असोज २९ मा महिला मोटर -याली हुने

काठमाडौं – नेपाली मोटर स्पोर्ट्सको क्षेत्रमा मात्र नभै विश्वको अटोमोबाइल क्षेत्रकै इतिहासमा लोकप्रिय महिला मोटर -याली यसपटक Power to  Power Steering को नयाँ ब्राण्डमा हुने भएको छ । नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) ले वुमन इमपावरमेन्ट थ्रु मोटरिङ थिममा सो -याली आगामी १५ अक्टोबर अर्थात असोज २९ मा गर्ने बताएको छ । भृकुटी मण्डपस्थित नेपाल पर्यटन बोर्डबाट शुरु भई सो -याली धुलिखेलमा समापन हुनेछ ।

-यालीमा तोकिएको स्थानमा पुग्न सहभागीले ४ वटा चेक प्वाइन्ट पार गर्नेछन्, जुन अत्यन्तै रोमान्चक हुनेछ । टीडीएस अर्थात समय, दुरी र गति सिष्टममा आयोजना गरिने -यालीका सहभागीले धुलिखेलको हिमालयन मोटरल्यान्डमा -यालीक्रस जस्तो अत्यन्तै रोमान्चक मोटर स्पोर्ट्सको अवसर समेत प्राप्त गर्नेछन् । त्यसैगरी भिन्टेज गाडीको सहभागिता अर्को महत्वपूर्ण पक्ष हुनेछ ।

सो इभेन्टमा बढीमा ५० वटा टिम समावेश गर्न सकिने नासा नेपालले बताएको छ । उक्त -यालीमा ख्याती प्राप्त कलाकार, खेलाडी तथा विशिष्ट व्यक्तित्वहरुको समेत सहभागिताको पहल भइरहेको बताइएको छ ।

-यालीमा सबै प्रकारका कार, जिप र भ्यान समेत सहभागी हुनसक्ने छन् । टिम दर्ता गर्दा प्रत्येक टिमको जम्मा ५ हजार र थप सहभागीको लागि २ हजार रुपैयाँ रजिष्ट्रेशन शुल्क लाग्ने छ ।

इभेन्टका सम्पुर्ण सहभागीहरुलाई सेफ ड्राइभिङको तालीम दिइनेछ भने भिन्टेज विधामा छुट्टै अवार्डिङ्ग गरिनेछ । -याली व्यवस्थापनको लागी ट्विङकल न्याँछोँको संयोजकत्वमा समिति गठन गरिएको बताइएको छ ।

सो -यालीमा विजयहरुलाई शिल्ड, मेडल र सर्टिफिकेट तथा आकर्षक गिफ्ट हयाम्पर र अन्तराष्ट्रिय सहभागिताको अवसर पनि दिइनेछ ।

सम्बन्धित समाचारहरू

सन्दर्भ अन्तर्राष्ट्रिय महिला दिवस : नेपालमा बढ्दै महिला राइडरको क्रेज

सन्दर्भ अन्तर्राष्ट्रिय महिला दिवस : नेपालमा बढ्दै महिला राइडरको क्रेज

गत मंसिर महिनामा भारतको गोवामा सम्पन्न टीभीएस मोटोसोल २०२४ को १२५ सीसी...

आज विश्व वातावरण दिवस, विद्युतीय सवारी साधन वारेमा नेपाल अटोले वृहत अन्तरक्रिया गर्दै

आज विश्व वातावरण दिवस, विद्युतीय सवारी साधन वारेमा नेपाल अटोले वृहत अन्तरक्रिया गर्दै

काठमाडौं – आज जुन ५ अर्थात विश्व वातावरण दिवस हो । यस वर्षको विश्व वातावरण...

F1  in Schools कार्यक्रममा राखेप सदस्य सचिव

F1  in Schools कार्यक्रममा राखेप सदस्य सचिव

काठमाडौं – नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) को आयोजनामा नेपालमा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...