श्रेष्ठ बने पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसनको अध्यक्ष

पोखरा – पोखरा क्षेत्रका अटोमोबाइल व्यवसायीहरुको संगठन पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसन (वाडा) अध्यक्षमा कृष्णप्रसाद श्रेष्ठ सर्वसम्मत रुपमा चयन भएका छन् ।

पोखरामा आज एसोसिएसनको १७औं साधारणसभा एवं नवौं अधिवेशनबाट अध्यक्षमा श्रेष्ठ चयन भएका हुन् । एसोसिएनको निवर्तमान अध्यक्ष मोहनबाबु खड्का छन् । त्यसैगरी एसोसिएसनको वरिष्ठ उपाध्यक्षमा राघव सिलवाल, उपाध्यक्षमा दीपेन्द्र कोइराला, महासचिवमा शिव श्रेष्ठ, कोषाध्यक्षमा निरन केसी र सचिवमा विनय थापा चयन भएका छन् ।

कार्यसमिति सदस्यमा दीपेन्द्र भण्डारी, छविलाल सुवेदी, अशोक चालिसे, महदत्त भट्टराई, हरिप्रसाद तिवारी, मनोज थापा, विष्णु गोयल, सन्ध्या पौडेल र नुरुज बाटाजू निर्वाचित भएका छन् ।

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष ध्रुवबहादुर थापाको प्रमुख आतिथ्यता तथा नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीको विशेष आतिथ्यतामा सम्पन्न साधारणसभाको अवसरमा संस्थाका अध्यक्ष मोहनबाबु खड्काले नाडाका निवर्तमान अध्यक्ष कृष्णप्रसाद दुलाल र अग्रज व्यवसायी वसन्त प्रधानलाई सम्मान गरेका थिए ।

सम्बन्धित समाचारहरू

१ सय ५० भन्दा बढी गाडी बुकिङ सहित वाडा अटो शो सम्पन्न, यी स्टल बने उत्कृष्ट

१ सय ५० भन्दा बढी गाडी बुकिङ सहित वाडा अटो शो सम्पन्न, यी स्टल बने उत्कृष्ट

पोखरा – पोखरामा आयोजना गरिएको वाडा अटो शो २०२५ सम्पन्न भएको छ । चैत १४ गते...

नाडाको अध्यक्षमा सुरेन्द्र उप्रेती निर्विरोध निर्बाचित, कुन–कुन व्यवसायमा आबद्ध छन् उनी ?

नाडाको अध्यक्षमा सुरेन्द्र उप्रेती निर्विरोध निर्बाचित, कुन–कुन व्यवसायमा आबद्ध छन् उनी ?

काठमाडौं–नाडा अटोमोबाइल एसोसिएसन अफ नेपाल (नाडा)को अध्यक्षमा सुरेन्द्र...

पोखरामा चल्दै औद्योगिक मेला, अटो स्टलमा आकर्षण

पोखरामा चल्दै औद्योगिक मेला, अटो स्टलमा आकर्षण

पोखरामा हाल ‘राष्ट्रिय औद्योगिक व्यापार मेला चलिरहेको छ । मंसिर २१ देखि...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...