वुलिङले ल्यायो सस्तो मूल्यमा आकर्षक इलेक्ट्रिक सिटी कार

वुलिङले नयाँ इलेक्ट्रिक सिटी कार वींगोलाई लन्च गरेको छ । यो नयाँ इलेक्ट्रिक ह्याचव्याकको शुरुवाती मूल्य चीनमा ८ हजार ७०० डलर तोकिएको छ । यसले वीवाईडीको निकट भविष्यमा आउने तयारी भइरहेको सिगल इभीसंग प्रतिस्पर्धा गर्ने अनुमान गरिएको छ । वुलिङले यसलाई एसएआईसी र जनरल मोटर्ससंगको साँझेदारीमा तयार पारेको हो ।

दुई वटा व्याट्री अप्सनमा उपलब्ध यसको इन्ट्रि लेवलमा १७.३ किलोवाट आवरको एलएफपी व्याट्री जडान गरिएको छ । २०३ किलोमिटर रेन्ज दिने दावी गरिएको यो भेरिएन्टमा ३० किलोवाट आवरको मोटर दिइएको छ । जसको पावर ४१ एचपी हुन आउँछ । यसैगरी अर्को भेरिएन्टमा ३१.९ किलोवाट आवरको व्याट्री जडान गरिएको छ । सिंगल चार्जमा यसले ३३३ किलोमिटर रेन्ज दिने दावी छ । यो भेरिएन्टमा ५० किलोवाट आवरको मोटर जडान गरिएको छ भने पवार ६८ एचपी रहेको छ ।

यसको वेसिक र टप ट्रिममा उपलब्ध फिचरमा एकदमै ठूलो अन्तर रहेको छ । वेसिक ट्रिममा सानो इन्स्ट्रयुमेन्ट प्यानल स्क्रिन, टु स्पिकर साउन्ड सिस्टम र कपडाको सिट दिइएको छ भने टप ट्रिममा १०.२५ इन्चको मेन स्क्रिन सहित डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर, भ्वाइस रिकग्निसन र फोर स्पिकर साउन्ड सिस्टम दिइएको छ । कुल ५ ट्रिममा उपलब्ध यसको टप स्पेक ट्रिमको मूल्य १२ हजार १७० डलरसम्म निर्धारण गरिएको छ ।

सम्बन्धित समाचारहरू

ईभी र हाइब्रिड कारको बिक्रीमा उच्च बृद्धि, सेप्टेम्वरमा मात्रै ३० प्रतिशतले बढ्यो

ईभी र हाइब्रिड कारको बिक्रीमा उच्च बृद्धि, सेप्टेम्वरमा मात्रै ३० प्रतिशतले बढ्यो

विश्व बजारमा ईभी र हाईब्रिड कारको बिक्रीमा उच्च बृद्धि देखिएको छ । एक...

हाइड्रोजन इन्धन उत्पादनमा सक्रियता : प्लान्ट तयारीका लागि छलफल

हाइड्रोजन इन्धन उत्पादनमा सक्रियता : प्लान्ट तयारीका लागि छलफल

काठमाडौं- अर्थमन्त्रालयमा हाइड्रोजन इन्धन उत्पादनको संभाव्यताबारे छलफल...

नक्साल गैरीधारामा खुल्यो सुपर सोकोको नयाँ शोरुम

नक्साल गैरीधारामा खुल्यो सुपर सोकोको नयाँ शोरुम

काठमाडौं – सुपर सोको इलेक्ट्रिक बाइक तथा स्कुटरको नेपालका लागि आधिकारिक...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...