वीरगञ्ज नाकाबाट आयात हुने विद्युतीय सवारीसाधनमा शतप्रतिशत बृद्धि
पर्सा–चालु आर्थिक वर्षको नौ महिनामा वीरगञ्ज नाका हुँदै दुई अर्ब ९८ करोड...
नेपाली बजारका लागि लामो समयदेखी प्रतिक्षा गरिँदै आएको वुलिङ एयर इभीको हिँजोबाट विक्री शुरु भएको छ । चीनमा सर्बाधिक विक्री हुने यो मिनी इलेक्ट्रिक कार सिटी ड्राइभका लागी चर्चित रहँदै आएको छ । इन्डोनिशियामा एसएआइसी र जनरल मोटर्ससंगको सहकार्यमा उत्पादन भएको यो सानो कारलाई वज्र ग्रुप अन्तर्गतको इभी नेपाल मोटर्सले नेपाल ल्याएको हो ।
नेपाली बजारमा इभीको माग बढिरहेको सन्दर्भमा भित्रिएको यो कारले सस्तो मूल्यमा सानो सिटी कार चाहने ग्राहकलाई आकर्षित गर्ने देखिन्छ । २०० र ३०० किलोमिटर रेन्ज दावी गरिएको यसको मूल्य क्रमश २४ लाख ९९ हजार र ३० लाख ९९ हजार रुपैयाँ निर्धारण गरिएको छ ।
दुई फरक व्याट्री साइजमा उपलब्ध यसको सर्ट रेन्ज भेरिएन्टमा १७.३ किलोवाट अवारको व्याट्री र ३० किलोवाट क्षमताको मोटर जडान गरिएको छ भने अर्को लङ रेन्जमा २६.७ किलोवाट आवरको व्याट्री तथा ३० किलोवाटकै मोटर जडित छ ।
आकार सानो भएपनि यसले दिने भनिएको रेन्जका आधारमा यो एउटा पर्फेक्ट सिटी कार वन्ने देखिएको छ । चीन र इन्डोनेशियामा पनि यो कार रेन्जकै कारण लोकप्रिय वन्न सफल भएको हो । जुन नेपाली इभी पारखीका लागी समेत एउटा राम्रो दृष्टान्त वन्नसक्छ ।
नेपालमा इभी खरिद गर्न चाहने ग्राहकले रेन्ज र मूल्यमा सवैभन्दा बढी चासो व्याक्त गर्दै आइरहेका छन् । जसलाई वुलिङको यो कारले सहजै संवोधन गर्न सक्ने अधार देखिएको छ । अर्कोतर्फ चार्जिङ पूर्वाधार, बिक्री पछिको सेवा र सहज उपलब्धतामा भने कम्पनीले भोलिका दिनमा कस्तो रणनिती अगाल्ने हो भन्ने सवालहरु प्रतिक्षाकै विषय वन्नेछन् ।
नेपालमा यसअघि पनि विभिन्न व्रान्डका मिनी इभीहरु आएपनि ती इभीको अन्तराष्ट्रिय बजारमा खासै राम्रो एक्स्पोजर नभएका कारण बजार लिन संघर्ष गरिरहनु परेको छ । यस्तोमा एयर इभीको अन्तारष्ट्रिय बजारमै राम्रो साख रहेका कारण उसलाई व्रान्डिङको मामलमा सहज हुने अनुमान गर्न सकिन्छ ।
व्रान्ड, रेन्ज र मूल्य यी तीनवटै पक्षमा अव्वल सावित भएरपनि यो कारले नेपाली ग्राहकको मनोविज्ञानलाई कसरी क्यास गर्छ भन्ने विषय आगामी दिनमा यसले दिने पर्फमेन्सले नै निर्धारण गर्नेछ । सिटी कार भएका कारण यसले ग्राहकको ठूलो आकांक्षालाई भने पूर्ण रुपमा सम्वोधन नगर्ने लगभग पक्कापक्कि जस्तै देखिन्छ । यसमा पनि यदि ग्राहकले यसलाई सिटी कारकै रुपमा हेरिदिएर सोही अनुुसारको अपेक्षा गरिदिएको खण्डमा सहज फिल हुनेछ ।
नेपालमा यसलाई ग्राहकले आफ्नो सेकेन्ड कारका रुपमा लिने संभावना प्रवल देखिन्छ । पहिले नै आफूसंग अर्को कम्वस्चन कार छ भने एउटा इभी पनि थपौ भन्ने ग्राहकका लागी एयर इभी उत्तम विकल्प वन्नेछ । जसलाई यस्ता ग्राहकले सिटी भित्रको छोटो दुरीमा सहजताका साथ चलाउन सक्नेछन् ।
अर्कोतर्फ इभी खरिद गर्न चाहना राख्ने तर धेरै मुल्य तिर्न नसक्नेहरुका लागी पनि यो एक राम्रो विकल्प वन्नेछ । जसमा वैंक तथा वित्तिय संस्थाले इभीमा प्रवाह गर्ने सहज कर्जाले पनि साथ दिनेनै छ । शूरुमा २० प्रतिशत रकम डाउनपेमन्ट गरेर मासिक २२ हजार हराहारी किस्ता तिर्नसक्ने ग्राहकका लागी यो कार राम्रो विकल्प वन्नेछ ।
यो कार खरिद गर्नसक्ने संभावित ग्राहक ति पनि हुन् जो आफ्नो पहिलो कार इभी नै होस तर मूल्य कम परोस भन्ने चाहन्छन् । यस्ता ग्राहकले यसलाई इन्ट्रि लेवल इभीका रुपमा खरिद गर्ने संभावना प्रवल देखिन्छ ।
पर्सा–चालु आर्थिक वर्षको नौ महिनामा वीरगञ्ज नाका हुँदै दुई अर्ब ९८ करोड...
काठमाडौं – निम्बस इन्टरनेसनल कम्पनीले नेपाली बजारमा लेक्ट्रो ई–साइकल...
काठमाडौं – तपाईलाई कम मूल्यको ईभी किन्ने विचार छ, तर यसका लागि आवश्यक रकम...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...