९ बालबालिकाको चित्र टोयोटा ड्रिम कार आर्ट कन्टेस्टमा छनोट, जापान जाँदै

काठमाडौँ – नेपालका लागि टोयोटाको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेन्ट (यूटीएस) ले १७औं टोयोटा ड्रिम कार आर्ट कन्टेस्ट सम्पन्न गरेको छ । यूटीएसले यसका लागि नेपालबाट ९ जना बालबालिका छनोट गरेको र उनीहरुको नाम र चित्र सार्वजनिक गरेको छ ।

उनीहरुलाई जापानमा हुने विश्वस्तरको प्रतिस्पर्धाका लागि पठाइने छ । युनाइटेड ट्रेडर्स सिन्डिकेन्टले ७ वर्ष सम्म, ८ देखि ११ वर्ष सम्म र १२ देखि १५ वर्षसम्मका बालबालिकालाई विभिन्न तीन वर्गमा विभाजन गरी त्यसबाट समान ३/३ जना प्रतिस्पर्धाका लागि छनोट गरेको बताइएको छ ।

विश्वभर यस प्रकारको इभेन्ट भइरहेको र नेपालमा यूटीएसले सो इभेन्टको आयोजना गरेको हो । साना बालबालिकाहरुको पनि आफ्नो ड्रिम कार हुन्छ र त्यसको वारेमा राम्रो आर्ट तयार गर्ने प्रतियोगिता यसमा हुन्छ ।

१७औं टोयोटा ड्रिम कार आर्ट कन्टेस्टमा नेपालमा ८ सय बढी विद्यार्थीहरूले सहभागिता जनाएका थिए । यसले साना बालबालिकाहरूको लागि भविष्यको कार कस्तो हुनुपर्छ भन्ने कन्सेप्ट तयार पार्न सहज हुने यूटीएसका प्रतिनिधि प्रशान्त खत्रीले बताए ।

भविष्यका इन्भेन्टर्स, थिंकर्स र ड्रिमर्स बालबालिकाहरूको प्रतिभालाई प्रस्फुटन गर्न यसले सहयोग पु-याउने टोयोटाले अपेक्षा गरेको बताएको छ ।

सन् २००४ देखि टोयोटाले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत यस प्रकारको प्रतियोगिता आयोजना गर्दै आएको छ ।

सम्बन्धित समाचारहरू

वर्षको अन्तिम महिनामा लन्च हुने सूचीमा सामेल छन् यी एसयूभी

वर्षको अन्तिम महिनामा लन्च हुने सूचीमा सामेल छन् यी एसयूभी

२०२४ सकिनै लागेको छ तर नयाँ कारहरू लन्च गर्ने प्रक्रिया अझै रोकिएको छैन ।...

सोसल मिडियामा चर्चित छ टोक्यो ओलम्पिकमा बल ब्वाई बनेको टोयोटा ई–प्यालेट

सोसल मिडियामा चर्चित छ टोक्यो ओलम्पिकमा बल ब्वाई बनेको टोयोटा ई–प्यालेट

जापानमा हाल चलिरहेको टोक्यो ओलम्पिक २०२१ को अफिसियल स्पोन्सर टोयोटा रहेको...

टेस्ला मोडल वाईलाई पछि पार्दै टोयोटा र्याभ–४ बन्यो विश्वको सर्बाधिक बिक्री हुने कार

टेस्ला मोडल वाईलाई पछि पार्दै टोयोटा र्याभ–४ बन्यो विश्वको सर्बाधिक बिक्री हुने कार

टोयोटाको लोकप्रिय एसयुभी र्याभ–४ विश्वमा सर्बाधिक बिक्री हुने कार बनेको छ...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...