरिएको छ । सन् २०२६ को मेदेखि अगस्ट महिनासम्ममा मात्रै चीनमा २१ हजारभन्दा बढी एक्सपेङ जीएक्स बिक्री भइसकेका छन् ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...