शाओमीले ल्याउँदै ७७० किमी रेन्ज भएको एसयूभी, टेस्लासँग प्रतिस्पर्धा गर्ने

शाओमीले इलेक्ट्रिक एसयूभी 'वाईयू ७' लन्च गर्ने तयारी गरिरहेको छ, जसले सिंगल चार्जमा ७७० किलोमिटरसम्मको रेन्ज प्रदान गर्ने दाबी गरिएको छ । यसले टेस्ला मोडल वाईसँग प्रत्यक्ष प्रतिस्पर्धा गर्नेछ ।

रिपोर्टका अनुसार शाओमीले यसै वर्ष आफ्नो नयाँ क्रसओभर एसयूभी वाईयू ७ लन्च गर्ने दाबी गरिएको छ । वाईयू ७ ७७० किलोमिटर, ६७५ किलोमिटर र ७६० किलोमिटरको सिंगल चार्ज रेन्ज भएको तीन भेरिएन्टमा उपलब्ध हुनेछ ।

वाईयू ७ मा  लिथियम एनएमसी ब्याट्री उपयोग गरिएको छ । अल-ह्वील ड्राइभ संस्करणमा अगाडि २२० किलोवाट र पछाडि २२८ किलोवाट इलेक्ट्रिक मोटर जडान गरिएको छ, जसले संयुक्त रूपमा ६८१ एचपीको पावर उत्पादन गर्छ । यसको टप स्पिड २५३ किलोमिटर प्रति घण्टा हुनेछ ।

शाओमीले आफ्नो इलेक्ट्रिक एसयूभी एसयू ७ सन् २०२३ मा चीनमा ल्याएपछि सो मोडेलले बिक्रीमा टेस्ला मोडल ३ लाई पहिले नै उछिनेको छ। आफ्नो स्थितिलाई अझ बलियो बनाउन शाओमीले फेब्रुअरीमा एसयू ७ अल्ट्रा प्रस्तुत गरेको थियो ।

सो हाईपरफर्मेन्स सेडान ३ इलेक्ट्रिक मोटरमा उपलब्ध छ, जसले १५२७ बीएचपीको पावर उत्पादन गर्छ । यसले केवल १.९८ सेकेन्डमा ० देखि १०० किलोमिटर प्रतिघण्टाको गति लिन्छ र ३५० किलोमिटर प्रतिघण्टाको उच्चतम गतिमा पुग्छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...