गाडी र मोटरसाइकलको आयात प्रतिबन्ध अब के होला ?

काठमाडौं – सरकारले विदेशी मुद्राको सञ्चिति घट्दै गएपछि ‘विलासिता’ का १० वस्तु आयातमा चार महिनाअघि लगाएको प्रतिबन्धको म्याद सकिएको छ । अहिले सम्म यो म्याद बढाउने वा नबढाउने वारेमा सरकारले कुनै सूचना सार्वजनिक गरेको छैन ।

विदेशी मुद्रा सञ्चिति घटेर भुक्तानी सन्तुलनमा चाप परेपछि सरकारले गत वैशाख १३ मा १० वस्तुको आयातमा बन्देज लगाउने निर्णय गरेको थियो । असार ३१ मा राजपत्रमा अर्को सूचना प्रकाशित गर्दै त्यसलाई भदौ १४ सम्म निरन्तरता दिइएको थियो । राष्ट्र बैंकका अनुसार विदेशी मुद्राको सञ्चितिमा सामान्य सुधार भएको छ । गत जेठको तुलनामा असारमा विदेशी मुद्रा सञ्चिति करिब ३९ अर्ब बढेको छ ।

०७८ असार मसान्तमा १३ खर्ब ९९ अर्ब ३ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १३.१ प्रतिशतले कमी आई ०७९ असार मसान्तमा १२ खर्ब १५ अर्ब ८० करोड रुपैयाँ कायम भएको छ । तर आयातमा लगाइएको बन्देजका कारण विदेशी विनिमय सञ्चितिमा क्रमिक सुधार भने देखिन्छ । गत जेठसम्म विदेशी विनिमय सञ्चिति ११ खर्ब ७६ अर्ब ८४ करोड थियो । तर असारमा यस्तो सञ्चिति ३८ अर्ब ९६ करोड रुपैयाँ थपिएको हो ।

बन्देज भए पनि साउनमा १६ करोड ८६ लाखको जिप, कार र भ्यान आयात भएको छ । त्यस्तै, १८ करोड २४ लाख बराबरको १५० सीसीमाथिका मोटरसाइकल आयात भएका छन् । गत वर्षको साउनमा १२ अर्ब ५९ करोडका जिप, कार र भ्यान तथा ५ अर्ब ८१ करोड ८२ लाख रुपैयाँका १५० सीसी माथिका मोटरसाइकल आयात भएका थिए ।

सरकारले गत बैशाख १४ गते देखि असार मसान्त सम्मका लागि भनेर २५० सीसी भन्दा माथिका मोटरसाइकल र जिप, कार, भ्यान लगायतका सवारी साधन आयातमा प्रतिबन्ध लगाएकोमा असार मसान्त पश्चात त्यसलाई भदौ १४ सम्मका लागि समय सीमा बढाएको थियो । पहिले २५० सीसी माथिका मोटरसाइकल आयात गर्न नपाइने भएकोमा पछि १५० सीसी माथिका मोटरसाइकल समेत आयात गर्न नपाइने नियम बनाइएको थियो ।

अटोमोबाइल व्यवसायीहरुले केही समयका लागि भनेर सरकारको यो कदमलाई समर्थन गरेका थिए । उनीहरुले केही समय पश्चात प्रतिबन्ध हट्ने आशा गरेका थिए । उनीहरुले यसका लागि प्रधानमन्त्री शेरबहादुर देउवा र अन्य विभिन्न सरोकारवाला पक्षसँग यसका वारेमा माग गर्दै आएका छन् ।

सम्बन्धित समाचारहरू

नाडाले बाेलायाे वार्षिक साधारण सभा, महासंघमा लैजाने प्रस्ताव

नाडाले बाेलायाे वार्षिक साधारण सभा, महासंघमा लैजाने प्रस्ताव

काठमाडौं – नाडा अटोमोबाइल्स एसाेसिएसन अफ नेपालले आफ्नो ४९औँ वार्षिक...

सरकार र राष्ट्र बैंकको निती विरुद्ध बिराटनगरका अटो व्यवसायी आन्दोलित

सरकार र राष्ट्र बैंकको निती विरुद्ध बिराटनगरका अटो व्यवसायी आन्दोलित

नाडाको संस्थागत सदस्य मोरङ अटोमोबाइल्स डिलर्स एशोसिएशन, प्रदेश नं. १ ले...

भन्सार निर्देशिका लगायतका विभिन्न विषयमा महानिर्देशक र नाडा प्रतिनिधि बीच छलफल

भन्सार निर्देशिका लगायतका विभिन्न विषयमा महानिर्देशक र नाडा प्रतिनिधि बीच छलफल

काठमाडौं – अटोमोबाइल व्यवसायीहरुको संगठन नाडा अटोमोबाइल्स एसोसिएसन अफ...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...