इभी नेपाल मोटर्सले भोली नक्सालमा वुलिङ इभीको नयाँ शोरुम उद्घाटन गर्ने

वुलिङ इभीको नेपालका लागि आधिकारिक वितरक इभी नेपाल मोटर्सले भोली नक्सालमा नयाँ शोरुम उद्घाटन गर्ने भएको छ । यो नयाँ शोरुमको उद्घाटनसंगै नेपालमा वुलिङ एयर मिनी इभीको औपचारिक लन्च समेत हुनेछ । कम्पनीले विगत केही समययता यसको वुकिङ लिँदै आइरहेको थियो ।

नेपाली बजारमा यो मिनी इभीको २०० र ३०० किलोमिटर रेन्ज दिने दुई भेरिएन्ट उपलब्ध छन् । यसको मूल्य क्रमश २४ लाख ९९ हजार र ३० लाख ९९ हजार रुपैयाँ निर्धारण गरिएको छ । नयाँ शोरुम संचलानमा आएसंगै ग्राहकले शोरुममै गएर गाडीको अवलोकन र टेष्ट ड्राइभ समेत गर्न पाउने कम्पनीका साहयक महाप्रवन्धक नवराज कोइरालाले बताए ।

वुलिङ इभीले इन्डोनेसियामा एसएआइसी र जीएमसंगको ज्वाइन्ट भेन्चरमा विभिन्न सवारी साधन उत्पादन गर्ने गरेको छ । यो कार इन्डोनेशियाली बजारमा निकै लोकप्रिय रहेको छ । फोर सिटर र थ्री डोर यो ह्याचव्याकलाई कम्पनीले ग्लोवल स्मार्ट इलेक्ट्रिकल भेइकल प्लेटफर्मममा बनाएको हो ।

सिटी ड्राइभिङका लागि उपयुक्त यो इलेक्ट्रिक कार ३० किलोवाट र ५० किलोवाट क्षमतामा उपलब्ध छ । यसमा उपलब्ध गराइएको व्याट्रीलाई ४ घण्टमा फुल चार्ज गर्न सकिन्छ भने उक्त व्याट्रीमा कम्पनीले ८ वर्षको वारेन्टि दिएको छ ।

इभी नेपाल मोटर्सले लेभनिङ ब्राण्डको इलेक्ट्रिक स्कुटर समेत आयत गरी कारोवार गर्दै आइरहेको छ । यो वज्र ग्रुप अन्तर्गतको अटोमोवाइल डिभिजन हेर्ने कम्पनी हो ।

सम्बन्धित समाचारहरू

चितवनमा अब शारडा ग्रुप र गोल्छा अर्गनाइजेसनको डीसी फास्ट चार्जिङ स्टेसन

चितवनमा अब शारडा ग्रुप र गोल्छा अर्गनाइजेसनको डीसी फास्ट चार्जिङ स्टेसन

दिगो भविष्यको लागि वातानुकुलित यातायात प्रविधि विस्तार गर्न शारडा ग्रुप र...

ओमोडा मेगा मनसुन अपग्रेड सुरु : १ वर्षका लागि ब्याज नलाग्ने

ओमोडा मेगा मनसुन अपग्रेड सुरु : १ वर्षका लागि ब्याज नलाग्ने

काठमाडौँ – ओमोडा एन्ड जेइकोको लागि नेपालमा आधिकारिक वितरक, एसपीजी...

सिट्रोन ई–सी३ : मिड रेन्ज कम्प्याक्ट एसयूभीमा राम्रो विकल्प बन्दै

सिट्रोन ई–सी३ : मिड रेन्ज कम्प्याक्ट एसयूभीमा राम्रो विकल्प बन्दै

फ्रेन्च कार निर्माता सिट्रोनले भारतमा बनेको आफ्नो नयाँ इलेक्ट्रिक मोडल...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...