पहिलो मोडुलर इलेक्ट्रिक स्कुटर अर्को वर्ष लन्च हुने

इभी स्टार्टअप कम्पनी डिस्प्याच भेहिकलले अर्को वर्ष मोडुलर इलेक्ट्रिक स्कुटर लन्च गर्ने बताएको छ । भारतीय बजारमा सार्बजनिक गरिने यो विश्वकै पहिलो मोडुलर इलेक्ट्रिक स्कुटर हुने उक्त कम्पनीले दाबी गरेको छ । यो स्कुटरको हिँजोमात्र एक टिजर भिडियो सार्बजनिक गरिएको छ । जुन एकदमै आकर्षक र हाइटेक फिचर्सले सुसज्जित रहेको देखिएको थियो ।

एकदमै टफ र एर्गोनोमिक वडी फ्रेममा निर्माण गरिने यो स्कुटरको फ्रन्ट मडगार्डमा एलइडी हेडल्याम्म राखिएको छ । यो स्कुटरमा नेभिगेसनलाई प्रयोगमा ल्याउनका लागी सजिलो होस भनेर स्मार्ट फोन अर्थात ट्याव राख्न मिल्ने एउटा सानो मोडुलर इन्स्ट्रुमेन्ट क्लस्टर दिइएको छ । राइडर सिट मुनि व्याट्री राख्ने स्थान दिइएको यो स्कुटरको पिलियन सिटमुनी सामान राख्न सकिने व्यवस्था मिलाइएको छ ।

यो कम्पनीले आफै स्कुटर उत्पादन भने नगर्ने जनाइएको छ । विश्वकै सवैभन्दा ठूलो मध्येको एक इभी निर्मातासंग संझौता गरेर आफ्नो डिजाइनमा स्कुटर निर्माण गरी बजारमा ल्याउने कम्पनीले योजना बनाएको छ । यो स्कुटर ‘मेक इन इन्डिया’ ट्यागलाइनमा आउनेछ ।

सम्बन्धित समाचारहरू

एक दिनमै ५० युनिट बीवाईडी ईभी डेलिभरी, आरएसए भेइकलको रुपमा ७ वर्ष पुरानो बीवाईडी ई६ सार्वजनिक

एक दिनमै ५० युनिट बीवाईडी ईभी डेलिभरी, आरएसए भेइकलको रुपमा ७ वर्ष पुरानो बीवाईडी ई६ सार्वजनिक

काठमाडौं – नेपालका लागि बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंकले एक दिनमै...

लुम्बिनीका विद्युतीय सवारीलाई हरियो नम्बर प्लेटमा परिवर्तन गर्न अदालतको परमादेश

लुम्बिनीका विद्युतीय सवारीलाई हरियो नम्बर प्लेटमा परिवर्तन गर्न अदालतको परमादेश

मर्चवार (लुम्बिनी) – उच्च अदालत तुलसीपुर, बुटवल इजलासले लुम्बिनी विकास...

अल्ट्राभायोलेटले ल्यायो फुल चार्जमा १६५ किलोमिटर रेन्ज दिने नयाँ अफ-रोड बाइक

अल्ट्राभायोलेटले ल्यायो फुल चार्जमा १६५ किलोमिटर रेन्ज दिने नयाँ अफ-रोड बाइक

अल्ट्राभायोलेट अटोमोटिभले शकवेभ नामक आफ्नो नयाँ अफ-रोड एन्ड्युरो बाइक...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...