नेपाली अटोमोबाइल क्षेत्र ड्राइभ गरिरहेका यी महिलाहरु

नारी र पुरुष एकै रथका दुई पांग्रा हुन् भन्ने भनाइ छ । यो भनाइलाई नेपाली अटोमोबाइल क्षेत्रले समेत सार्थकता प्रदान गरिरहेको छ । पछिल्लो समयमा नेपाली अटोमोबाइल व्यवसायमा समेत महिलाहरुको उल्लेख्य मात्रामा सहभागिता बढ्दै गएको छ ।

नेपाली अटोमोबाइल क्षेत्रमा पनि विशेष गरी सेल्स गर्लको रुपमा महिला सहभागिता बढ्दो छ । केही संख्यामा मार्केटिङ र अन्य क्षेत्रमा समेत महिला सहभागिता बढ्न थालेको छ । राइडिङमा रमाउने र अटो शोको समयमा मोडलको रुपमा प्रस्तुत हुने महिलाहरु पनि उत्तिकै छन् । महिलाहरुले सहज तरिकाले प्रोडक्टको रुपमा बुझाउने र सेल्समा उपयुक्त हुने भएकाले धेरै सोरुमहरुमा महिला सेल्स गर्लहरु देखिन्छन् ।

नेपाली अटोमोबाइल क्षेत्रमा कति संख्यामा महिला सहभागिता छ भन्ने कुनै यकिन तथ्यांक उपलब्ध छैन । तर पनि एक अनुमान अनुसार यो क्षेत्रमा करिव २० प्रतिशत भन्दा बढी महिला सहभागिता छ । आज अन्तर्राष्ट्रिय नारी दिवसको अवसमार नेपाली अटोमोबाइल क्षेत्रमा परिचित केही महिला प्रतिनिधिहरुको वारेमा जानकारी प्रस्तुत गरेका छौ ।

स्वेता सिलवाल हाल निसान र ड्याटसन गाडीको नेपालका लागि आधिकारिक वितरक पायोनियर मोटोकर्पमा मार्केटिङ कम्युनिकेसनतर्फको डेपुटी म्यानेजर छिन् । वेलायतको एङलिया रस्किन युनिभर्सिटीबाट स्नातक गरेकी स्वेता सबैभन्दा पहिले सन् २०१६ मा सिनियर अफिसरको रुपमा यो क्षेत्रमा प्रवेश गरेकी थिइन् । पहिले ड्याटसन ब्रान्ड मात्र हेरिरहेकोमा पछि निसान समेत उपलब्ध भए पश्चात उनको जिम्मेवारीमा यी दुवै ब्रान्डको मार्केटिङ र कम्युनिकेसन लगायतका विभिन्न क्षेत्रमा कार्य गर्नुपर्ने दायित्व छ ।

नेपाली बजार र भारतीय बजार फरक छ । भारतमा रुचाइएका कतिपय ब्रान्ड नेपालमा नरुचाउने र उता नरुचाइएका ब्रान्ड यहाँ रुचाउने गरेको पनि पाइन्छ । यस्ता कुराहरुका लागि कम्पनीको प्रोडक्ट मात्र राम्रो भएर हुँदैन, यसको सफलताका लागि आवश्यक मार्केटिङ र अन्य सबै पक्षबाट प्रवद्र्धनको जरुरत पर्छ ।

आफूले ग्राहकसँग प्रत्यक्ष सम्पर्क गर्नु पर्ने धेरै आवश्यकता नभए पनि विभिन्न फिल्ड वर्कमा जादा र अन्य व्यक्तिहरुसँग सम्पर्क गर्दा महिला भएकै कारण कुनै कठिनाईको अनुभव गर्नु नपरेको उनी बताउँछिन् । भन्छिन्, ‘नेपाली अटोमोबाइल क्षेत्र पनि वृहत छ । यो क्षेत्र रमाइलो र चुनौतीपूर्ण छ । हामी महिलाहरु यो क्षेत्रमा सहज तरिकाले कार्य गर्न सक्छौ ।’ अन्य महिलाहरुलाई पनि अटोमोबाइल क्षेत्रमा कार्य गर्नका लागि प्रोत्साहन गर्नुपर्ने उनको भनाइ छ ।

