१५० किलोमिटर सम्म रेन्ज दिने इजी गो व्राण्डका इलेक्ट्रिक वाइसाइकल

नेपाली बजारमा १५० किलोमिटरसम्म रेन्ज दिने वाइसाइकलको एसेम्वल हुँदै आइरहेको छ । विराटनगरस्थित भव्या इन्टरनेश्नलले जेनएक्स मोडलमा ५ भेरियन्टका यस्ता इलेक्ट्रिक वाइसाइकल एसेम्वल गरी विक्री वितरण गर्दै आइरहेको हो । यी वाइसाइकललाई काठमाडौंको भृकुटिमण्डपमा संचालन भइरहेको ईभी नेपाल एक्सपो २०२२ मा प्रदर्शनी गरिएको छ ।

कम्पनीले जेनएक्स मोडलमा इको, ३.० फ्याट टायर, डुअल, एलोई र फोल्ड भेरियन्टका वाइसाइकल एसेम्वल गर्दै आइरहेको छ । यी मध्ये जेनएक्स डुअल र एलोईले १५० किलोमिटरसम्म रेन्ज दिने कम्पनीको दावी छ । अन्य तीन भेरियन्टमा जेनेएक्स इको र ३.० फ्याट टायर ले ३० देखी ४० किलोमिटरसम्म र फोल्डले ५० देखी ६० किलोमिटरसम्म रेन्ज दिने कम्पनीको भनाई छ ।

१५० किलोमिटर रेन्ज दावी गरिएको जेनएक्स डुअल र एलोईमा ४८ भोल्ट २० एम्पियर आवरसम्मको डुअल लिथियम आयोन व्याट्री जडान गरिएको छ भने मोटर क्षमता २५० वाट रहेको छ । यसैगरी इको, ३.० फ्याट टायर र फोल्डमा पनि ४८ भोल्ट २० एम्पियर आवरसम्मको लिथियम आयोन व्याट्री जडान गरिएको छ भने मोटर क्षमता २५० वाट रहेको छ । यी तीन भेरियन्टमा भने सिंगल व्याट्री जडान गरिएको हो ।

यी वाइसाइकललाई २५ किलोमिटर प्रतिघन्टासम्मको गतिमा हाँक्न सकिन्छ । यसको लोड क्षमता १५० किलोग्रामसम्म रहेको छ । यीमध्ये इकोको मूल्य ८४ हजारसम्म, ३.० फ्याटको ९२ हजारसम्म, डुअलको १ लाख १५ हजार रुपैयाँसम्म, एलोईको १ लाख २२ हजारसम्म र फोल्डको १ लाख ४५ हजार रुपैयाँसम्म निर्धारण गरिएको छ ।

यी वाइसाइकलमा एड्जस्ट गर्न मिल्ने डुअल सिट र डुअल सस्पेन्सन, एलइडी डिस्प्ले, रिमोट सहितको चावी, चार्जिङ पोर्ट सहितको मोवाइल होल्डर र पेडल एसिस्ट सिस्टम लगायत फिचर उपलब्ध छन् ।

सम्बन्धित समाचारहरू

दुई पकेट फरेस्ट निर्माणका लागि बीवाईडीले ग-यो ५५० वृक्षरोपण

दुई पकेट फरेस्ट निर्माणका लागि बीवाईडीले ग-यो ५५० वृक्षरोपण

काठमाडौं – बीवाईडी अटोको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंक...

नयाँ पेट्रोल पम्प खोल्दा अब चार्जिङ स्टेसन पनि अनिवार्य

नयाँ पेट्रोल पम्प खोल्दा अब चार्जिङ स्टेसन पनि अनिवार्य

काठमाडौं – व्यवसायीले अब नयाँ पेट्रोल पम्प खोल्दा त्यसका साथमा चार्जिङ...

दिगो ग्रुपले ४ दिने अटो कार्निभल आयोजना गर्ने

दिगो ग्रुपले ४ दिने अटो कार्निभल आयोजना गर्ने

काठमाडौं– विद्युतिय सवारीसाधनको प्रबद्र्धनमा अग्रणी भूमिका खेल्दै आएको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...