भारतमा हालै सार्बजनिक भएका यी ४ कार, माग बढी भएका कारण नेपाल आउन ढिलाई हुने

भारतीय बजारमा हालै सार्बजनिक भएका ४ भिन्न ब्रान्डका बहुप्रतिक्षत कारहरु माग बमोजिम आपूर्ती हुन सकिरहेका छैनन् । जसका कारण यी गाडीलाई हात पार्न भारतमै १ बर्षसम्म कुर्नुपर्ने देखिएको छ । भारतीय बजारमै अभाब झेलिरहेको महिन्द्रा एक्सयुभी ७००, टाटा पन्च, एमजी एस्टर र मारुती सुजुकीको नयाँ जेनेरशेन सेलेरियो हात पार्न लामै समय कुर्नु पर्ने देखिएको हो ।

२ महिना अघि सार्बजनिक गरिएको महिन्द्रा एक्युभी ७०० हात पार्न भारतमै ग्राहकले १ बर्षसम्म कुर्नुपर्ने देखिएको छ । अत्याधिक माग भएको यो एसयुभीको बुकिङ अझैपनि ७५ हजार माथी रहेको छ । त्यसैगरी टाटा मोटर्सले २ महिना अघि लन्च गरेको माइक्रो एसयुभी पन्चको माग समेत अत्याधिक मात्रामा बढिरहेको छ । यो एसयुभी हात पार्न ग्राहकले ८ महिनासम्म कुर्नुपर्ने देखिएको छ ।

एमजी मोटर्सले लन्च गरेको एस्टर सब फोर मिटर एसयुभी एस्टर समेत अत्याधिक माग गरिएको एसयुभी हो । कम मूल्यमा फिचर्स लोडेड बिशेषताका कारण यो एसयुभीको माग बढिरहेको छ । २ महिना अघि लन्च गरिएको यो एसयुभी हात पार्न ग्राहकले ४ महिनासम्म कुर्नुपर्ने देखिएको छ ।

मारुती सुजुकीले अघिल्लो महिनामात्र लन्च गरेको नयाँ जेनेरेशन सेलेरियोको माग समेत अहिले उच्च गतिमा बढिरहेको छ । सबैभन्दा बढी माइलेज प्रदान गर्ने दाबी गरिएको यो ह्याचब्याकलाई हात पार्न ग्राहकले ३ महिनासम्म कुर्नुपर्ने देखिएको छ ।

भारतीय बजारमा हालसालै लन्च गरिएका यी कारको माग अन्तरिक बजरमै उच्च रहेका कारण नेपाल भित्रिन केही समय लाग्ने देखिन्छ । सोही कारण पनि हालसम्म नेपालस्थित आधिकारिक बिक्रेताहरुले यी कारलाई नेपाल भित्राउने मित तय गर्न सकिरहेका छैनन् ।

सम्बन्धित समाचारहरू

‘कस्टमर सेल्स स्याटिस्फेक्सन इन्डेक्स’मा एमजीले पछि पार्यो टोयोटा र हुन्डाइलाई

‘कस्टमर सेल्स स्याटिस्फेक्सन इन्डेक्स’मा एमजीले पछि पार्यो टोयोटा र हुन्डाइलाई

जेडी पावरले भारतामा अघिल्लो बर्षका लागी गरेको ‘कस्टमर सेल्स...

एमजीले देखायो नेक्स्ट जेन हेक्टरको क्याविन

एमजीले देखायो नेक्स्ट जेन हेक्टरको क्याविन

एमजीले निकट भविषयमै बजारमा आउने तयारी भैरहेको नेक्स्ट जेन हेक्टरको...

म्याक्ससका डबल क्याब पिकअप नेपालमा, यस्तो छ मूल्य र फिचर

म्याक्ससका डबल क्याब पिकअप नेपालमा, यस्तो छ मूल्य र फिचर

पारामाउन्ट मोटर्सले नेपाली बजारमा म्याक्सस ब्रान्डका दुई मोडलका पिकअप...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...