पोखरामा शुरु भयो वाडा अटो शो २०२५, छायो पहिलो पटक काठमाडौं वाहिर अटो शोको उत्साह

पोखरा – पोखरामा आज देखि वाडा अटो शो २०२५ औपचारिक रुपमा प्रारम्भ भएको छ ।

अटो शो शुभारम्भको अवसरमा पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले पर्यटनको राजधानी मानिने पोखरामा के कस्ता सवारी साधन छन् भन्ने विषयले महत्व राख्ने बताउँदै काठमाडौं वाहिर पनि अटो शो हुन सक्छ भनेर प्रमाणित गर्न सकेकोमा नाडा र वाडालाई बधाई दिए ।

अटोमोबाइल सम्बन्धमा सरकारको अस्थिर नीतिका कारण उपभोक्ता देखि आयातकर्ता सम्म समस्यामा परेको बताउँदै आगामी दिनमा यसको समाधान हुने उनले विश्वास व्यक्त गरे ।

नाडा अध्यक्ष करण चौधरीले नाडाको पहलमा पहिलो पटक काठमाडौं वाहिर यो स्तरको अटो शो गर्न पाउँदा खुसी लागेको बताए । अटोमोबाइल व्यवसायीका लागि अटो शो चाडकै रुपमा विकास हुँदै गएको बताउँदै उनले राजस्वमा २३ प्रतिशतको योगदान पु¥याउँदै आएको यो क्षेत्र उत्पादक क्षेत्र भएकाले सशक्त बनाउँदै जानुपर्ने आवश्यकता औल्याए । पोखरामा अटो शोका लागि नाडाले ढोका खोलेको र आगामी दिनमा समेत यसलाई निरन्तरता दिनका लागि भने वाडा जिम्मेवार बन्नु पर्ने उनले बताए ।

पश्चिमाञ्चल अटोमोबाइल डिलर्स (वाडा) का अध्यक्ष दिपेन्द्र कोइरालाले मन्दीले डिलरहरु मर्कामा परेको भए पनि अटो शोले यसमा उत्साह थप्ने विश्वास व्यक्त गर्दै अटोमोबाइल उद्योगमा हुने नयाँ प्रविधिको वारेमा यसबाट जानकारी लिन सकिने बताए । गाडी बुकिङ गर्ने ग्राहकका लागि कम्पनीहरुले आकर्षक अफरहरु ल्याएकाले यसबाट लाभ लिन अनुरोध गर्दै कोइरालाले अटो शोले पोखराको पर्यटनमा समेत सहयोग गर्ने अपेक्षा गरे ।

पोखरामा पहिलो पटक हुन लागेको अटो शोेमा विद्युतीय चारपांग्रेतर्फ बीवाईडी, एक्सपेङ, केई, दिपल, हुन्डाई, टाटा, एमजी, स्काइवेल, रिडारा, सेरेस, ओमोडा, जेको, सिट्रोन, जिकर, नामी, किया, लिपमोटर, एलईभी आदिले स्टल राखेका छन् ।

त्यसैगरी आईसीईतर्फ टोयोटा, सुजुकी, किया, इसुजु, निसान, महिन्द्रा लगायतका गाडीहरुको पनि सहभागिता रहेको छ । हुन्डाई, टाटा, कियाले इभीसँगै आईसीई गाडीलाई पनि सोकेस गरेका छन् । दुईपांग्रेतर्फ एथर, टीभीएस, यामाहा, बजाज, ट्रायम्फ, रोयल इन्फिल्ड लगायतका ब्रान्डले दर्शकलाई आकर्षित गर्ने विश्वास गरिएको छ ।

त्यसैगरी कामा, न्यु गो नाउ, स्काइवर्थ, हाइगर र डोङफेङ लगायतका लाइट कमर्सियल गाडीहरुको स्टल पनि अटो शोमा रहेको छ । अटो शोेमा दुईपांग्रे, चारपांग्रे, लाइट कमर्सियल, वित्तीय संस्था, इन्स्योरेन्स, अटो कम्पोनेन्ट्स् एवं ग्यारेज उपकरणर फुडकोर्ट लगायतको स्टल पनि रहेको छ ।

गाडी खरिद गर्न चाहने ग्राहकलाई लक्षित गरी स्पट एक्स्चेन्ज तथा फाइनान्सिङको सुविधा पनि उपलब्ध रहेको छ । गाडी बुकिङ गर्ने पहिलो ग्राहकलाई सलिको इन्स्योरेन्सले गाडीको इन्स्योरेन्स वापत १० लाख रुपैयाँ इन्स्योरेन्समा छुट दिने बताएको छ ।

अटो शोलाई बि एण्ड बि ग्रुपले सहप्रायोजन गरेको छ भने सपोर्टिङ पार्टनर अटोमेकानिका, बैंकिङ पार्टनरमा ग्लोबल आइएमई बैंक, इन्सुरेन्स पार्टनरमा सगरमाथा लुम्बिनी इन्सुरेन्स कम्पनी लिमिटेड, टिकेटिङ पार्टनरमा खल्ती, डोर प्राइज स्पोन्सरमा बन्दीपुर केबलकार, हस्पिटालिटी पार्टनरमा होटल शारा, इन्टरनेट पार्टनरमा पोखरा इन्टरनेट, फायर सेफ्टी पार्टनरमा हिट्को प्रालि, ट्राभल पार्टनरमा स्विफ्ट होलिडेज, हस्पिटल पार्टनरमा मनिपाल हस्पिटलले साथ दिएका छन् ।

गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाले प्रवर्धक रहेर साथ दिएका छन् ।

सम्बन्धित समाचारहरू

डेटलाइन असोज २८ : आयात प्रतिबन्ध खुल्ला ?

डेटलाइन असोज २८ : आयात प्रतिबन्ध खुल्ला ?

सरकारले खासगरी विदेशी मुद्रा सञ्चितिमा दवाव परेको कारण देखाउदै २०७९ बैशाख...

एसेम्बलिङ्ग उद्योगहरुलाई दिदै आएको महशुल छुटलाई निरन्तरता दिन नाडाको ध्यानाकर्षण

एसेम्बलिङ्ग उद्योगहरुलाई दिदै आएको महशुल छुटलाई निरन्तरता दिन नाडाको ध्यानाकर्षण

काठमाडौं – सरकारले ल्याउन लागेको बजेटमा सवारी साधन एसेम्बलिङ्ग...

सकियो नाडा ईभी एक्सपो २०२२, यी स्टल बने उत्कृष्ट

सकियो नाडा ईभी एक्सपो २०२२, यी स्टल बने उत्कृष्ट

काठमाडौं – नेपालमै पहिलो पटक आयोजना गरिएको नाडा ईभी एक्सपो सकिएको छ ।...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...