वुलिङ एयर ईभी किन्न प्रभु बैंकले ८० प्रतिशत सम्म कर्जा दिने

काठमाडौं – नेपाली बजारमा वुलिङ एयर ईभी बिक्री–वितरण गरिरहेको बज्र ग्रुप अन्तर्गतको ईभी नेपाल मोटर्सले सवारी साधन खरिद गर्न चाहने ग्राहकलाई सुविधा उपलब्ध गराउन प्रभु बैंकसँग सहकार्यको घोषणा गरेको छ ।

यस सम्बन्धी सम्झौता पत्रमा ईभी नेपाल मोटर्सका तर्फबाट एजीएम नबराज कोइराला र प्रभु बैंकका तर्फबाट सीबीओ रेनु प्रसाद पान्डेले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार वुलिङ एयर ईभी किन्न चाहने ग्राहकलाई प्रभु बैंकले गाडीको मूल्यको ८० प्रतिशत सम्म कर्जा उपलब्ध गराउने छ ।

२०० र ३०० किलोमिटर रेन्ज दिने दुई भेरिएन्टमा वुलिङ एयर ईभी उपलब्ध छ । यसको मूल्य क्रमशः २० लाख ९९ हजार र ३० लाख ९९ हजार रुपैयाँ छ ।

वुलिङ ईभीले इन्डोसियामा एसएआईसी र जीएमसँगको ज्वाइन्ट भेन्चरमा विभिन्न सवारी साधन उत्पादन गर्ने गरेको छ । वुलिङ एयर ईभी चाहिं इन्डोनेसिया लगाएत बिश्वमा नै लोकप्रिय रहेको इलेक्ट्रिक कार हो ।

ग्लोबल स्मार्ट इलेक्ट्रिक भेइकल (जीएसईभी) प्लेटफर्ममा वुलिङ एयर ईभी बनेको छ । यही प्लेटफर्ममा होङ गुवाङ मिनी ईभी र बाओजुन किवी ईभी समेत बनेका छन्, । वुलिङ एयर ईभी फोर सिटर र थ्री डोर ह्याचब्याक हो । सिटी ड्राइभिङका लागि उपयुक्त सो इलेक्ट्रिक कार ३० किलोवाट क्षमताको छ भने यसमा भएको लिथियम आइरन फस्फेट ब्याट्रीले ३ सय किलोमिटर सम्मको रेन्ज दिन्छ ।

अत्याधुनिक उपकरण प्रयोग गरिएको र उकालो तथा ओरालो जस्तोसुकै कठिन सडकमा पनि यसलाई चलाउन सकिन्छ ।

रिमोटबाटै संचालन गर्न सकिने, सजिलै घरमा चार्ज गर्न सकिने र १०० रुपैयाँ खर्चमा ३०० किलोमिटर चलाउन सकिने यो इलेक्ट्रिक कार चढ्दा खर्चको बचत हुने, इन्धन हाल्न नपर्ने, सर्भिस र पार्ट्स खर्च नहुने तथा वातावरण समेत स्वच्छ राख्न सहयोग पुग्ने कम्पनीको भनाइ छ । बज्र ग्रुप ३१ बर्ष पुरानो ब्यापारीक घरना हो ।

कम्पनीले नेपाली बजारमा छिटै अर्कों नया मोडल वुलिङ बिंगो फोर डोर ईभी पनि नेपाली बजारमा लन्च गर्ने तयारी गरेको बताएको छ । यो वुलिङ एयर ईभी खरिद गर्ने ग्राहकलाई नेपाल भरी उपलब्ध गराउने सुबिधा छ ।

काठमाडौको नक्साल, भैसेपाटी, भक्तपुरमा आधिकारिक शोरुमबाट बिक्री भैरहेको छ ।,नेपालभरी रहेको ५१ भन्दा बढी नेपाल विद्युत प्राधिकरणको चार्जिङ्ग स्टेसनबाट सजिलै छिटो चार्ज गर्न मिल्नेछ ।

सम्बन्धित समाचारहरू

ड्राइभिङ द फ्युचर : एक महिनामै नेपालको सडकमा गुड्न थाले ३०० नामी कार

ड्राइभिङ द फ्युचर : एक महिनामै नेपालको सडकमा गुड्न थाले ३०० नामी कार

नेपाली बजारमा डेलिभरी शुरु गरिए पश्चात करिव एक महिनाकै समयमा ३०० डोङफेङ...

९० को दशकको लोकप्रिय स्कुटर एलएमएल इलेक्ट्रिक स्कुटर सहित  पुनरागमन हुने

९० को दशकको लोकप्रिय स्कुटर एलएमएल इलेक्ट्रिक स्कुटर सहित पुनरागमन हुने

मोटरसाइकल निर्माता कम्पनी एलएमएलको पुनरागमन हुने भएको छ । कम्पनीले चाँडै...

नेपाल भित्रिए इटालियन ब्रान्ड इनर्जिकाका प्रिमियम इलेक्ट्रिक मोटरसाइकल

नेपाल भित्रिए इटालियन ब्रान्ड इनर्जिकाका प्रिमियम इलेक्ट्रिक मोटरसाइकल

काठमाडौं – नेपाली बजारमा इटालियन ब्रान्ड इनर्जिकाका इलेक्ट्रिक...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...