नेपाली अटोमोबाइल क्षेत्र ड्राइभ गरिरहेका यी महिलाहरु

नारी र पुरुष एकै रथका दुई पांग्रा हुन् भन्ने भनाइ छ । यो भनाइलाई नेपाली अटोमोबाइल क्षेत्रले समेत सार्थकता प्रदान गरिरहेको छ । पछिल्लो समयमा नेपाली अटोमोबाइल व्यवसायमा समेत महिलाहरुको उल्लेख्य मात्रामा सहभागिता बढ्दै गएको छ ।

नेपाली अटोमोबाइल क्षेत्रमा पनि विशेष गरी सेल्स गर्लको रुपमा महिला सहभागिता बढ्दो छ । केही संख्यामा मार्केटिङ र अन्य क्षेत्रमा समेत महिला सहभागिता बढ्न थालेको छ । राइडिङमा रमाउने र अटो शोको समयमा मोडलको रुपमा प्रस्तुत हुने महिलाहरु पनि उत्तिकै छन् । महिलाहरुले सहज तरिकाले प्रोडक्टको रुपमा बुझाउने र सेल्समा उपयुक्त हुने भएकाले धेरै सोरुमहरुमा महिला सेल्स गर्लहरु देखिन्छन् ।

नेपाली अटोमोबाइल क्षेत्रमा कति संख्यामा महिला सहभागिता छ भन्ने कुनै यकिन तथ्यांक उपलब्ध छैन । तर पनि एक अनुमान अनुसार यो क्षेत्रमा करिव २० प्रतिशत भन्दा बढी महिला सहभागिता छ । आज अन्तर्राष्ट्रिय नारी दिवसको अवसमार नेपाली अटोमोबाइल क्षेत्रमा परिचित केही महिला प्रतिनिधिहरुको वारेमा जानकारी प्रस्तुत गरेका छौ ।

स्वेता सिलवाल हाल निसान र ड्याटसन गाडीको नेपालका लागि आधिकारिक वितरक पायोनियर मोटोकर्पमा मार्केटिङ कम्युनिकेसनतर्फको डेपुटी म्यानेजर छिन् । वेलायतको एङलिया रस्किन युनिभर्सिटीबाट स्नातक गरेकी स्वेता सबैभन्दा पहिले सन् २०१६ मा सिनियर अफिसरको रुपमा यो क्षेत्रमा प्रवेश गरेकी थिइन् । पहिले ड्याटसन ब्रान्ड मात्र हेरिरहेकोमा पछि निसान समेत उपलब्ध भए पश्चात उनको जिम्मेवारीमा यी दुवै ब्रान्डको मार्केटिङ र कम्युनिकेसन लगायतका विभिन्न क्षेत्रमा कार्य गर्नुपर्ने दायित्व छ ।

नेपाली बजार र भारतीय बजार फरक छ । भारतमा रुचाइएका कतिपय ब्रान्ड नेपालमा नरुचाउने र उता नरुचाइएका ब्रान्ड यहाँ रुचाउने गरेको पनि पाइन्छ । यस्ता कुराहरुका लागि कम्पनीको प्रोडक्ट मात्र राम्रो भएर हुँदैन, यसको सफलताका लागि आवश्यक मार्केटिङ र अन्य सबै पक्षबाट प्रवद्र्धनको जरुरत पर्छ ।

आफूले ग्राहकसँग प्रत्यक्ष सम्पर्क गर्नु पर्ने धेरै आवश्यकता नभए पनि विभिन्न फिल्ड वर्कमा जादा र अन्य व्यक्तिहरुसँग सम्पर्क गर्दा महिला भएकै कारण कुनै कठिनाईको अनुभव गर्नु नपरेको उनी बताउँछिन् । भन्छिन्, ‘नेपाली अटोमोबाइल क्षेत्र पनि वृहत छ । यो क्षेत्र रमाइलो र चुनौतीपूर्ण छ । हामी महिलाहरु यो क्षेत्रमा सहज तरिकाले कार्य गर्न सक्छौ ।’ अन्य महिलाहरुलाई पनि अटोमोबाइल क्षेत्रमा कार्य गर्नका लागि प्रोत्साहन गर्नुपर्ने उनको भनाइ छ ।

