पेट्रोलियम पदार्थको मूल्य यथावत, १५ दिनमा निगमको घाटा १ अर्ब ६२ करोड

काठमाडौँ -नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य यथावत राखेको छ। 

निगमले प्रेस विज्ञप्ति जारी गर्दै हालको स्थितिमा पाक्षिक (१५ दिन) रुपमा रु. १ अर्ब ६२ करोड ७७ लाख घाटा हुने देखिए पनि साविककै मूल्य कायम गरिएको जनाएको हो ।

इण्डियन आयल कर्पोरेशन (आईओसी) बाट आइतबार नयाँ खरिद मूल्य प्राप्त भएको थियो। तर, चाडपर्व तथा आम उपभोक्ताको हितलाई मध्यनजर गर्दै निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले साविकको खुद्रा बिक्री मूल्यलाई नै यथावत राख्ने निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ।

निगमका अनुसार विगत केही महिनादेखि मध्यपूर्वमा जारी रहेको युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा उतारचढाव भइरहेको छ । सोही कारण आईओसीबाट प्राप्त मूल्यअनुसार स्वचालित मूल्य प्रणाली बमोजिम मूल्य समायोजन हुन नसकेको निगमले स्पष्ट पारेको छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...