विश्वको सबैभन्दा महंगो एम्बुलेन्स दुबईमा सार्बजनिक, मूल्य ४२ करोड २७ लाख माथी

बिलासी, महंगो र युनिक बिशेषता भएका कार प्रयोगका कारण चर्चामा आइरहने दुबईमा हालसालै बिश्वको सबैभन्दा महंगो एम्बुलेन्स सार्वजनिक भएको छ ।

बिश्वको सबैभन्दा तिब्र गतिमा गुड्ने सुपर कार लाइकन हाइपरस्पोर्टलाई दुबई कर्पोरेशन अफ एम्बुलेन्स सर्भिसले प्रयोग गर्ने जनाइएको छ । यो सुपर कारलाई सन् २०२० मा आयोजना गरिएको दुबई अटो एक्सपोमा सार्बजनिक गरिएको थियो ।

बिश्वमा हालसम्म जम्मा ७ युनिटमात्र उपलब्ध रहेको यो कारको एक युनिटलाई दुवई प्रहरीले यसअघि नै प्रयोगमा ल्याइसकेको छ । जसको मूल्य १३ मिलियन दुबई दिराम अर्थात नेपाली रुपैयाँ ४२ करोड २७ लाख ६० हजार पर्छ ।

३.७ लिटर ट्विन टर्बो इन्जिन जडान गरिएको यो कारले २.८ सेकेन्डमै एकसय किलोमिटर प्रतिघन्टाको गति लिन सक्ने बताइएको छ । यो सुपर कारमा हिरा जडित हेडलाइट, गोल्ड प्लेटेड हेडलाइनर र गोल्ड स्टिच्ड लेदर सिट जस्ता बिलासी फिचर्स दिइएको छ ।

सम्बन्धित समाचारहरू

दशैंमा रेसिङ मुड : ताइवानको सर्किटमा बाइक कुदाउने तयारीमा श्रीहरी

दशैंमा रेसिङ मुड : ताइवानको सर्किटमा बाइक कुदाउने तयारीमा श्रीहरी

देश दशैं मुडमा छ । नेपालीहरुको महान चाड मानिने दशैंको समयमा सबै आफ्नो काम...

नेपाल अटोमोबाइल्स एसोसिएसनले शुरु ग-यो फेस्टिभ च्यालेञ्ज

नेपाल अटोमोबाइल्स एसोसिएसनले शुरु ग-यो फेस्टिभ च्यालेञ्ज

नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) ले गत सेप्टेम्बर २७ मा शुरु गरेको...

क्रसफायरको होली अफर, नगद छुटदेखी एक्सचेन्जमा भ्यालु एडिसन सम्मको  सुबिधा

क्रसफायरको होली अफर, नगद छुटदेखी एक्सचेन्जमा भ्यालु एडिसन सम्मको सुबिधा

क्रसफायर मोटरसाइकल तथा इटालिका मोटो स्कुटरको नेपालका लागि आधिकारिक वितरक...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...