नेपालमा रोयल इन्फिल्ड र अन्य विभिन्न ब्रान्डका सवारी साधन आयात गरी बिक्री–वितरण गरिरहेको एमभी दुगड ग्रुपमा पब्लिक रिलेसन हेड अर्थात पीआर हेडको रुपमा कार्यरत छिन् विमला थापा । सञ्चार क्षेत्रमा करिव १२ वर्ष भन्दा बढी कार्य गरिसकेकी विमला अटोमोबाइल क्षेत्रमा आएको भने ४ वर्ष भन्दा बढी मात्र भएको छ । पहिले देखि नै रेडियो अन्नपूर्ण पोखरा र रेडियो नागरिकमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएकी उनको अहिलेको काम पनि धेरैजसो विभिन्न इभेन्टहरु सञ्चालन गर्ने र यसलाई सञ्चार माध्यमका साथै अन्य क्षेत्रसँग सम्बन्धित व्यक्तिहरुसँग पु-याउने कार्यसँग सम्बन्धित छ ।

जनसम्पर्कको आवश्यकता अहिले धेरै अटोमोबाइल ब्रान्डहरुले अनुभव गरेर त्यसै अनुसारको जनशक्तिको व्यवस्था गर्न थालेका छन् । यसै अनुसार जनसम्पर्क प्रमुखको व्यवस्था गरेका हुन्छन् । नेपाल र नेपाल बाहिर समेत कुनै ब्रान्डको प्रवक्ताको रुपमा जनसम्पर्क प्रमुख कार्यरत रहेका हुन्छन् । यस्ता जनसम्प्र्क प्रमुखले विज्ञापन दिने कार्य मात्र नगरेर सबै ब्रान्डका अपरेसन हेडसँग समन्वय गरी विभिन्न कार्य गर्नुपर्ने हुन्छ । यो चुनौतीपूर्ण र रोचक पनि छ । यसले गर्दा पछिल्लो समयमा पीआर हेड एउटा नयाँ र आकर्षक रोजाइ समेत बन्न पुगेको छ । मास कम्युनिकेसन अध्ययन गरेकी विमलाले व्यावहारिक रुपमा त्यही क्षेत्रसँग सम्बन्धित कार्य गर्न पाउदा खुसी भएको बताउछिन् ।

एमभी दुगड ग्रुपले विभिन्न प्रिमियम ब्रान्ड नेपालमा बिक्री गरिरहेको र ग्राहकहरुले यस्ता ब्रान्ड रुचाइरहेका छन् । यसले गर्दा जनसम्पर्क अझै सहज बनेको भए पनि ब्रान्ड प्रवद्र्धन कार्यलाई भने निरन्तर रुपमा जारी राख्नु पर्ने आवश्यकतालाई मध्यनजर गरेर त्यसै अनुसार अगाडि बढेको उनको भनाइ छ । नेपाली अटोमोबाइल बजारमा अहिले धेरै महिला कर्मचारीहरुको माग बढ्ने गरेको र त्यसै अनुसारको आकर्षण पनि छ । तर पहिले त्यसै अनुसार आफ्नो ‘भ्याल्यु क्रिएट’ गरेर यो क्षेत्रमा आउनउनको सुझाव छ ।

प्रमिला खत्री हाल एसवाईएम मोटरसाइकल बिक्री–वितरण गरिरहेको केजी इन्टकन्टिनेन्टल प्रालिकी जनरल म्यानेजर हुन् । यो भन्दा पहिले उनी हाउजे ब्रान्डका मोटरसाइकल र स्कुटर बिक्री गर्ने कृष्ण इन्टरनेसनल ट्रेडिङ कन्सर्नमा थिइन् । तर पनि प्रमिलालाई अटोमोबाइल क्षेत्रमा प्रवेश गराउने मुख्य श्रेय भने दि गणेश इन्टरप्राइजेजलाई जान्छ, जसले लामो समय सम्म नेपाली बजारमा सुजुकीका मोटरसाइकल बिक्री गरेको थियो ।

करिव १८ वर्ष पहिले सुजुकीमा उनले सेल्स हुँदै मार्केटिङ तर्फको यात्रा तय गरेकी थिइन् । १० वर्ष जति उनले सुजुकीमा काम गरिन् । सुजुकीबाट उनले यो क्षेत्रको वारेमा धेरै ज्ञान लिएकी छिन् । त्यसपछि भने उनी हाउजे र हाल एसवाईएम ब्रान्ड प्रवद्र्धनमा क्रियाशील छिन् ।

