नाइमा एक्सपोमा लन्च हुने एकमात्रै आईसीई कार बन्यो फक्सवागन भर्टुस, मूल्य कति ?

भृकुटीमण्डमा जारी नाइमा मोबिलिटी एक्स्पोमा विद्युतीय कारको दवदवा प्रष्टै देखिन्छ । मेलमा टोयोटा र फक्वगागन बाहेक बाँकी सबै फोर–ह्विलर ब्रान्डसंग ईभी छ । ती सबै ब्रान्डले कुनै न कुनै नयाँ ईभी मोडल लन्च गरेका छन् ।

तर, फक्सवागनको नेपालका लागि आधिकारिक वितरक पुजा इन्टरनेशनल नेपालले भने ‘भर्टुस’ सेडानलाई लन्च गरेको छ । जारी मोबिलिटी एक्सपोमा आईसीई इन्जिन कारमा नयाँ मोडल लन्च हुने भर्टुस एकमात्रै मोडल हो ।

कम्पनीले ‘भर्टुस’ सेडान अटोमेटिकको मूल्य ८९ लाख र म्यानुअलको मूल्य ८४ लाख रुपैयाँ निर्धारण गरेको छ । जर्मन ब्राण्ड फक्सवागनले भारतमा उत्पादन गरेको भर्टुस जीटीमा १.५ लिटरको टर्बो पावर इन्जिन जडान गरिएको छ ।

कम्पनीको ‘लेटेस्ट डिजाइन ल्याङ्वेज’मा आधारित रहेर तयार पारेको भर्टुसमा स्लीक ¥यापअराउण्ड हेडलाइट दिइएको छ। कम्पनीले भर्टुसको ग्रिल र बम्परमा टेस्टफुल क्रोम एसेन्टको प्रयोग गरेको छ।

निकै मोर्डन क्याविन लेआउट भएको भर्टुसमा १० इन्चको टचस्कृन इन्फोटेन्मेन्ट सिस्टम, थ्री स्पोक स्टेरिङ ह्वील, ८ इन्चको डिजिटल इन्ट्रुमेन्ट क्लष्टर दिइएको छ। फक्सवागनको भर्टुसमा अटोमेटिक क्लाइमेट कन्ट्रोल, भेन्टिलेटेड फ्रन्ट सिट, ६ वटा एयरव्याग, अटोमेटीक हेडल्याम्प र वाइपर, टायर प्रेसर मोनिटरिङ सिस्टम, हिलहोल्ड कन्ट्रोल, एम्बियन्ट लाइट, कुल्ड ग्लोबवक्स, टीपीएमएस, इएससी, इडीएस जस्ता आधुनिक फिचर उपलब्ध छ ।

भर्टुसको साथै, कम्पनिले नयाँ टाइगुन एसयूभी समेत लन्च गरेको छ । जसको वेस भेरिएन्टलाई ५४ लाख ९० हजार र टप भेरिएन्टलाई ८९ लाख रुपैयाँ निर्धारण गरिएको छ । टाइगुनमा पनि १.५ लिटरको टर्बो पावर इन्जिन जडान गरिएको छ ।

सम्बन्धित समाचारहरू

इन्ट्री लेभल ईभीमा फक्सवागनको प्रवेश

इन्ट्री लेभल ईभीमा फक्सवागनको प्रवेश

फक्सवागनले विश्वव्यापी स्तरमा आफ्नो पहिलो इलेक्ट्रिक कार आइडी.एभ्रिवान...

४ हजार वटा महँगा कार बोकेको पानीजहाज आन्ध्र महासागरमा डुब्यो

४ हजार वटा महँगा कार बोकेको पानीजहाज आन्ध्र महासागरमा डुब्यो

पोर्चुगलको अजोर्ज द्वीप समूहभन्दा पर आन्ध्र महासागरमा हजारौँ विलासी कार...

यस्तो छ नेपालमा पहिलो पटक भित्रिएको ब्रान्ड सिट्रोनको एसयूभी सी५ एयरक्रस

यस्तो छ नेपालमा पहिलो पटक भित्रिएको ब्रान्ड सिट्रोनको एसयूभी सी५ एयरक्रस

काठमाडौं – नेपाली बजारमा सिट्रोनको पहिलो एसयूभी सी५ एयरक्रस (Citroen C5 Aircross)...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...