किया ईभीमा १५ वर्ष र असीमित किलोमिटरको लाइफटाइम ब्याट्री वारेन्टी
काठमाडौँ–किया इन्डियाले आफ्नो विद्युतीय गाडी क्यारेन्स क्ल्याभिस ईभीका...
किया ईभी३ लाई २०२५ को विश्व कार अवार्डमा विजेता घोषित गरिएको छ । यो घोषणा २०२५ को न्युयोर्क अन्तर्राष्ट्रिय अटो शोमा आयोजित विश्व कार पुरस्कार समारोहमा गरिएको थियो, जहाँ किया ईभी३ ले २०२५ को वर्ल्ड कार अफ द इयरको उपाधि जितेको थियो।
वर्ल्ड कार अफ द इयर पुरस्कारका लागि कुनै पनि सवारी साधनले केही मापदण्डहरू पूरा गर्नुपर्छ। योग्य हुनका लागि, सवारी साधनको वार्षिक उत्पादन कम्तिमा १० हजार युनिट हुनुपर्छ, साथै यसको मूल्य लक्जरी कारको स्तरभन्दा कम हुनुपर्छ। त्यस्तै, जनवरी १, २०२४ देखि मार्च ३०, २०२५ भित्र दुई फरक महादेशका दुई प्रमुख बजार (जस्तै: चीन, युरोप, भारत, जापान, कोरिया, ल्याटिन अमेरिका, अमेरिका) मा बिक्रीमा उपलब्ध हुनुपर्छ।
२०२५ को वर्ल्ड कार अफ द इयर विजेता छनोट ३० देशका ९६ सम्मानित अन्तर्राष्ट्रिय अटोमोटिभ पत्रकारहरूको निर्णायक मण्डलद्वारा गरिएको थियो। ईभी३ को यो जितसँगै २०२० देखि कियाले जितेका विश्व कार अवार्डहरूको संख्या ६ पुगेको छ।
किया ईभी३ मा ईभी९ को फिचर समावेश गरिएको छ । ईभी३ पूर्ण चार्जमा ६०० किलोमिटरको रेन्ज प्रदान गर्छ, जसले गर्दा यो सेगमेन्टमा अग्रणी छ । यसलाई फास्ट चार्जर प्रयोग गरेर ३१ मिनेटमा १०-८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ। किया ईभी९ मा एआई सहायक, उन्नत ड्राइभिङ सहायता सिस्टम र ओभर-द-एयर अपडेट जस्ता सुविधा पनि समावेश छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...