संसारकै उत्कृष्ट एडास प्रबिधि भएको एक्सपेङ जी६ अव नेपाली बजारमा

काठमाडौं– सिजी मोटर्सले चिनियाँ अटोमोबाइल ब्रान्ड एक्सपेङलाई औपचारिक रुपमा लञ्च गरेको छ । एक्सपेङले नेपाली बजारमा पहिलो पटक आफ्नो जी६ भेरियन्ट सार्वजनिक गरेको हो । जसको मूल्य ८४ लाख ९९ हजार तोकिएको छ ।

चीनमा टेस्लाको प्रतिस्पर्धी मानिने एक्सपेङले नेपालमा पनि स्मार्ट ड्राइभिङ प्रविधि जस्तै स्वचालित ड्राइभिङ र एसईपिएस २.० प्रविधिहरू ल्याएको कम्पनीले जनाएको छ । यसमा संसारकै उत्कृष्ट एडभान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम(एडास) र ९–डायमेन्सन ब्याट्री सेफ्टी सामेल छन्, जसले जी६ लाई विशिष्ट बनाएको छ ।

एक्सपेङ जी६ मा ४५० एनएम टर्क, १९० किलोवाट पावर र ४३५ किलोमिटर रेन्ज जस्ता विशेषताहरू छन् । साथै यसको ब्याट्री क्षमता ६६ किलोवाट आवर छ र यसमा एलुमिनियम डाइ–कास्ट च्यासिस, अगाडि र पछाडि दुवैमा ५०–५० लोड अनुपात रहेको छ ।

जेनेसिस, ल्याम्वर्गिनी, फरारी, अडी र सियटका लागि कार डिजाइनको २४ वर्षको अनुभव बटुलेका चर्चित डिजाइनर जुआनमा लोपेजले यस कारको डिजाइन गरेका हुन् । जसले एक्सपेङका डिजाइनहरूलाई जीवन्त बनाएको छ ।

औपचारिक लन्च भएसंगै अब नेपाली ग्राहकहरुले पनि एक्सपेङको प्रविधि नजिकबाट अनुभव गर्ने अवसर पाएको र ब्रान्डको दृष्टिकोण बारे थप जान्न सक्ने बताइएको छ । गाडीको बुकिङ र टेस्ट ड्राइभको लागि थापाथली शोरूममा सम्पर्क गर्न सिजी मोटर्सले आह्वान गरेको छ ।

सम्बन्धित समाचारहरू

रोबोट्याक्सी सेवा बन्द गर्ने योजनामा जनरल मोटर्स

रोबोट्याक्सी सेवा बन्द गर्ने योजनामा जनरल मोटर्स

अमेरिकी अटोमोबाइल निर्माता कम्पनी जनरल मोटर्स (जीएम) ले आफ्नो क्रुज...

२०२५ मा विश्वभर ईभीको बिक्री ३० प्रतिशतले वृद्धि हुने, नेपालमा के होला ?

२०२५ मा विश्वभर ईभीको बिक्री ३० प्रतिशतले वृद्धि हुने, नेपालमा के होला ?

एक नयाँ अध्ययन अनुसार, विद्युतीय सवारीको बिक्री यो वर्ष ३० प्रतिशतले...

टाटा मोटर्सले ल्यायो ‘स्विच टु टियागो ईभी’ एक्सचेन्ज क्याम्प : बाइक–स्कुटर साटेर ईभी चढ्ने मौका

टाटा मोटर्सले ल्यायो ‘स्विच टु टियागो ईभी’ एक्सचेन्ज क्याम्प : बाइक–स्कुटर साटेर ईभी चढ्ने मौका

काठमाडौं – नेपालमा विद्युतीय सवारीसाधनप्रति बढ्दो आकर्षणलाई लक्षित...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...