२५ लाख इम्बोस्ड नम्बर प्लेट जडानको लक्ष्य, तर हालसम्म ५९ हजार ६५८ मात्र जडान
काठमाडौं – सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान कार्य निकै सुस्त गतिमा...
आजकल नयाँ कारमा ड्राइभिङको लागि सुरक्षित, सजिलो र आरामदायी बनाउन स्मार्ट प्रविधिले सुसज्जित हुने गरेको छ । विशेष गरी एडास, कनेक्टेड कार टेक्नोलोजी र अटोमेटिक ड्राइभिङ जस्ता सुविधाले कार ड्राइभिङमा अझ सहज बनाएको छ ।
एडास एउटा यस्तो प्रविधि हो जसले चालकलाई सहयोग गर्छ र सडकमा हुने दुर्घटना कम गर्न मद्दत गर्छ। यसमा धेरै सेफ्टी फिचर समावेश हुन्छ ।
लेन डिपार्चर वार्निङ : यदि कार गल्तिले आफ्नो लेनबाट बाहिर निस्कन थाल्यो भने सिस्टमले चालकलाई सचेत गराउँछ।
लेन किप असिस्ट : कार आफैले स्वचालित रूपमा स्टेयरिङ नियन्त्रण गर्छ र लेनमा रहन मद्दत गर्छ।
एडप्टिभ क्रुज कन्टोल : यो सिस्टमले अगाडिको गाडी अनुसार कारको गति एडजस्ट गर्छ।
अटोमेटिक इमर्जेन्सी ब्रेकिङ: यदि कारको अगाडि अचानक कोही आएमा कारले अटोमेटिक ब्रेक लगाउन सक्छ।
ब्लाइन्ड स्पट डिटेक्शन: साइड मिररमा नदेखिने सवारी साधन पत्ता लगाउँछ र चालकलाई सचेत गराउँछ।
भारतमा महिन्द्रा एक्सयूभी७००, एमजी एस्टर, टाटा ह्यारियर र सफारी जस्ता एसयूभीमा एडास फिचर उपलब्ध छ।
कारमा पनि स्मार्टफोनमा जस्तै इन्टरनेट जोडिन थालेको छ । कनेक्टेड कार टेक्नोलोजीको सहयोगबाट मोबाइलबाटै कार नियन्त्रण गर्न सकिन्छ ।
रिमोट कन्ट्रोल: मोबाइल एप मार्फत कार लक/अनलक गर्न र एसी अन गर्न सकिन्छ ।
नेभिगेसन: प्रत्यक्ष ट्राफिक अपडेट सहित रुट म्यापिङ ।
कारको अवस्थाको जानकारी: ब्याट्री, टायरको चाप, इन्धन स्तर जस्ता जानकारी एपमा उपलब्ध हुन्छ।
एन्टि थेफ्ट अलर्ट: चोरी भएमा तुरुन्त सूचना प्राप्त गर्न सकिन्छ ।
भ्वाइस कमान्ड: कारलाई एलेक्सा र गुगल सहायक प्रयोग गरेर नियन्त्रण गर्न सकिन्छ।
अटोमेटिक ड्राइभिङ
अटोमेटिक ड्राइभिङ कारमा ड्राइभर बिना कार आफै चलाउन सक्षम हुन्छ ।
लेभल १: क्रूज कन्ट्रवल, लेन असिस्ट जस्ता आधारभूत सुविधाले सुसम्पन्न हुन्छ ।
लेभल २: एडास जस्ता फिचर समावेश हुन्छ ।
लेभल ३: कार निश्चित परिस्थितिमा आफै चल्छ।
लेभल ४-५: पूर्ण रूपमा अटोमेटिक कारहरू
काठमाडौं – सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान कार्य निकै सुस्त गतिमा...
कार चालकलाई कारसँग सम्बन्धित महत्त्वपूर्ण जानकारी पनि हुनुपर्छ, अन्यथा...
सामान्यतया कारमा हुने एचपी, बीएचपी र पीएस भनेको के हो ? वास्तवमा बैज्ञानिक...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...