सावधान ! गाडीमा पानीको बोतल राख्ने गर्नुभएको छ ? शरीरलाई विस्तारै विषाक्त बनाउन सक्छ

लामो समय सम्म गाडीमा पानीको बोतल राख्ने गर्नुभएको छ ? अवश्य पनि छ होला । त्यसो भए तपाईं अब सचेत बन्ने बेला आएको छ ।

चीनको नान्जिङ विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले गरेको एक अध्ययनमा प्लास्टिकका पानीका बोतलहरूलाई लगातार चार हप्ता सम्म १५८ डिग्री फारेनहाइट (७० डिग्री) उच्च तापक्रममा राख्दा यसले शरीरमा घातक असर पु¥याउने विवरण सार्वजनिक भएको छ ।

यस परीक्षणपछि अनुसन्धानकर्ताहरूले पोलिथिलिन टेरेफ्थालेट (पीईटी) बाट बनेका बोतलहरूबाट पानीमा एन्टीमोनी अर्थात विषालु भारी धातु र बिस्फेनोल मिसिएको पाए । एन्टीमोनीसँग लामो वा छोटो समयको सम्पर्कले टाउको दुख्ने, चक्कर लाग्ने, वाकवाकी र बान्ता हुने र पेट दुख्ने तथा निद्रा नै हराउने जस्ता समस्या निम्तिन सक्छ ।

लामो समय सम्म यस्तो पानीको प्रयोग गरेमा क्यान्सर हुने, प्रजनन क्षमतामा कमी हुने, अटिजम र मुटु तथा रक्तसञ्चार सम्बन्धी समस्या हुन सक्छ भने समयभन्दा अघि नै मृत्यु हुन सक्छ ।

तथ्यांक अनुसार, केवल २० मिनेटमा ८० फरेनहाइट तापक्रम भएको दिनमा गाडीभित्रको तापक्रम १०९ फरेनहाइट पुग्छ। ४० मिनेटमै यो ११८ फरेनहाइट पुग्छ, र १ घण्टापछि १२३ फरेनहाइटमा बढ्छ।

यस अनुसार गाडी भित्र हुने तातो वातावरणमा प्लास्टिक बोतल राख्दा, त्यसबाट हानिकारक रसायन पानीमा मिसिन सक्छ, जसले स्वास्थ्यमा गम्भीर असर पार्न सक्छ भन्ने निष्कर्ष निस्किएको छ ।

यो भन्दा पहिले सन् २०२३ मा क्यानडाको मन्ट्रियलस्थित म्याकगिल युनिभर्सिटीका अनुसन्धानकर्ताहरु र हालै इरानको जिरोफ्ट युनिभर्सिटी अफ मेडिकल साइन्सका अनुसन्धानकर्ताहरुले पनि यस्तो बोतलमा क्यान्सर र अन्य जिवाणु हुने पत्ता लगाएका थिए ।

यसबाट आगामी दिनमा यस्तो पानीको बारेमा जनचेतना जगाउने र त्यसै अनुसार विभिन्न कार्य गर्ने स्वास्थ्य विशेषज्ञहरुले तयारी गरिरहेका छन् ।

इन्टरनेसनल बोटल्ड वाटर एसोसिएसनका अनुसार अमेरिकीहरुले प्रत्येक वर्ष १५ अर्ब ग्यालन बोतलको पानी पिउँछन् । यस अनुसार प्रत्येक व्यक्तिले ४५ ग्यालन बोतल पानी पिउछन् ।

सम्बन्धित समाचारहरू

नयाँ वर्षमा घुमघामः कर्णालीमा कहाँ घुम्ने ?

नयाँ वर्षमा घुमघामः कर्णालीमा कहाँ घुम्ने ?

सुर्खेत । नयाँ वर्ष २०८२ भित्रिएको छ । नयाँ वर्षमा कतै नयाँ ठाउँमा घुम्ने...

बाइक रोक्दा पहिले कुन ब्रेक थिच्ने ? फ्रन्ट वा रियर ?

बाइक रोक्दा पहिले कुन ब्रेक थिच्ने ? फ्रन्ट वा रियर ?

मोटरसाइकलमा दुई ब्रेक हुन्छन् । यो मोटरसाइकलको एक अनौठो विशेषता हो ।...

२३ ल्याम्बोर्गिनी कि १० हजार जना ? भन्दै चर्चित युट्युबर मिस्टर बिस्टको टिम नेपालमा

२३ ल्याम्बोर्गिनी कि १० हजार जना ? भन्दै चर्चित युट्युबर मिस्टर बिस्टको टिम नेपालमा

विश्व चर्चित युट्युबर मिस्टर बिस्टकाे टिम नेपाल आइपुगेकाे छ । त्यसमा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...