स्पार्क प्लग हेरेर थाहा पाउन सकिन्छ इन्जिनको अवस्था, कुन संकेतले के भन्छ?
पेट्रोल इन्जिन भएका कार वा मोटरसाइकलमा स्पार्क प्लग निकै महत्वपूर्ण...
बाइक चलाउँदा हामी प्रायः जानी नजानी साना ठुला गल्तीहरु गरिरहेका हुन्छौं, जसले बाइकलाई धेरै नोक्सानी पुर्याइरहेका हुन्छौं । यस्ता गल्तीका कारण बाइकको धेरै पार्ट्स समयअघि नै बिग्रन थाल्छ ।
बाइक चलाउँदा आधा क्लच थिचेर बाइक चलाउने बानी छ भने यसलाई तुरुन्तै हटाउनु होस् । आधा क्लच थिचेर बाइक चलाउनु सामान्य जस्तो लागे पनि यस्तो बानीले बाइकको क्लच प्लेट र इन्जिन समय भन्दा पहिले बिग्रन थाल्छ ।
क्लचको मुख्य काम गियरमा कुनै अवरोध बिना इन्जिनमा गियरबक्सको जडान विच्छेद गर्नु हो । बाइकमा क्लचलाई दबाउँदा गियरमा इन्जिनको जडान काटिन्छ र कुनै समस्या बिना गियर परिवर्तन गर्न अनुमति दिन्छ ।
तर धेरैले गियर परिवर्तन गर्दा आधा क्लच थिचेर बाइक चलाएको हुन्छ । यद्यपि, यो तरिकाले क्लच प्लेटमा दबाब पर्छ र छिट्टै घिस्रिन्छ । यो बाहेक हाफ क्लचमा गियर परिवर्तन गर्दा इन्जिन र गियरबक्सबीच समन्वय हुँदैन, जसले बाइकको परफर्मेन्स र माइलेज पनि घटाउँछ ।
यदि क्लच प्लेट बिग्रियो भने त्यसलाई बदल्न बाइकको मोडलका आधारमा लागत बढ्न सक्छ । तर यदि बाइकलाई राम्ररी चलाएमा बाइकको क्लच प्लेट ४-५ वर्षसम्म टिक्छ ।
गियर परिवर्तन गर्दा क्लचलाई पुरा थिच्नु सबैभन्दा सुरक्षित उपाय हो । यसले गियरबक्स र इन्जिन बीचको जडानलाई पूर्ण रूपमा काट्छ, गियर परिवर्तन गर्ने प्रक्रियालाई सहज बनाउँछ । आधा क्लच थिचेर बाइक चलाउने हो भने क्लच प्लेट विस्तारै घिस्रिन्छ र माइलेजमा पनि समस्या देखिन थाल्छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...