टोयोटा विजय उत्सवमा एक्सचेन्जदेखि बीमासम्मको सुविधा, कोरोला क्रस हाइब्रिडमा बम्पर छुट
काठमाडौं – नेपालका लागि टोयोटाको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स...
काठमाडौं – नेपालका लागि टोयोटाको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेन्टले १७औं टोयोटा ड्रिम कार आर्ट कन्टेस्ट सम्पन्न गरेको छ । युनाईटेड ट्रेडर्स सिन्डिकेट प्रालिले भोईथ कम्प्लेक्समा आयोजित कार्यक्रमका बीच विजेताको घोषणा गर्दै उनीहरूलाई पुरस्कार र प्रमाणपत्र सहित सम्मान गरेको हो ।
टोयोटा ड्रिम कार आर्ट कन्टेस्ट गत डिसेम्बर २०२३ देखि फेब्रुअरी २०२४ सम्म सञ्चालन भएको थियो। देशभरका करिब ८ सय सहभागीहरु मध्ये प्रत्येक इन्ट्री क्याटागोरीबाट ३ जना विजेता घोषणा गरिएको छ । विजेताहरुले आगामी दिनमा जापानमा हुने प्रतियोगितामा नेपालको तर्फबाट सहभागिता जनाउने छन् ।
क्याटागोरी १ अन्तर्गत ७ वर्ष वा सो भन्दा मुनिको उमेर समूहमा इज्यान खान मलिक, एरिका अधिकारी र साहित्य अयेरले क्रमशः पहिलो, दोस्रो र तेस्रो स्थान हासिल गरे ।
त्यसैगरी क्याटागोरी २ अन्तर्गत ८ देखि ११ वर्ष उमेर समूहमा जिनिशा जेन, रय्य सिंह महर्जन र आर्याव जोशीले क्रमशः पहिलो, दोस्रो र तेस्रो स्थान हासिल गरे ।
क्याटागोरी ३ अन्तर्गत १२ देखि १५ वर्ष उमेर समूहमा ओंजाला महर्जन, जेनिशा थापा र जुनिया राईले क्रमशः पहिलो, दोस्रो र तेस्रो स्थान हासिल गरे ।
विजेताहरुलाई प्रमाणपत्रका साथै कितावकलम, नयूमा, हयूमन फिट क्राफ्ट, एसआरबी ह्यान्डिक्राफ्ट, ह्यान्डिक्राफ्ट, थ्रेड आर्ट र फ्लावर हबको तर्फबाट पुरस्कृत गरिएको थियो ।
प्रतियोगितामार्फत विश्वभरका बालबालिकाहरुलाई आफ्नो ड्रिम कार ड्रइङ गरेर भविष्यको मोबिलिटी वारेमा आफ्नो धारणा सार्वजनिक गर्ने अवसर प्रदान गरिन्छ । भविष्यका इन्भेन्टर्स, थिंकर्स र ड्रिमर्स बालबालिकाहरुको प्रतिभालाई प्रस्फुटन गर्न यसले सहयोग पु–याउने टोयोटाले अपेक्षा गरेको बताएको छ ।
सन् २००४ देखि टोयोटाले आफनो सामाजिक उत्तरदायित्व अन्तर्गत यस प्रकारको प्रतियोगिता आयोजना गर्दै आएको छ । गत वर्ष मात्र विश्वभरका ९० देशका ७ लाख ८० हजार बालबालिकाहरु यस्तै प्रतियोगितामा सहभागिता जनाएका थिए ।
काठमाडौं – नेपालका लागि टोयोटाको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स...
विश्व अटो उद्योग अहिले एक ऐतिहासिक मोडमा पुगेको छ । दशकौँदेखि चीन र...
टोयोटाले अर्बन क्रुजर ईभीको उत्पादन संस्करण सार्वजनिक गरेको छ । नयाँ...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...