नेपालमा रोयल इन्फिल्ड र अन्य विभिन्न ब्रान्डका सवारी साधन आयात गरी बिक्री–वितरण गरिरहेको एमभी दुगड ग्रुपमा पब्लिक रिलेसन हेड अर्थात पीआर हेडको रुपमा कार्यरत छिन् विमला थापा । सञ्चार क्षेत्रमा करिव १२ वर्ष भन्दा बढी कार्य गरिसकेकी विमला अटोमोबाइल क्षेत्रमा आएको भने ४ वर्ष भन्दा बढी मात्र भएको छ । पहिले देखि नै रेडियो अन्नपूर्ण पोखरा र रेडियो नागरिकमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएकी उनको अहिलेको काम पनि धेरैजसो विभिन्न इभेन्टहरु सञ्चालन गर्ने र यसलाई सञ्चार माध्यमका साथै अन्य क्षेत्रसँग सम्बन्धित व्यक्तिहरुसँग पु-याउने कार्यसँग सम्बन्धित छ ।

जनसम्पर्कको आवश्यकता अहिले धेरै अटोमोबाइल ब्रान्डहरुले अनुभव गरेर त्यसै अनुसारको जनशक्तिको व्यवस्था गर्न थालेका छन् । यसै अनुसार जनसम्पर्क प्रमुखको व्यवस्था गरेका हुन्छन् । नेपाल र नेपाल बाहिर समेत कुनै ब्रान्डको प्रवक्ताको रुपमा जनसम्पर्क प्रमुख कार्यरत रहेका हुन्छन् । यस्ता जनसम्प्र्क प्रमुखले विज्ञापन दिने कार्य मात्र नगरेर सबै ब्रान्डका अपरेसन हेडसँग समन्वय गरी विभिन्न कार्य गर्नुपर्ने हुन्छ । यो चुनौतीपूर्ण र रोचक पनि छ । यसले गर्दा पछिल्लो समयमा पीआर हेड एउटा नयाँ र आकर्षक रोजाइ समेत बन्न पुगेको छ । मास कम्युनिकेसन अध्ययन गरेकी विमलाले व्यावहारिक रुपमा त्यही क्षेत्रसँग सम्बन्धित कार्य गर्न पाउदा खुसी भएको बताउछिन् ।

एमभी दुगड ग्रुपले विभिन्न प्रिमियम ब्रान्ड नेपालमा बिक्री गरिरहेको र ग्राहकहरुले यस्ता ब्रान्ड रुचाइरहेका छन् । यसले गर्दा जनसम्पर्क अझै सहज बनेको भए पनि ब्रान्ड प्रवद्र्धन कार्यलाई भने निरन्तर रुपमा जारी राख्नु पर्ने आवश्यकतालाई मध्यनजर गरेर त्यसै अनुसार अगाडि बढेको उनको भनाइ छ । नेपाली अटोमोबाइल बजारमा अहिले धेरै महिला कर्मचारीहरुको माग बढ्ने गरेको र त्यसै अनुसारको आकर्षण पनि छ । तर पहिले त्यसै अनुसार आफ्नो ‘भ्याल्यु क्रिएट’ गरेर यो क्षेत्रमा आउनउनको सुझाव छ ।

प्रमिला खत्री हाल एसवाईएम मोटरसाइकल बिक्री–वितरण गरिरहेको केजी इन्टकन्टिनेन्टल प्रालिकी जनरल म्यानेजर हुन् । यो भन्दा पहिले उनी हाउजे ब्रान्डका मोटरसाइकल र स्कुटर बिक्री गर्ने कृष्ण इन्टरनेसनल ट्रेडिङ कन्सर्नमा थिइन् । तर पनि प्रमिलालाई अटोमोबाइल क्षेत्रमा प्रवेश गराउने मुख्य श्रेय भने दि गणेश इन्टरप्राइजेजलाई जान्छ, जसले लामो समय सम्म नेपाली बजारमा सुजुकीका मोटरसाइकल बिक्री गरेको थियो ।

करिव १८ वर्ष पहिले सुजुकीमा उनले सेल्स हुँदै मार्केटिङ तर्फको यात्रा तय गरेकी थिइन् । १० वर्ष जति उनले सुजुकीमा काम गरिन् । सुजुकीबाट उनले यो क्षेत्रको वारेमा धेरै ज्ञान लिएकी छिन् । त्यसपछि भने उनी हाउजे र हाल एसवाईएम ब्रान्ड प्रवद्र्धनमा क्रियाशील छिन् ।

