विद्युतीय सवारी साधन प्रवद्र्धन र चुनौती सम्बन्धमा अन्तरक्रिया सम्पन्न
काठमाडौं – विश्व वातावरण दिवस (जुन ५) को अवसरमा हिजो विद्युतीय सवारी साधनमा...
काठमाडौं – बज्र ग्रुप अन्तर्गतको ईभी नेपाल मोटर्स प्रालिले वुलिङ ईभी र लेभ्निङ इलेक्ट्रिक स्कुटर किन्ने ग्राहकका लागि भ्यालेन्टाइन स्किम लागु गरेको छ । फेब्रुअरी १४ मा मनाइने भ्यालेन्टाइन पर्वको अवसरमा सो स्किम उपलब्ध गराइएको कम्पनीको भनाइ छ ।
यस अन्तर्गत वुलिङ ईभी किन्दा सुनको हार र लेभ्निङ स्कुटर किन्दा ग्राहकले हिराको औठी उपहार पाउनेछन् ।
वुलिङ ईभी २०० किमी र ३०० किमी रेन्ज दिने गरी दुई भेरिएन्टमा उपलब्ध छ । यी दुई मोडलको मूल्य क्रमशः २० लाख ९९ हजार र २६ लाख ९९ हजार रुपैयाँ छ । इलेक्ट्रिक कार किन्नको लागि काठमाडौंको नक्साल र भैसेपाटी शोरुम जान सकिने छ । गाडीमा ८ वर्षको वारेन्टी पाउन सकिन्छ । साथै, फाइनान्स र एक्सचेन्जको सुबिधा पनि उपलब्ध रहेको कम्पनीका एजीएम एनके शरदले बताए ।
लेभ्निङ इलेक्ट्रिक स्कुटर नेपालभरिको मुख्य मुख्य सहरमा उपलब्ध छ । लेभ्निङ इलेक्ट्रिक स्कुटर १२ फरक मोडलमा उपलब्ध छ, जुन कलेजको विद्यार्थी देखि कार्यालयका कर्मचारी र कृषक तथा अपांग सबैलाई हुने खालको प्रोडक्ट मानिन्छ ।
लेभ्निङ इलेक्ट्रिक स्कुटरको मूल्य १ लाख १५ हजार देखि सुरु हुन्छ । स्कुटरमा २ वर्षको वारेन्टी साथै फाइनान्स र एक्सचेन्ज पनि उपलब्ध छ ।
कम्पनीले नेपालभरि डेलिभरीको व्यवस्थासँगै सर्भिस र पार्ट्स पनि सजिलै उपलब्ध गराएको कम्पनीको भनाइ छ । यदि कसैलाई स्कुटर वा कार चाहिएमा ९८०२३०८५१२ वा ९८०१००२९८७ मा कल गर्न सकिन्छ ।
यो स्किम निश्चित समय को लागि लागु गरिएको छ । नेपाली बजारमा विगत ३१ वर्ष देखि व्यापारिक घराना बज्र ग्रुपले बिभिन्न क्षेत्रमा व्यापार गर्दै आइरहेको छ, जसमा स्यानिटरीका आइटम, बाथरुम फिटिङ, अपार्टमेन्ट, मास्क, अटोमोबाइल आदि रहेको छ ।
काठमाडौं – विश्व वातावरण दिवस (जुन ५) को अवसरमा हिजो विद्युतीय सवारी साधनमा...
काठमाडौं – भारतको हैदराबादमा उत्पादन भएको दुई पांग्रे विद्युतीय...
शहरहरूमा दैनिकजसो मानिस ट्राफिक जाम र हर्नको कर्कश आवाजको समस्या...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...