१५० किलोमिटर सम्म रेन्ज दिने इजी गो व्राण्डका इलेक्ट्रिक वाइसाइकल

नेपाली बजारमा १५० किलोमिटरसम्म रेन्ज दिने वाइसाइकलको एसेम्वल हुँदै आइरहेको छ । विराटनगरस्थित भव्या इन्टरनेश्नलले जेनएक्स मोडलमा ५ भेरियन्टका यस्ता इलेक्ट्रिक वाइसाइकल एसेम्वल गरी विक्री वितरण गर्दै आइरहेको हो । यी वाइसाइकललाई काठमाडौंको भृकुटिमण्डपमा संचालन भइरहेको ईभी नेपाल एक्सपो २०२२ मा प्रदर्शनी गरिएको छ ।

कम्पनीले जेनएक्स मोडलमा इको, ३.० फ्याट टायर, डुअल, एलोई र फोल्ड भेरियन्टका वाइसाइकल एसेम्वल गर्दै आइरहेको छ । यी मध्ये जेनएक्स डुअल र एलोईले १५० किलोमिटरसम्म रेन्ज दिने कम्पनीको दावी छ । अन्य तीन भेरियन्टमा जेनेएक्स इको र ३.० फ्याट टायर ले ३० देखी ४० किलोमिटरसम्म र फोल्डले ५० देखी ६० किलोमिटरसम्म रेन्ज दिने कम्पनीको भनाई छ ।

१५० किलोमिटर रेन्ज दावी गरिएको जेनएक्स डुअल र एलोईमा ४८ भोल्ट २० एम्पियर आवरसम्मको डुअल लिथियम आयोन व्याट्री जडान गरिएको छ भने मोटर क्षमता २५० वाट रहेको छ । यसैगरी इको, ३.० फ्याट टायर र फोल्डमा पनि ४८ भोल्ट २० एम्पियर आवरसम्मको लिथियम आयोन व्याट्री जडान गरिएको छ भने मोटर क्षमता २५० वाट रहेको छ । यी तीन भेरियन्टमा भने सिंगल व्याट्री जडान गरिएको हो ।

यी वाइसाइकललाई २५ किलोमिटर प्रतिघन्टासम्मको गतिमा हाँक्न सकिन्छ । यसको लोड क्षमता १५० किलोग्रामसम्म रहेको छ । यीमध्ये इकोको मूल्य ८४ हजारसम्म, ३.० फ्याटको ९२ हजारसम्म, डुअलको १ लाख १५ हजार रुपैयाँसम्म, एलोईको १ लाख २२ हजारसम्म र फोल्डको १ लाख ४५ हजार रुपैयाँसम्म निर्धारण गरिएको छ ।

यी वाइसाइकलमा एड्जस्ट गर्न मिल्ने डुअल सिट र डुअल सस्पेन्सन, एलइडी डिस्प्ले, रिमोट सहितको चावी, चार्जिङ पोर्ट सहितको मोवाइल होल्डर र पेडल एसिस्ट सिस्टम लगायत फिचर उपलब्ध छन् ।

सम्बन्धित समाचारहरू

यस्तो हुन सक्छ १०० किलोवाट बढीका इलेक्ट्रिक कारको नयाँ मूल्य : एउटै कारको ७० लाख सम्म बढ्ने

यस्तो हुन सक्छ १०० किलोवाट बढीका इलेक्ट्रिक कारको नयाँ मूल्य : एउटै कारको ७० लाख सम्म बढ्ने

आगामी आर्थिक वर्षको बजेटमा सरकारले १ सय किलोवाट भन्दा बढी क्षमताको मोटर...

के नाडा अटो शोको विकल्प वन्न सक्छ ईभी शो ?

के नाडा अटो शोको विकल्प वन्न सक्छ ईभी शो ?

नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालले हरेक वर्ष आयोजना गर्दै आइरहेको अटो शो...

मध्यपूर्व द्वन्द्वले चिनियाँ अटो निर्यातमा बाधा, दुबईमार्फत हुने निर्यातमा ठूलो धक्का

मध्यपूर्व द्वन्द्वले चिनियाँ अटो निर्यातमा बाधा, दुबईमार्फत हुने निर्यातमा ठूलो धक्का

मध्यपूर्वमा द्वन्द्व तिव्र हुँदै जाँदा चिनियाँ अटोमेकरहरूले आफ्नो...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...