वाडा अटो शो २०२५ मा बीवाईडीकाे अफर

पोखरा – बीवाईडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले पोखरामा चलिरहेको वाडा अटो शो २०२५ मा सहभागिता जनाएको छ । पोखरा प्रदर्शनी केन्द्रमा फागुन १४ देखि प्रारम्भ भएर आगामी फागुन १७ सम्म चल्ने उक्त अटो शोमा बीवाईडीले दिगो यातायात समाधानको मिसनका साथ बीवाईडी डल्फिन, एट्टो ३ र एम६ गरी विभिन्न तीन मोडलका सवारी साधन प्रदर्शन गरेको छ ।

सुरक्षित तथा स्मार्ट फेमिली कारको रुपमा परिचित बीवाईडी डल्फिनमा एड्भान्स्ड सेफ्टी, इनोभेटिभ टेक्नोलोजी र स्मुथ तथा सिटी–फ्रेन्ड्ली ड्राइभिङ एक्सपेरियन्स लगायतका विभिन्न फिचर भएर पनि अफोर्डेबल समेत रहेको छ ।

नेपालकै पहिलो स्पोर्टी इलेक्ट्रिक एसयूभीको रुपमा परिचित बीवाईडी एट्टो ३ नेपालका नम्बर १ एसयूभी समेत बनेको छ । सिटी ड्राइभिङ र लामो दुरीको यात्रा दुवैका लागि डिजाइन गरिएको बीवाईडी एट्टो ३ स्पोर्टी एस्थेटिक्स, पावरफुल पर्फमेन्स र एड्भान्स्ड टेक्नोलोजीयुक्त छ ।

नेपालको पहिलो प्रिमियम ७–सिटर इलेक्ट्रिक एमपीभीको रुपमा परिचित बीवाईडी एम६ स्पेसियस र लक्जरी मल्टी–परपोज भेइकल अर्थात एमपीभी हो । शून्य उत्सर्जनयुक्त ड्राइभिङको फाइदा र प्रिमियम कम्फर्ट खोज्ने परिवारका लागि यो उपयुक्त विकल्प हो ।

आकर्षक ईभी मोडल प्रदर्शन गर्नुका साथै अटो शोमा सवारी साधन किन्ने ग्राहकका लागि बीवाईडीले सीमित समयका लागि एक्सक्लुसिभ अफर समेत ल्याएको छ । सो अफर अन्तर्गत २० प्रतिशत डाउन पेमेन्टमा सवारी साधन उपलब्ध हुनुका साथै १० वर्ष वा २ लाख किलोमिटर वारेन्टी, १ वर्ष फ्रि इन्स्योरेन्स, १ वर्ष रोड ट्याक्स कभरेज, आकर्षक नगद छुट, फ्रि एसेसरिज र कम्प्लिमेन्ट्री होम चार्जर उपलब्ध हुनेछ ।

नेपालभर इलेक्ट्रिक मोबिलिटीको प्रयोग बढ्दै गएको सन्दर्भमा बीवाईडीले विभिन्न ग्राहकको चाहना अनुरुप पोखरा र पुरै पश्चिमाञ्चल क्षेत्रमा दिगो यातायात समाधानका साथ आफ्नो उपस्थितिलाई बलियो बनाउने भिजन लिएको बताएको छ । वाडा अटो शो २०२५ का अवलोकनकर्ताहरुले बीवाईडीका अत्याधुनिक ईभीका साथै पछिल्लो समयमा भएका इनोभेसन तथा यसका लागि आवश्यक फाइनान्सिङ र सर्भिसका वारेमा बीवाईडी टिमबाट आवश्यक जानकारी समेत लिन सक्ने छन् ।

विश्वकै नम्बर १ इलेक्ट्रिक भेइकल सेल्स च्याम्पियनको रुपमा परिचित बीवाईडीले स्थानीय पार्टनरसँगको सहकार्यमार्फत नेपाली ग्राहकलाई दिगो यातायात प्रवर्धनका साथै पर्फमेन्स, सेफ्टी र अद्वितीय विश्वसनियता सहितका अत्याधुनिक इलेक्ट्रिक भेइकल उपलब्ध गराउन प्रतिबद्ध भएको बताएको छ ।

सम्बन्धित समाचारहरू

गण्डकी र सुदूरपश्चिम सरकारको बजेट, यस्तो छ निजी सवारीसाधनमा लाग्ने कर

गण्डकी र सुदूरपश्चिम सरकारको बजेट, यस्तो छ निजी सवारीसाधनमा लाग्ने कर

गण्डकी र सुदूरपश्चिम सरकारले पनि आगामी आर्थिक वर्षको बजेट ल्याएका छन् ।...

कति संख्यामा छन् नेपालमै बनेका यात्री मोटरसाइकल ?

कति संख्यामा छन् नेपालमै बनेका यात्री मोटरसाइकल ?

हाल विद्युतीय मोटरसाइकल ‘यात्री’ चर्चामा छ । नेपाली युवाहरुको समूहले...

चिनियाँ बजारमा बीवाईडीको दवदवा, पछि परे धेरै ब्रान्ड

चिनियाँ बजारमा बीवाईडीको दवदवा, पछि परे धेरै ब्रान्ड

यो वर्षको अप्रिल महिनामा चीनमा बिक्री भएका न्यु इनर्जी भेइकलमा बीवाईडीले...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...