मर्सिडिजले भारतमा उत्पादन ग-यो २ लाख युनिट कार
जर्मन अटो निर्माता मर्सिडिज बेन्जले भारतमा २ लाख युनिट कार उत्पादन गरेको छ...
अहिले धेरै मानिसहरूमा एउटा समान अनुभव देखिन्छ, घरमा सामान्य लागेको गीत कारभित्र भने निकै स्पष्ट र आकर्षक सुनिन्छ। महँगो घरेलु साउन्ड सिस्टम हुँदा हुँदै पनि कारमा संगीत सुन्न रुचाउनेहरूको संख्या बढ्दो छ। यो केवल संयोग होइन, यसको पछाडि कारको डिजाइन, इन्जिनियरिङ र आधुनिक प्रविधिको महत्वपूर्ण भूमिका रहेको तथ्य सार्वजनिक भएको छ।
रिपोर्टका अनुसार घर र कार्यालय मुख्यतः बस्न र काम गर्नका लागि डिजाइन गरिएका हुन्छन्, जहाँ साउन्ड म्यानेजमेन्टलाई प्राथमिकता दिइँदैन। कोठाभित्र रहेका कुर्सी, टेबल, दराज र खाली भित्ताहरूले साउन्ड परावर्तन गरी विकृति उत्पन्न गर्न सक्छ । तर कारको भित्री भाग भने साउन्ड गुणस्तरलाई ध्यानमा राखेर तयार गरिन्छ । इन्जिनियरले स्पिकरको दिशा, सिटको संरचना र ड्यासबोर्डको डिजाइनलाई यसरी मिलाउँछन् कि साउन्ड स्पष्ट र सन्तुलित रूपमा सुनियोस्।
कारमा स्पिकरको स्थान निर्धारण पनि अत्यन्तै वैज्ञानिक ढङ्गले गरिन्छ। घरमा प्रायः उपलब्ध स्थान अनुसार स्पिकर राखिन्छ भने कारमा चालक र यात्रु कहाँ बस्छन् भन्ने आधारमा स्पिकरहरू फरक–फरक कोणमा जडान गरिन्छ। यसले साउन्ड सिधै कानसम्म सही समयमा पुग्ने बनाउँछ र चारैतिरबाट आएको जस्तो अनुभव दिलाउँछ।
साथै, कारको क्याबिनले बाहिरी आवाजलाई धेरै हदसम्म रोक्ने काम गर्छ। सडकको आवाज, हावा र अन्य बाह्य साउन्ड कम सुनिने भएकाले म्युजिक अझ स्पष्ट र सुक्ष्म रूपमा महसुस गर्न सकिन्छ। कारभित्रको यो शान्त वातावरणले साना–साना साउन्डलाई समेत स्पष्ट रूपमा प्रस्तुत गर्छ।
आधुनिक कारमा प्रयोग हुने सफ्टवेयर र प्रविधिले पनि साउन्डको गुणस्तरलाई अझ राम्रो बनाइएको हुन्छ। कारमा इक्वलाइजेशनलाई कारको डिजाइन अनुसार पहिले नै मिलाइएको हुन्छ । त्यस्तै डल्बी एटमस जस्तो उन्नत प्रविधि प्रयोग गर्दा कारभित्रको म्युजिक अनुभव अझ जीवन्त हुन्छ।
कारको सानो तर राम्रोसँग डिजाइन गरिएको क्याबिन, स्पिकरको सही स्थान, बाहिरी आवाजको नियन्त्रण र उन्नत प्रविधिको संयोजनले गर्दा कारभित्र म्युजिक सुन्ने अनुभव घरको तुलनामा अझ उत्कृष्ट बन्ने गरेको निष्कर्ष निकालिएको छ।
जर्मन अटो निर्माता मर्सिडिज बेन्जले भारतमा २ लाख युनिट कार उत्पादन गरेको छ...
दैनिक आवतजावतका लागि स्कुटर आजका दिनमा सबैभन्दा सहज र किफायती साधन बनेको...
रातिको समयमा गाडी चलाउँदा स्पष्ट दृश्यता हुनु सुरक्षाको सबैभन्दा...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...