एक्सपेङ जी६ ईभी अब पोखरामा, अटो वेज बन्यो डिलर

पोखरा – एक्सपेङ मोटर्सको नेपालका लागि आधिकारिक वितरक सीजी मोटर्सले चिनियाँ अटोमोबाइल ब्रान्ड एक्सपेङ जी६ इभी पोखरामा भव्य रुपमा लन्च गरेको छ । सीजी मोटर्सले अटोवेज प्रालिलाई पोखरा क्षेत्रका लागि आधिकारिक डिलरको रूपमा औपचारिक रूपमा घोषणा गरेको छ।

यसबाट एक्सपेङको उपस्थिति थप विस्तार भएको छ, जसले स्थानीय ग्राहकहरूलाई अत्याधुनिक तथा वातावरणमैत्री सवारीसाधन र भरपर्दो सेवा प्रदान गरिरहेको छ।

अटोवेजका अध्यक्ष नारायण प्रसाद पौडेलले कार्यक्रममा आफ्नो प्रमुख मन्तव्य व्यक्त गर्दै मिडियालाई एक्सपेङ ब्रान्डको परिचय गराए । साथै, सीजी मोटर्सका सीईओ तथा निर्देशक हेमन्त अग्रवालले कार्यक्रमको क्रममा सीजी मोटर्सका उपलब्धिहरू र अटोवेजसँगको सहकार्यको चर्चा गर्नुका साथै भविष्यका योजनाहरू प्रस्तुत गरे ।

सो अवसरमा अटोवेज प्रालिले पहिलो चरणका ग्राहकलाई ५ युनिट जी६ एसयूभी पनि हस्तान्तरण गरेको छ।

सो लन्च कार्यक्रममा एक्सपेङको नयाँ जी६ मोडल प्रस्तुत गरिएको थियो, जसले स्मार्ट प्रविधि र दिगो डिजाइनमा जोड दिएको छ। जी६ ले विश्वकै उच्च सुरक्षा परीक्षण ई–एनक्यापमा फाइभ स्टार रेटिङ प्राप्त गरेको छ। यसले स्वचालित ड्राइभिङ प्रविधि, एसईपीए २.० संरचना, नियमित ओटीए अपडेटहरू, एक्सओएस अपरेटिङ सिस्टम, र ८०० भोल्ट सुपर–फास्ट चार्जिङ सुविधा प्रदान गर्दछ।

जी६ को मोटर पावर १९० किलोवाट र टर्क ४४० एनएम छ, जसले ६६ किलोवाट आवर ब्याट्री प्याकसहित ४३५ किलोमिटरको रेन्ज दिन्छ।

यसका थप विशेषताहरूमा अगाडिको र पछाडिको एक्सलमा ५०ः५० तौल वितरण, समग्र स्पोर्टी प्रदर्शनका लागि आल्मुनियम डाइ–कास्ट बडी र ९–आयामीय ब्याट्री सुरक्षासहितको संरचना सामेल छन्, जसले जी६ लाई विशिष्ट बनाउँछ।

सम्बन्धित समाचारहरू

एथर ४५० एक्सको बिक्री सुरु, यस्तो छ मूल्य, फिचर र रेन्ज

एथर ४५० एक्सको बिक्री सुरु, यस्तो छ मूल्य, फिचर र रेन्ज

काठमाडौं– भारतको लोकप्रिय इलेक्ट्रिक टु –ह्विलर एथरको नयाँ स्कुटर नेपाली...

नेपालगञ्जमा खुल्यो विद्युतीय कार बीवाईडीको सोरुम, दाङमा सुरु गरियो बिक्री

नेपालगञ्जमा खुल्यो विद्युतीय कार बीवाईडीको सोरुम, दाङमा सुरु गरियो बिक्री

नेपालगञ्ज – नेपालगञ्जमा प्रिमियम चाइनिज ब्रान्ड बीवाईडीका विद्युतीय...

लिपमोटरले नोभेम्वरमा बेच्यो ७० हजार बढी ईभी, २०२६ मा १० लाख कार बिक्री गर्ने लक्ष्य

लिपमोटरले नोभेम्वरमा बेच्यो ७० हजार बढी ईभी, २०२६ मा १० लाख कार बिक्री गर्ने लक्ष्य

काठमाडौं – लिपमोटरले नोभेम्बरमा ७० हजार ३२७ सवारीसाधन बिक्री गर्दै नयाँ...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...