भारतीय ब्रान्ड सुजुकी र हाल ताइवानी ब्रान्ड एसवाईएममा कार्य गर्दा भने उनको फरक अनुभव छ । सुजुकीका सबै भेरिएन्ट उपलब्ध भएको र हाल उपलब्ध एसवाईएम विशेष गरी एड्भेन्चर मोडलमा केन्द्रीत भएकाले त्यसै अनुसार अफरोड यात्रा रुचाउने ग्राहकसँग मात्र अन्तक्र्रिया हुने गर्छ । ब्रान्ड अनुसार ग्राहक पनि फरक हुने र त्यही फरकपनासँग आफू रमाइरहेको उनको भनाइ छ ।

हाल अटोमोबाइल क्षेत्रमा धेरै महिलाहरु कार्यरत छन् । अटोमोबाइल व्यवसाय अन्तर्गत सोरुम, सर्भिस सेन्टर आदिमा मात्र नभएर यो क्षेत्रमा युट्युबर, राइडर समेत छन् । महिलाहरु यो क्षेत्रमा आउनु राम्रो भएको र आकर्षक समेत भएकाले अटोमोबाइल क्षेत्रमा आउन चाहनेहरुलाई प्रमिलाले प्रोत्साहन समेत गर्ने गरेको बताइन् ।

करुणा पुडासैनी हाल टीभीएसको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्स अन्तर्गत स्कुटर सेगमेन्टको प्रोडक्ट हेड छिन् । करिव एक महिना पहिले सम्म उनी भेस्पा तथा अप्रिलिया ब्रान्डको नेपालका लागि आधिकारिक वितरक दुगड ब्रदर्स एन्ड सन्समा कार्यरत थिइन् ।

सन् २०१७ मा बंगलादेशी बाइक ब्रान्ड रनरको नेपालका लागि आधिकारिक वितरक रमन मोटर्समा मार्केटिङ, ब्रान्डिङ, इभेन्ट म्यानेजमेन्ट आदि जिम्मेवारी सहित प्रवेश गरेकी करुणाले रमन मोटर्समा करिव २ वर्ष काम गरिन् । त्यसयता फरक ब्रान्ड भए पनि उनको जिम्मेवारी भने लगभग उही छ । ब्रान्ड अनुसार काम गर्ने शैली स्वाभाविक रुपमा फरक हुने भए पनि त्यसलाई एड्जस्ट गर्न सक्नु पर्ने करुणाको बुझाई छ ।

यो क्षेत्रमा कम्फर्टेबल फिल भए पनि कतिपय अप्ठ्याराहरु पनि छन् । लेट नाइट बस्नु पर्ने बाध्यता र वाहिर धेरै हिड्नु पर्ने अवस्थामा गाहे भए पनि यो क्षेत्रका धेरै सहयोगी भएकाले सहज हुँदै गएको उनको अनुभव छ । आफ्नो हेड, सुपरभाइजरले बुझ्ने र आफू पनि डेडिकेटेड भएर काम गरेमा फरक नपर्ने उनको बुझाई छ । टेबुल वर्क भन्दा पनि आफ्नो प्यासन नै मार्केटिङ भएकाले शुरु देखि नै यही क्षेत्रमा रमाइरहेको र आगामी दिनमा समेत यसैमा लाग्ने उनले बताइन् ।

सम्बन्धित समाचारहरू

२२५ देखी ३५० सिसी सेग्मेन्टमा टिभिएसले नयाँ मोटरसाइकल ल्याउने

२२५ देखी ३५० सिसी सेग्मेन्टमा टिभिएसले नयाँ मोटरसाइकल ल्याउने

टिभिएस मोटर्सले २२५ देखी ३५० सिसी सेग्मेन्टमा नयाँ मोटरसाइकल ल्याउने भएको...

भेष्पा अप्रिलियाको नयाँ सर्भिस सेन्टर अव बौद्धमा पनि

भेष्पा अप्रिलियाको नयाँ सर्भिस सेन्टर अव बौद्धमा पनि

काठमाडौं –डेल्टा अटोकर्प प्रालिले भेष्पा अप्रिलियाको नयाँ सर्भिस सेन्टर...

भेस्पा र अप्रिलिया स्कुटरमा मनसुन स्किम : अगस्ट महिनामा स्कुटर किन्दा यस्तो छ छुट

भेस्पा र अप्रिलिया स्कुटरमा मनसुन स्किम : अगस्ट महिनामा स्कुटर किन्दा यस्तो छ छुट

काठमाडौं – भेस्पा र अप्रिलिया स्कुटरको नेपालका लागि आधिकारिक वितरक डेल्टा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...