ईभीको प्रयोग प्रोत्साहन र प्रवर्द्धन गर्न र्‍याली सम्पन्र, १३ चार्जिङ स्टेसन निर्माण प्रक्रिया अगाडि बढ्दै

काठमाडौँ - नेपाल विद्युत् प्राधिकरणले देशभित्र उत्पादित स्वच्छ हरित ऊर्जाको यहीँ खपत बढाउनका लागि विद्युतीय सवारी साधनको प्रयोगलाई प्रोत्साहन र प्रवर्धन गर्न ¥याली आयोजना गरेको थियो ।

आफ्नो ३८औं वार्षिकोत्सवको अवसरमा प्राधिकरणले शनिबार विद्युतीय सवारी साधनको प्रयोग र प्रवर्धनका लागि जनचेतनामुलुक र्‍याली सम्पन्न गरेको हो । प्राधिकरणको प्रधान कार्यालय रत्पार्कंबाट सुरु भएको विद्युतीय सवारी साधनको र्‍याली माइतीघर, नयाँ बानेश्वर, तीनकुने, सिनामङ्गल, एयरपोर्ट, गौशाला, चावहिल, महाराजगञ्ज, लाजिम्पाट, लैनचौर, दरबारमार्ग हुँदै पुनः रत्नपार्कमा पुगी समापन गरिएको थियो ।

र्‍यालीको उद्घाटन गर्दै ऊर्जा, जलश्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले देशभित्र उत्पादित विद्युत्को खपत बढाउन र स्वच्छ वातावरणका लागि विद्युतीय सामाग्री तथा सवारी साधनको प्रयोगलाई प्रोत्साहन र प्रवर्धन गर्ने नीति सरकारको रहेको बताए । उनले पेट्रोलियम पदार्थको आयात कम गर्न विद्युतीय सवारी साधन र सामग्रीको प्रयोग बढाउनु पर्नेमा जोड दिए । कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरे, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, नाडा अटोमोबाइल्स एसोसिएसनका अफ नेपालका पदाधिकारीहरू, विद्युतीय सवारी साधनका प्रयोकर्ताहरुलगायतका उपस्थिति थियो ।

र्‍यालीमा मन्त्री बस्नेत, सचिव घिमिरे,प्राधिकरण सञ्चालक समितिका सदस्यहरू, कार्यकारी निर्देशकलगायत सहभागी थिए । प्राधिकरणले सहरी क्षेत्रका लागि विद्युतीय गाडि मात्र किन्ने नीति लिएको छ । पेट्रोल र डिजेलबाट चल्ने गाडीलाई समेत विद्युतीय बनाउने कार्यक्रम अगाडि बढाइएको छ । प्राधिकरणले विद्युत् खपत अझ बढाउन तथा विद्युतीय सवारी साधनलाई प्रोत्साहित गर्न देशभरका विभिन्न ठाउँमा ५१ वटा चार्जिङ स्टेसन निर्माण गरेको छ । थप १३ वटा निर्माण प्रक्रिया अगाडि बढाइएको छ ।

त्यस्तै, निजी क्षेत्रलाई प्रवद्र्धन गर्ने नीतिअनुरुप देशका विभिन्न ठाउंमा १ सयभन्दा बढी चार्जिङ स्टेसन जडान भइरहेका छन् । चार्जिङ स्टेसनको महशुसलमा विशेष सहुलियत प्रदान गरिएको छ । चार्जिङ स्टेसन रहने स्थानसम्म लाइन निःशुल्क निर्माण गरिदिने र २ सय केभिएसम्मको विद्युत् प्राधिकरणको ट्रान्सफर्मरबाट दिने व्यवस्था गरिएको छ । विद्युतीय सवारी साधनको प्रयोग पनि बढ्दै गएको छ ।

आर्थिक वर्ष २०७७\७८मा चार पाङग्रे सवारी साधन (कार, जिप) २४९ वटा आयात भएकोमा गत आर्थिक वर्षमा ४५७० वटा आयात भएको थियो । तीन वर्षमा आयात भएको सवारी विद्युतीय सवारी साधनको सङ्ख्या ६६२६ वटा रहेको छ । साथै, ६० वटा विद्युतीय बस आयात भएको छ । तीन वर्षमा ९७९० दुई पाङग्रे सवारी साधन आयात भएको छन् ।

सम्बन्धित समाचारहरू

नेपालका लागि हिड्यो अवतार ११, सीजी र एमएडब्लु ग्रुपले संयुक्त रुपमा बिक्री गर्ने

नेपालका लागि हिड्यो अवतार ११, सीजी र एमएडब्लु ग्रुपले संयुक्त रुपमा बिक्री गर्ने

काठमाडौं– सीजी मोटर्स र एमएडब्लु ग्रुपले संयुक्त रुपमा बिक्री गर्न लागेको...

विद्युतीय सवारी किन्नेलाई ७ वर्षका लागि ८.९९ प्रतिशत ब्याजदर

विद्युतीय सवारी किन्नेलाई ७ वर्षका लागि ८.९९ प्रतिशत ब्याजदर

काठमाडौं – एनएमबि बैंकले विद्युतीय सवारी साधन किन्न चाहने ग्राहकलाई ७...

नाडामा नामीको चर्चा : ३०० युनिट भन्दा बढी बुकिङ भएको दावी

नाडामा नामीको चर्चा : ३०० युनिट भन्दा बढी बुकिङ भएको दावी

काठमाडौंको भृकुटीमण्डपमा जारी नाडा अटो शो २०२४ मा इलेक्ट्रिक कारको विशेष...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...