आधा क्लच थिचेर बाइक चलाउँदा के हुन्छ ?

बाइक चलाउँदा हामी प्रायः जानी नजानी साना ठुला गल्तीहरु गरिरहेका हुन्छौं, जसले बाइकलाई धेरै नोक्सानी पुर्‍याइरहेका हुन्छौं । यस्ता गल्तीका कारण बाइकको धेरै पार्ट्स समयअघि नै बिग्रन थाल्छ ।

बाइक चलाउँदा आधा क्लच थिचेर बाइक चलाउने बानी छ भने यसलाई तुरुन्तै हटाउनु होस् । आधा क्लच थिचेर बाइक चलाउनु सामान्य जस्तो लागे पनि यस्‍तो बानीले बाइकको क्लच प्लेट र इन्जिन समय भन्दा पहिले बिग्रन थाल्छ ।

क्लचको मुख्य काम गियरमा कुनै अवरोध बिना इन्जिनमा गियरबक्सको जडान विच्छेद गर्नु हो । बाइकमा क्लचलाई दबाउँदा गियरमा इन्जिनको जडान काटिन्छ र कुनै समस्या बिना गियर परिवर्तन गर्न अनुमति दिन्छ ।

तर धेरैले गियर परिवर्तन गर्दा आधा क्लच थिचेर बाइक चलाएको हुन्छ । यद्यपि, यो तरिकाले क्लच प्लेटमा दबाब पर्छ र छिट्टै घिस्रिन्छ । यो बाहेक हाफ क्लचमा गियर परिवर्तन गर्दा इन्जिन र गियरबक्सबीच समन्वय हुँदैन, जसले बाइकको परफर्मेन्स र माइलेज पनि घटाउँछ ।

यदि क्लच प्लेट बिग्रियो भने त्यसलाई बदल्न बाइकको मोडलका आधारमा लागत बढ्न सक्छ । तर यदि बाइकलाई राम्ररी चलाएमा बाइकको क्लच प्लेट ४-५ वर्षसम्म टिक्छ ।

गियर परिवर्तन गर्दा क्लचलाई पुरा थिच्नु सबैभन्दा सुरक्षित उपाय हो  । यसले गियरबक्स र इन्जिन बीचको जडानलाई पूर्ण रूपमा काट्छ, गियर परिवर्तन गर्ने प्रक्रियालाई सहज बनाउँछ । आधा क्लच थिचेर बाइक चलाउने हो भने क्लच प्लेट विस्तारै घिस्रिन्छ र माइलेजमा पनि समस्या देखिन थाल्छ ।



सम्बन्धित समाचारहरू

मोटरसाइकलको सस्पेन्सन कहिले र कसरी बिग्रन्छ ? जान्नुहोस्

मोटरसाइकलको सस्पेन्सन कहिले र कसरी बिग्रन्छ ? जान्नुहोस्

मोटरसाइकल चलाउँदा धेरैले इन्जिन, माइलेज र स्पिडमा मात्र ध्यान दिन्छन्, तर...

एक्साइडले ल्यायो १५ महिना वारेन्टी भएका विद्युतीय रिक्सा ब्याट्री

एक्साइडले ल्यायो १५ महिना वारेन्टी भएका विद्युतीय रिक्सा ब्याट्री

काठमाडौं – एक्साइड ब्याट्रीको नेपालका लागि आधिकारिक वितरक सिप्रदी...

एक्साइड ब्याटमोबाइल सेवा पुग्यो ५० हजार ग्राहकसम्म

एक्साइड ब्याटमोबाइल सेवा पुग्यो ५० हजार ग्राहकसम्म

काठमाडौं – एक्साइड ब्याट्रीको रोड–असिस्ट्यान्स सेवा ‘एक्साइड...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...