सिट्रोन ई–सी३ : मिड रेन्ज कम्प्याक्ट एसयूभीमा राम्रो विकल्प बन्दै
फ्रेन्च कार निर्माता सिट्रोनले भारतमा बनेको आफ्नो नयाँ इलेक्ट्रिक मोडल...
आर्थिक वर्ष २०७६/७७ मा तत्कालीन अर्थमन्त्री युवराज खतिवडाले ईभी आयातमा लाग्दै आएको भन्सार र अन्तः शुल्कलाई अन्धाधुन्द वृद्धि गरे । उनले एकैपटक इलेक्ट्रिक कारको भन्सार वृद्धि गरेर ८० प्रतिशतसम्म पु-याएका थिए भने अन्तःशुल्क समेत सवारीसाधनको क्षमता अनुसार ३० देखि ६० प्रतिशतसम्म पु-यादिए । जबकी त्यसअघि सबै क्षमताका इलेक्ट्रिक कारको आयातमा १० प्रतिशत भन्सार, ५ प्रतिशत सडक दस्तुर र १३ प्रतिशत मूल्य अभिवृद्धि कर लाग्दै आएको थियो ।
खतिवडाले वृद्धि गरेको करको दायरालाई विष्णु पौडेल अर्थमन्त्री वनेपछि उनले अध्यादेश मार्फत आएको बजेटमा करको दायरालाई पुरानै अवस्थामा फर्काइदिए । यतिमात्र नभएर उनले २०८८ सालसम्म विद्युतीय गाडीको पूर्ण प्रयोग गर्ने घोषणा समेत गरे । सोही बजेटमा उनले विद्युतीय गाडीको प्लान्ट नेपालमै लगाउन पहल गर्ने, चार्जिङ पूर्वाधार विस्तार गर्ने र साझा यातायातमार्फत उपत्यकामा १०० इलेक्ट्रिक बस गुडाउने घोषणा समेत गरे ।
पौडेलले चालेको सो कदमलाई जनस्तरबाटै स्वागत गरिँदै आएकोमा उनीपछि आएका अर्का अर्थमन्त्री जनार्दन शर्माले चालु आर्थिक वर्ष २०७९÷८० को बजेटमार्फत १०० किलोवाट माथिको मोटर जडित इलेक्ट्रिक कारको आयातमा भारी मात्राले कर वृद्धि गरिदिए । बजेटमा उनले १०० देखि २०० किलोवाट मोटर क्षमतासम्मका गाडीमा ३० प्रतिशत भन्सार र ३० प्रतिशत नै अन्तःशुल्क लाग्ने नयाँ नियम ल्याइदिए । १०० किलोवाट क्षमतासम्ममा भने उनले कुनै फेरवदल गरेनन् ।
यसैगरी २०१ देखि ३०० किलोवाट क्षमतासम्मका गाडीमा ४५ प्रतिशत भन्सार र ४५ प्रतिशत नै अन्तःशुल्क एवं ३०१ भन्दा बढी क्षमताको मोटर जडित कारमा ६० प्रतिशत भन्सार र ६० प्रतिशत नै अन्तःशुल्क लाग्ने व्यवस्था गरिदिए । उक्त व्यवस्थाले उच्च क्षमतायुक्त यस्ता कारको बिक्री प्रभावित बनिरहेको छ भने १०० किलोवाट मुनिका कारको बजार भने तीव्र गतिले विस्तार भैरहेको छ । शर्माले पेश गरेको बजेटका कारण १०० किलोवाट माथिको एउटै गाडीमा ४५ लाख रुपैयाँसम्मले मूल्य वृद्धि भएपछि केही ब्रान्डले सो सेग्मेन्टका गाडी आयात नै बन्द गरे ।
आर्थिक वर्ष २०८०/८१ का लागि बजेट निर्माण गर्न अहिले अर्थमन्त्री डा. प्रकाश शरण महत जुटिरहेका छन् । गम्भीर मोडमा पुगेको देशको अर्थतन्त्रलाई बचाउने गरी बजेट निर्माण गर्न उनीमाथि चुनौती थप भएको छ । ३० वर्षपछि पहिलोपटक यो आर्थिक वर्षमा लक्ष्यभन्दा निकै कम राजस्व संकलन भएका कारण राजस्व वृद्धिका दायराहरु बढाउनु पर्नेमा अर्थमन्त्री महत थप दवावमा छन् ।
लामो समयसम्म आयातमाथि प्रतिबन्ध लागेका कारण यसअघि कुल राजस्वमा १५ प्रतिशत योगदान दिँदै आएको अटोमोबाइल क्षेत्रबाट एकदमै कम राजस्व संकलन भइरहेको छ । त्यसमाथि कम्वसन इन्जिनयुक्त सवारीसाधनमा २५० प्रतिशतसम्म कर असुल्दै आएको सरकारले ईभीमा सहुलियत दिन थालेपछि यस्ता साधनको आयातबाट राजस्वमा खासै योगदान हुन सकिरहेको छैन ।
यो आर्थिक वर्षको आयात तथ्यांकलाई हेर्दा साउनदेखि चैतसम्म आयात भएको ईभीको संख्याले कम्वसन इन्जिनयुक्त सवारीसाधनलाई पछि पारेको छ । बजारमा ईभीको माग बढिरहेका कारण अब आउने आर्थिक वर्षमा पनि सोही ट्रेन्डले निरन्तरता पाउने अर्थमन्त्री महतले पक्कै पनि हेक्का गरेकै होलान् । यस्तोमा उनले राजस्व बढाउनकै लागि यदि ईभीमा फेरि अन्धाधुन्द कर वृद्धि पो गरिदिने हुन् कि भन्ने आशंका समेत गर्न थालिएको छ ।
तर यसअघिका अर्थमन्त्री जनार्दन शर्माले करको दर हेरफेर गरैकै कारण उनी सडकदेखि संसदसम्मै आलोचित बन्नुपरेको विषयमा जानकार भएका कारण पनि महतले हालकै करको दरलाई निरन्तरता दिने अपेक्षा गर्न सकिन्छ ।
फ्रेन्च कार निर्माता सिट्रोनले भारतमा बनेको आफ्नो नयाँ इलेक्ट्रिक मोडल...
टोयोटाले आफ्नो नयाँ इलेक्ट्रिक एसयूभी अर्बन क्रुजर एबेला भारतीय बजारमा...
काठमाडौं–क्लासिक ह्विल्स एक्सपोर्ट एण्ड इम्पोर्ट प्रालिले नेपाल ल्याएको...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...