कार्तिक २६ गते हुने भयो पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसनको साधारण सभा

काठमाडौं – पोखराका अटोमोबाइल व्यवसायीहरुको संगठन पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसन (वाडा) को १७ औँ वार्षिक साधारण सभा तथा ९ औँ अधिवेशन आगामी कार्तिक २६ गते हुने भएको छ ।

दरबारथोकस्थित दरबार ब्याङक्वेटमा सम्पन्न हुने उक्त उक्त साधरण सभा तथा अधिवेशनका लागि एसोसिएसनलाई बुझाउनुपर्ने मासिक शुल्क वा नवीकरण शुल्कहरु बाँकी भएमा कार्तिक १६ गते भित्र बुझाउन समेत एसोसिएसनले अनुरोध गरेको छ ।

उक्त साधरण सभामा विभिन्न वार्षिक प्रतिवेदन प्रस्तुत , छलफल र पारितका साथै एसोसिएसनको आर्थिक वर्ष २०७९/ ८०को लागि लेखापरिक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने कार्यसूची रहेको छ ।

त्यसैगरी, साधारण सभा तथा अधिवेशनमा विगतमा जस्तै यस वर्ष पनि संस्थाका सदस्यहरुका घरपरिवार मध्येबाट २०७८ को एसईई परीक्षमा सर्वोकृष्ट अंक ल्याई उत्तीर्ण गरेको छात्र, छात्रालाई सम्मान कायक्रम पनि रहेको हुँदा विद्यालयले प्रदान गरेको सर्टिफिकेट,मार्कसिट, निवेदन र फोटोसहित कार्तिक १८ गतेभित्र संस्थाको कार्यालय नयाँबजार, पोखरामा बुझाउन अनुरोध गरेको छ ।

पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसन हाल अध्यक्ष मोहन बाबु खड्काको नेतृत्वमा सञ्चालित छ ।

सम्बन्धित समाचारहरू

नाडामा नामीको चर्चा : ३०० युनिट भन्दा बढी बुकिङ भएको दावी

नाडामा नामीको चर्चा : ३०० युनिट भन्दा बढी बुकिङ भएको दावी

काठमाडौंको भृकुटीमण्डपमा जारी नाडा अटो शो २०२४ मा इलेक्ट्रिक कारको विशेष...

नाडाले गर्यो अटो शोमा सहभागी हुन इच्छुक कम्पनीलाई दर्ताको आह्वान

नाडाले गर्यो अटो शोमा सहभागी हुन इच्छुक कम्पनीलाई दर्ताको आह्वान

यो बर्ष अटो शो फागुन ९ देखी १४ गतेसम्म काठमाडौंमा आयोजना हुने पक्कापक्कि...

सनरुफ सहितको एसयूभी पन्च ईभीको नाडामा ३२८ बुकिङ

सनरुफ सहितको एसयूभी पन्च ईभीको नाडामा ३२८ बुकिङ

काठमाडौं – नाडाको पहिलो दिनमै १०० युनिट भन्दा बढी बुकिङ लिएर बिक्री सुरु...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...