वाडा अटो शो २०२५ मा बीवाईडीकाे अफर

पोखरा – बीवाईडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले पोखरामा चलिरहेको वाडा अटो शो २०२५ मा सहभागिता जनाएको छ । पोखरा प्रदर्शनी केन्द्रमा फागुन १४ देखि प्रारम्भ भएर आगामी फागुन १७ सम्म चल्ने उक्त अटो शोमा बीवाईडीले दिगो यातायात समाधानको मिसनका साथ बीवाईडी डल्फिन, एट्टो ३ र एम६ गरी विभिन्न तीन मोडलका सवारी साधन प्रदर्शन गरेको छ ।

सुरक्षित तथा स्मार्ट फेमिली कारको रुपमा परिचित बीवाईडी डल्फिनमा एड्भान्स्ड सेफ्टी, इनोभेटिभ टेक्नोलोजी र स्मुथ तथा सिटी–फ्रेन्ड्ली ड्राइभिङ एक्सपेरियन्स लगायतका विभिन्न फिचर भएर पनि अफोर्डेबल समेत रहेको छ ।

नेपालकै पहिलो स्पोर्टी इलेक्ट्रिक एसयूभीको रुपमा परिचित बीवाईडी एट्टो ३ नेपालका नम्बर १ एसयूभी समेत बनेको छ । सिटी ड्राइभिङ र लामो दुरीको यात्रा दुवैका लागि डिजाइन गरिएको बीवाईडी एट्टो ३ स्पोर्टी एस्थेटिक्स, पावरफुल पर्फमेन्स र एड्भान्स्ड टेक्नोलोजीयुक्त छ ।

नेपालको पहिलो प्रिमियम ७–सिटर इलेक्ट्रिक एमपीभीको रुपमा परिचित बीवाईडी एम६ स्पेसियस र लक्जरी मल्टी–परपोज भेइकल अर्थात एमपीभी हो । शून्य उत्सर्जनयुक्त ड्राइभिङको फाइदा र प्रिमियम कम्फर्ट खोज्ने परिवारका लागि यो उपयुक्त विकल्प हो ।

आकर्षक ईभी मोडल प्रदर्शन गर्नुका साथै अटो शोमा सवारी साधन किन्ने ग्राहकका लागि बीवाईडीले सीमित समयका लागि एक्सक्लुसिभ अफर समेत ल्याएको छ । सो अफर अन्तर्गत २० प्रतिशत डाउन पेमेन्टमा सवारी साधन उपलब्ध हुनुका साथै १० वर्ष वा २ लाख किलोमिटर वारेन्टी, १ वर्ष फ्रि इन्स्योरेन्स, १ वर्ष रोड ट्याक्स कभरेज, आकर्षक नगद छुट, फ्रि एसेसरिज र कम्प्लिमेन्ट्री होम चार्जर उपलब्ध हुनेछ ।

नेपालभर इलेक्ट्रिक मोबिलिटीको प्रयोग बढ्दै गएको सन्दर्भमा बीवाईडीले विभिन्न ग्राहकको चाहना अनुरुप पोखरा र पुरै पश्चिमाञ्चल क्षेत्रमा दिगो यातायात समाधानका साथ आफ्नो उपस्थितिलाई बलियो बनाउने भिजन लिएको बताएको छ । वाडा अटो शो २०२५ का अवलोकनकर्ताहरुले बीवाईडीका अत्याधुनिक ईभीका साथै पछिल्लो समयमा भएका इनोभेसन तथा यसका लागि आवश्यक फाइनान्सिङ र सर्भिसका वारेमा बीवाईडी टिमबाट आवश्यक जानकारी समेत लिन सक्ने छन् ।

विश्वकै नम्बर १ इलेक्ट्रिक भेइकल सेल्स च्याम्पियनको रुपमा परिचित बीवाईडीले स्थानीय पार्टनरसँगको सहकार्यमार्फत नेपाली ग्राहकलाई दिगो यातायात प्रवर्धनका साथै पर्फमेन्स, सेफ्टी र अद्वितीय विश्वसनियता सहितका अत्याधुनिक इलेक्ट्रिक भेइकल उपलब्ध गराउन प्रतिबद्ध भएको बताएको छ ।

सम्बन्धित समाचारहरू

नेपाली बजारमा उपलब्ध प्रिमियम इलेक्ट्रिक कार, मूल्य २ करोड ३० लाखसम्म

नेपाली बजारमा उपलब्ध प्रिमियम इलेक्ट्रिक कार, मूल्य २ करोड ३० लाखसम्म

काठमाडौं– नेपाली अटो बजारमा पछिल्लो समय महंगा र लक्जरी व्रान्डका...

२५७५ किलोमिटर रेन्ज दिने इलेक्ट्रिक कार !

२५७५ किलोमिटर रेन्ज दिने इलेक्ट्रिक कार !

जर्मनीको एक टेक्निकल युनिभर्सिटीका विद्यार्धीले हालसम्मकै सर्बाधिक बढी...

नेपालमा ५ सय युनिट टाटा नेक्सन ईभी बुकिङ, अब बुकिङ गर्नेले २०२२ मा मात्र गाडी पाउने

नेपालमा ५ सय युनिट टाटा नेक्सन ईभी बुकिङ, अब बुकिङ गर्नेले २०२२ मा मात्र गाडी पाउने

काठमाडौं – नेपाली बजारमा ५ सय युनिट भन्दा बढी टाटाको इलेक्ट्रिक कार नेक्सन...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...