अर्थमन्त्री र अर्थसचिवले टेस्ट राइड गरे पश्चात फेरि चर्चामा विद्युतीय मोटरसाइकल ‘यात्री’
काठमाडौं – नेपाली युवा व्यवसायीहरुको स्टार्ट अप कम्पनी यात्री...
औडी ई–ट्रोन जीटी क्वाट्रोले २०२२ वल्र्ड कार अवार्डमा वल्र्ड परफर्मेन्स कारको उपाधि जितेको छ । औडी ई–ट्रोन जीटी क्वाट्रोलाई वल्र्ड इलेक्ट्रिक भेइकल अफ द इयर, वल्र्ड पर्फमेन्स कार र वल्र्ड कार डिजाइन अफ द इयर विधामा मनोनयन गरिएको थियो ।
अमेरिकाको न्युयोर्कमा सम्पन्न सो अवार्डलाई अटोमोटिभ क्षेत्रको ओस्कार अवार्ड पनि भनिन्छ ।
सो ब्रान्डले ५औँ पटक वल्र्ड पर्फमेन्स कारको उपाधि जितेको औडीले जानकारी दिएको छ । यस वर्षको अवार्ड समारोहमा विभिन्न विधाका लागि मनोनित भएका कारहरूलाई विश्वभरका १०० भन्दा बढी अटो पत्रकारहरूले परीक्षण गरेका थिए ।
औडीको ई–ट्रोन जीटी इलेक्ट्रिक भेइकल कम्पनीको प्रमुख इलेक्ट्रिक कार हो, जसले गत वर्ष जर्मनीमा भएको २०२१ गोल्डनस लेनक्रार्ड अर्थात गोल्डन स्टेयरिङ ह्विल अवार्डमा विश्वको सबैभन्दा सुन्दर कारको उपाधि पनि जितेको थियो ।
सो कारमा स्लिक एरोडायनामक प्रोफाइलको साथै २० इन्चको अलोय भेइकल टायर छ । यो यसको ग्रिल र स्टाइलिश हेडलाइटको साथ धेरै स्पोर्टी देखिन्छ । यो इलेक्ट्रिक कार ९३ केडब्ल्युएच ब्याट्रीको साथमा आउँछ र यसमा ८०० भोल्ट टेक्नोलोजी प्रयोग गरिएको छ ।
यस कारमा फास्ट चार्जिङको विकल्प पनि उपलब्ध छ । कारले ४७० एचपी पावर र ओभरबुस्ट मोडमा १० एनएमको साथ ६३० एनएम टर्क जेनेरेट गर्छ । ई–ट्रोन जीटीले ४.१ सेकेन्डमा ० देखि १०० किलोमिटर प्रतिघन्टाको गति लिने क्षमता रहेको छ ।
यो कारले एक पटक चार्जमा ५०० किलोमिटरको रेन्ज दिन्छ । यसको टप स्पिड २४५ किलोमिटर प्रति घन्टा रहेको छ । यसमा रहेको ब्याट्री २२ मिनेटमा ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ । भारतमा यसको मूल्य १ करोड ७९ लाख भारुबाट सुरु हुन्छ । सो कार १ भेरिएन्टमा मात्र उपलब्ध छ । नेपालमा भने यो कार बिक्रीका लागि औपचारिक रुपमा उपलब्ध छैन ।
काठमाडौं – नेपाली युवा व्यवसायीहरुको स्टार्ट अप कम्पनी यात्री...
धेरै प्रयोगकर्ताहरूले घरमै आफ्नो सवारी साधन चार्ज गर्ने गरेका छन् । तर...
नेपालमा छोटो समयमै लोभलाग्दो सफलता हासिल गरेको दिपल एस०७ प्रिमियम ईभीपछि...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...