सीईएस २०२६ मा विश्वको पहिलो सोलिड–स्टेट ब्याट्री बाइक

फिनल्यान्डको इलेक्ट्रिक मोटरसाइकल निर्माता भर्ज मोटरसाइकलले सीईएस २०२६ मा विश्वकै पहिलो सोलिड–स्टेट ब्याट्री प्रविधियुक्त मोटरसाइकल पेश गरेको छ । सो मोटरसाइकल आफ्नो उन्नत प्रविधि, लङ रेन्ज र असाधारण प्रदर्शनका कारण अन्य इलेक्ट्रिक बाइकभन्दा निकै फरक देखिएको छ।

कम्पनीले आगामी केही महिनाभित्रै ग्राहकहरूलाई यसको डेलिभरी सुरु गर्नेछ। विशेष कुरा के छ भने यति ठुलो ब्याट्री प्रविधि अपग्रेड हुँदाहुँदै पनि मोटरसाइकलको मूल्यमा कुनै वृद्धि गरिएको छैन।

सो मोटरसाइकलको मुख्य आकर्षण भनेको यसको सोलिड–स्टेट ब्याट्री हो । हाल अधिकांश इलेक्ट्रिक सवारी साधनमा तरल इलेक्ट्रोलाइटयुक्त लिथियम–आयन ब्याट्री प्रयोग हुँदै आएको छ । तर भर्जले ठोस पदार्थमा आधारित सोलिड–स्टेट ब्याट्री विकास गरेको छ। यसमा तरल पदार्थ नहुने भएकाले यसमा आगलागीको जोखिम लगभग नहुने बताइएको छ, जसले यसलाई परम्परागत लिथियम–आयन ब्याट्रीभन्दा धेरै सुरक्षित बनाउँछ। साथै, यस प्रकारका ब्याट्रीले बढी ऊर्जा स्टोर गर्न सक्ने भएकाले रेन्ज पनि उल्लेखनीय रूपमा बढ्नेछ।

सो मोटरसाइकलले सुपरफास्ट चार्जिङलाई सपोर्ट गर्छ । यसले केवल १० मिनेट चार्जमा करिब ३०० किलोमिटर दूरी तय गर्न सक्ने क्षमता राख्छ। एक पटक फुल चार्ज गरेपछि यो बाइकले ५९५ किलोमिटरसम्म यात्रा गर्न सक्ने दाबी गरिएको छ ।

सो मोटरसाइकलमा नयाँ डोनट २.० मोटर प्रयोग गरिएको छ, जुन अघिल्लो संस्करणको तुलनामा ५० प्रतिशत हल्का भए पनि उही स्तरको शक्ति प्रदान गर्छ। बाइकले केवल ३.५ सेकेन्डमा ० देखि १०० किलोमिटर प्रतिघण्टाको गति लिन सक्छ भने करिब १,००० एनएमको टर्क उत्पादन गर्छ ।

कम्पनीका अनुसार सोलिड–स्टेट ब्याट्री लङ लाइफसम्म चल्छ ।यसलाई घरीघरी परिवर्तन गर्नुपर्ने आवश्यकता पर्दैन । यो सबै प्रकारका तापक्रममा स्थिर रहने र सुरक्षित रूपमा सञ्चालन हुने बताइएको छ। साथै, यस ब्याट्री बनाउन प्रयोग गरिने सामग्रीहरू विश्वभर सजिलै उपलब्ध हुने भएकाले भविष्यमा यसको उत्पादन र विस्तार सहज हुने अपेक्षा गरिएको छ।

सम्बन्धित समाचारहरू

भीजी मोटर्सद्वारा ड्राइभिङ सेन्टरका प्रशिक्षकलाई ईभी सञ्चालन सम्बन्धी तालिम

भीजी मोटर्सद्वारा ड्राइभिङ सेन्टरका प्रशिक्षकलाई ईभी सञ्चालन सम्बन्धी तालिम

काठमाडौं – नेपालमा एसआरएम र जोयलङ ईभी भ्यानको आधिकारिक वितरक भीजी...

बीवाईडीले बालबालिकाको लागि ल्यायो इलेक्ट्रिक स्कुल बस, २२५ किमीसम्मको रेन्ज दिने

बीवाईडीले बालबालिकाको लागि ल्यायो इलेक्ट्रिक स्कुल बस, २२५ किमीसम्मको रेन्ज दिने

चिनियाँ इलेक्ट्रिक सवारी साधन निर्माता कम्पनी बीवाईडीले अमेरिकाका लागि...

बोल्ड डिजाइन र स्मार्ट इनोभेसनका साथ नेपाली सडकमा बलियो उपस्थिति जनाउँदै फिचर लोडेड नामी भिगो

बोल्ड डिजाइन र स्मार्ट इनोभेसनका साथ नेपाली सडकमा बलियो उपस्थिति जनाउँदै फिचर लोडेड नामी भिगो

नेपालको इलेक्ट्रिक सवारी साधन अर्थात ईभी बजारमा नामी भिगो अन्य ब्रान्ड र...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...