चैत्र १३ देखि १७ सम्म पोखरामा ‘वाडा अटो शो’आयोजना हुने, नाडाले सहयोग गर्ने

काठमाडौं–नाडाले आफनो संस्थागत सदस्य पश्चिमाञ्चल अटोमोवाइल डिलर्स एशोसिएशन (वाडा) का नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई स्वागत तथा सम्मान गरेको छ ।

आइतबार नाडाका अध्यक्ष करण चौधरीको प्रमुख आतिथ्यमा आयोजित सो भेटघाट तथा छलफल कार्यक्रममा वाडाका नव निर्वाचित अध्यक्ष दिपेन्द्र कोइरालाले पोखरामा पहिलो पटक वाडा अटो शो आयोजना गर्न नाडाका तर्फबाट आवश्यक सहयोगको लागि औपचारिक रुपमा आग्रह गरे । सो भेटघाट तथा छलफल कार्यक्रममा उक्त अटो शोको संम्भाव्यता र त्यसको मोडालिटिका सम्बन्धमा विस्तृत छलफल गरिएको नाडाले जनाएको छ ।

उक्त छलफलमा यही २०८१ चैत्र १३ देखि १७ सम्म पोखरामा वाडा अटो शो आयोजना गर्ने र त्यसका लागि तत्कालै सम्भाव्यता अध्ययन गरी त्यसको सर्वे रिर्पोटको आधारमा अन्य कार्यहरुलाई अघि बढाउने र नाडाले मूख्य सल्लाहकारको भूमिका निर्वाह गर्ने उल्लेख गरिएको छ ।

नाडाका महासचिव सुरेन्द्रकुमार उपे्रतीले सञ्चालन गरेको उक्त भेटघाट तथा छलफल कार्यक्रमलाई वरिष्ठ उपाध्यक्ष आकाश गोल्छाले धन्यवाद ज्ञापन गरेका थिए । कार्यक्रममा नाडा र वाडा दुबै संस्थाका पदाधिकारीहरुको समेत उपस्थिती रहेको थियो ।

नाडाले सन् १९९८ देखि नाडा अटो शो हरेक बर्ष काठमाडौंमा आयोजना गर्दे आएको छ भने अन्य प्रदेशहरुमा पनि अटो शो आयोजनाका लागि सम्भाव्यता अध्ययन गरिरहेको छ ।

सम्बन्धित समाचारहरू

यो वर्षको नाडा अटो शो भदौ ११ देखि १६ गते सम्म हुने, खुल्यो रजिष्ट्रेसन

यो वर्षको नाडा अटो शो भदौ ११ देखि १६ गते सम्म हुने, खुल्यो रजिष्ट्रेसन

काठमाडौं – यो वर्षको नाडा अटो शो आगामी भदौ ११ देखि १६ गते (अगस्त २७ देखि...

तीन वर्ष पश्चात नाडा अटो शो आगामी भदौमा हुने

तीन वर्ष पश्चात नाडा अटो शो आगामी भदौमा हुने

काठमाडौं– तीन वर्ष पश्चात सवारी साधनको कुम्भ मेला मानिने नाडा अटो शो आगामी...

यस्तो बन्यो पदाधिकारी सहितको नयाँ नाडा टिम

यस्तो बन्यो पदाधिकारी सहितको नयाँ नाडा टिम

काठमाडौं – नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको आज सम्पन्न...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...