शाओमीको वाईयू७ जीटीद्वारा चालक बिनै विश्वकै कठिन रेस ट्र्याक नुर्बुर्गरिङ नोर्डश्लाइफेमा नयाँ कीर्तिमान
शाओमीले अटोमोबाइल क्षेत्रमा अर्को ऐतिहासिक उपलब्धि हासिल गरेको छ।...
बिलासी, महंगो र युनिक बिशेषता भएका कार प्रयोगका कारण चर्चामा आइरहने दुबईमा हालसालै बिश्वको सबैभन्दा महंगो एम्बुलेन्स सार्वजनिक भएको छ ।
बिश्वको सबैभन्दा तिब्र गतिमा गुड्ने सुपर कार लाइकन हाइपरस्पोर्टलाई दुबई कर्पोरेशन अफ एम्बुलेन्स सर्भिसले प्रयोग गर्ने जनाइएको छ । यो सुपर कारलाई सन् २०२० मा आयोजना गरिएको दुबई अटो एक्सपोमा सार्बजनिक गरिएको थियो ।
बिश्वमा हालसम्म जम्मा ७ युनिटमात्र उपलब्ध रहेको यो कारको एक युनिटलाई दुवई प्रहरीले यसअघि नै प्रयोगमा ल्याइसकेको छ । जसको मूल्य १३ मिलियन दुबई दिराम अर्थात नेपाली रुपैयाँ ४२ करोड २७ लाख ६० हजार पर्छ ।
३.७ लिटर ट्विन टर्बो इन्जिन जडान गरिएको यो कारले २.८ सेकेन्डमै एकसय किलोमिटर प्रतिघन्टाको गति लिन सक्ने बताइएको छ । यो सुपर कारमा हिरा जडित हेडलाइट, गोल्ड प्लेटेड हेडलाइनर र गोल्ड स्टिच्ड लेदर सिट जस्ता बिलासी फिचर्स दिइएको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...