साझाको विद्युतीय बसमा महिला चालक र सहचालक हुने

काठमाडौं – साझा यातायातले हालै भित्र्याएका विद्युतीय बस महिला चालकहरुले कुदाउने भएका छन् । त्यसैगरी सहचालक पनि महिला नै हुने छन् । यसका लागि तालिम आयोजना भइरहेको साझा यातायातले बताएको छ ।

त्यसका लागि चार जना महिला चालक र पाँच जना महिला सह-चालकलाई विद्युतीय बसको कार्यक्षमता र सुरक्षा प्रोटोकलबारे तालिम दिन थालिएको साझा सहकारी संस्था लिमिटेडले जनाएको छ ।

‘हाम्रो नयाँ विद्युतीय बस सञ्चालनका लागि महिला चालक र सहचालकहरुलाई प्राथमिकता दिने योजना छ । हाल ४ जना महिला चालक र ५ जना महिला सह-चालकलाई विद्युतीय बसको कार्यक्षमता र सुरक्षा प्रोटोकलबारे तालिम दिई रहेका छौँ ।’ साझा यातायातले भनेको छ ।

साझा यातायातका तीन वटा विद्युतीय गाडी यस अघि नै काठमाडौं आइपुगिसकेका छन् ।

विद्युतीय गाडी गुडाउने उद्देश्य सहित साझाका लागि चीनको नान्जिङ स्थित कारखानामा आवश्यक बस निर्माण भइरहेका छन् । पहिलो चरणमा साझाले ४० ओटा विद्युतीय बस सञ्चालनमा ल्याउनेछ ।

सम्बन्धित समाचारहरू

सवारी साधनको लागि राम्रो विकल्प हाइड्रोजन फ्युल सेल, यसले कसरी काम गर्छ ?

सवारी साधनको लागि राम्रो विकल्प हाइड्रोजन फ्युल सेल, यसले कसरी काम गर्छ ?

हाइड्रोजन ब्रह्माण्डमा प्रचुर मात्रामा पाइने तत्व हो । यो रंगहीन, गन्धहीन...

अप्रिल १ देखि यी धेरै कम्पनीले बढाए कारको मूल्य, नेपालमा पर्ला असर ?

अप्रिल १ देखि यी धेरै कम्पनीले बढाए कारको मूल्य, नेपालमा पर्ला असर ?

नयाँ आर्थिक वर्षको सुरुवातसँगै भारतमा अटोमोबाइल कम्पनीहरूले कारको मूल्य...

नेपाल प्रहरीले दशैंमा निःशुल्क बस चलाउने

नेपाल प्रहरीले दशैंमा निःशुल्क बस चलाउने

काठमाडौं – नेपाल प्रहरीले बडादशैंको अवसरमा काठमाडौं उपत्यकामा २ वटा बस...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...