भारतीय ब्रान्ड सुजुकी र हाल ताइवानी ब्रान्ड एसवाईएममा कार्य गर्दा भने उनको फरक अनुभव छ । सुजुकीका सबै भेरिएन्ट उपलब्ध भएको र हाल उपलब्ध एसवाईएम विशेष गरी एड्भेन्चर मोडलमा केन्द्रीत भएकाले त्यसै अनुसार अफरोड यात्रा रुचाउने ग्राहकसँग मात्र अन्तक्र्रिया हुने गर्छ । ब्रान्ड अनुसार ग्राहक पनि फरक हुने र त्यही फरकपनासँग आफू रमाइरहेको उनको भनाइ छ ।

हाल अटोमोबाइल क्षेत्रमा धेरै महिलाहरु कार्यरत छन् । अटोमोबाइल व्यवसाय अन्तर्गत सोरुम, सर्भिस सेन्टर आदिमा मात्र नभएर यो क्षेत्रमा युट्युबर, राइडर समेत छन् । महिलाहरु यो क्षेत्रमा आउनु राम्रो भएको र आकर्षक समेत भएकाले अटोमोबाइल क्षेत्रमा आउन चाहनेहरुलाई प्रमिलाले प्रोत्साहन समेत गर्ने गरेको बताइन् ।

करुणा पुडासैनी हाल टीभीएसको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्स अन्तर्गत स्कुटर सेगमेन्टको प्रोडक्ट हेड छिन् । करिव एक महिना पहिले सम्म उनी भेस्पा तथा अप्रिलिया ब्रान्डको नेपालका लागि आधिकारिक वितरक दुगड ब्रदर्स एन्ड सन्समा कार्यरत थिइन् ।

सन् २०१७ मा बंगलादेशी बाइक ब्रान्ड रनरको नेपालका लागि आधिकारिक वितरक रमन मोटर्समा मार्केटिङ, ब्रान्डिङ, इभेन्ट म्यानेजमेन्ट आदि जिम्मेवारी सहित प्रवेश गरेकी करुणाले रमन मोटर्समा करिव २ वर्ष काम गरिन् । त्यसयता फरक ब्रान्ड भए पनि उनको जिम्मेवारी भने लगभग उही छ । ब्रान्ड अनुसार काम गर्ने शैली स्वाभाविक रुपमा फरक हुने भए पनि त्यसलाई एड्जस्ट गर्न सक्नु पर्ने करुणाको बुझाई छ ।

यो क्षेत्रमा कम्फर्टेबल फिल भए पनि कतिपय अप्ठ्याराहरु पनि छन् । लेट नाइट बस्नु पर्ने बाध्यता र वाहिर धेरै हिड्नु पर्ने अवस्थामा गाहे भए पनि यो क्षेत्रका धेरै सहयोगी भएकाले सहज हुँदै गएको उनको अनुभव छ । आफ्नो हेड, सुपरभाइजरले बुझ्ने र आफू पनि डेडिकेटेड भएर काम गरेमा फरक नपर्ने उनको बुझाई छ । टेबुल वर्क भन्दा पनि आफ्नो प्यासन नै मार्केटिङ भएकाले शुरु देखि नै यही क्षेत्रमा रमाइरहेको र आगामी दिनमा समेत यसैमा लाग्ने उनले बताइन् ।

सम्बन्धित समाचारहरू

अक्टोबर ४ मा लन्च हुँदै निसान म्याग्नाइट फेसलिफ्ट

अक्टोबर ४ मा लन्च हुँदै निसान म्याग्नाइट फेसलिफ्ट

निसानले भारतीय बजारमा इन्ट्री लेभल एसयूभी सेगमेन्टमा म्याग्नाइटको...

अप्रिलियाले सार्वजनिक ग-यो २०२१ जीपीआर२५०आर फुल्ली फेयर्ड बाइक, यस्तो छ विशेषता

अप्रिलियाले सार्वजनिक ग-यो २०२१ जीपीआर२५०आर फुल्ली फेयर्ड बाइक, यस्तो छ विशेषता

अप्रिलियाले चीनको शिआन अटो एक्सपोमा २०२१ जीपीआर२५०आर बाइक सार्वजनिक...

२ लाख ३६ हजारमा आयो टीभीएस एनटर्कको नयाँ भेरिएन्ट

२ लाख ३६ हजारमा आयो टीभीएस एनटर्कको नयाँ भेरिएन्ट

काठमाडौं– टीभीएस स्कुटर र मोटरसाइकलको नेपालका लागि धिकारिक वितरक जगदम्बा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...