हुन्डाईले नयाँ इलेक्ट्रिक एसयूभी ल्याउँदै, सन् २०२७ सम्म लन्च हुने सम्भावना
हुन्डाईले विकास गरिरहेको नयाँ कम्प्याक्ट इलेक्ट्रिक एसयूभी पछिल्ला केही...
अमेरिकाको पर्ड्यू विश्वविद्यालयका इन्जिनियरहरूले इन्जिन निर्माता कम्पनी कमिन्ससँगको सहकार्यमा सडकमा गुडिरहेका इलेक्ट्रिक सेमी ट्रकहरूलाई कुनै तार वा भौतिक जडानबिनै चार्ज गर्न सक्ने प्रविधिको विकास गरेका छन् । उक्त कम्पनीले हालै सो प्रविधिको सफलतापूर्वक परीक्षण गरेको छ।
इन्डियानाको वेस्ट लाफायेटस्थित राजमार्गको करिब ४०० मिटर खण्डमा सो प्रविधि जडान गरेर परीक्षण गरिएको थियो। परीक्षणका क्रममा इलेक्ट्रिक सेमी ट्रकले लगभग १०४ किलोमिटर प्रतिघण्टाको गतिमा यात्रा गर्दा पनि निरन्तर रूपमा चार्ज हुन सफल भयो । सो प्रणालीमार्फत ट्रकमा १९० किलोवाट बराबरको चार्जिङ पावर स्थानान्तरण गरिएको थियो, जुन अहिलेसम्मको कुनै पनि वायरलेस चार्जिङ प्रणालीका लागि अत्यन्तै ठूलो उपलब्धि मानिन्छ।
सो प्रविधि मोबाइल फोनमा प्रयोग हुने वायरलेस चार्जिङ अवधारणासँग मिल्दोजुल्दो भए पनि धेरै ठूलो स्तरमा काम गर्छ। सडकको मुनि विशेष ट्रान्समिटर क्वाइल जडान गरिन्छ भने ट्रकको फ्रेम मुनि रिसीभर क्वाइल राखिन्छ । जब ट्रक त्यस सडक माथि गुड्छ, सडक मुनिको क्वाइलले विद्युत् ऊर्जा ट्रकको रिसीभरमा पठाउँछ र ब्याट्री चार्ज हुन्छ। यस प्रक्रियामा ट्रक र सडकबीच कुनै पनि प्रत्यक्ष तारको आवश्यकता पर्दैन।
सो प्रविधिले इलेक्ट्रिक सवारी साधनका लागि रेन्जको कुनै चिन्ता लिनु पर्दैन । अब चालकले लामो यात्राका क्रममा ब्याट्री सकिएर सवारी रोक्नुपर्ने डर लिनु नपर्ने भएको छ । साथै, इलेक्ट्रिक सवारी साधनमा ठूलो क्षमताका ब्याट्री भन्दा साना ब्याट्री प्रयोग गर्न सकिनेछ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...